सहमति विना नै डा.केसीले किन अनशन ताेडे ?

काठमाण्डाैं,साउन ३१ गते । अनशन बसेकाे २३ अाैं दिन विना सहमति डा गाेविन्द केसीले अनशन ताेडेका छन। उनले अनशन ताेडे लगत्तै उनलाइ उपचारकाे लागि अाइसियुमा भर्ना गरिएकाे छ।अनशन बसेपछि कैयाैं पटक वार्ता भएपनि डा गाेविन्द केसीले भने जस्ताे चिकित्सा विध्येक तयार भने गरिएन।एमाले सांसद सभापति रहेकाे महिला वालवालिका समितिले चिकित्सा विध्येक कहिले लुकाउने त कहिले सम्झाैता विपरित मनमाेहन मेडिकल कलेज सरकारलाइ नवेच्ने अडान एमालेले लिएपछि डा केसीकाे माग पुरा हुन सकेकाे थिए।तर प्रधानमन्त्री देउवाले भने सहमतिकाे लागि अाफु तयार रहकाे बताएका थिए।यसाे भएपनि डा केसीकाे माग पुरा भएकाे थिएन। तर, मंगलवार राती अचानक डा.केसीले देशमा वाढी पहिराेले अाक्रान्त पारेकाे भन्दै अनशन ताेडे।उनले यसलाइ अनशन स्थगीत गरेकाे भनेका छन।स्राेतका अनुसार मंगलवार नै डा केसीकाे माग पुरा गर्ने सवालमा केही सकारात्मक पहल भएकाे छ तर राजनीतिक दलहरूकाे विचमा सहमति वाकी छ।तर मंगलवार नै तिन पटक सम्म वेहाेश भएपछि भने डा केसीकाे स्वास्थय अत्यन्त गम्भीर रहेकाे तर उनले अनशन कै अवस्थामा अाइसियुमा जान नमानेपछि अवस्था झन गम्भीर भएकाे हाे।

Read more: सहमति विना नै डा.केसीले किन अनशन ताेडे ?

कांग्रेसले विपद व्यवस्थापनको स्थायी संयन्त्र वनाउने

काठमाडौँ, ३१ साउन ।नेपाली कांग्रेसका भातृ संस्थाका अगुवाहरुले कांग्रेस सरकारमा समेत भएकाले वाढी पिडितको सहयोग लाई पप्रभावकारी वनाउनु पर्नेमा जोड दिएका छन् । मंगलवार केन्द्रीय कार्यालय सानेपामा आयोजित छलफलमा उनीहरुले यस्तो धारणा राखेका हुन् । नेपाली काँग्रेसले बाढी पहिरोको विपद्मा परेका व्यक्तिको उद्धार तथा राहत वितरणमा पार्टीका सबै भ्रातृ संस्था तथा शुभेच्छुकलाई प्रभावकारी ढंगले परिचालन गर्ने निर्णय गरेको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा बोल्ने अधिकांशले बाढी प्रभावित जिल्ला र आवश्यक सामग्री के कति चाहिने हो सोको यकिन विवरण पहिचान गरेर राहत वितरणलाई व्यवस्थित र प्रभावकारी बनाइनुपर्ने बताए । 

Read more: कांग्रेसले विपद व्यवस्थापनको स्थायी संयन्त्र वनाउने

पानी जहाज चलाउन मिल्ने भएको तराइ(फोटो फिचर)

काठमाण्डौं,साउन ३१ गते । कुनै बेला केपी ओलीले आफनै झण्डा हालेर पानी जहाज चलाउने कुरा गरेका थिए। तर उनले यसो भन्दा निकै धरै हासो र मजाक गरियो।

हुन पनि पानी जहाज हामीले कसरी चलाउने भनेर प्रश्न छदैछ । प्रशान्त महासागरमा पानी जहाज चलाइएर हामीले धान्न सक्छौं भन्ने प्रश्न गरिएको थियो ।

तर विपत्तिले घेरेको बेला ओलीले उतिवेला गरेको भाषणको अहिले चर्चा भएको छ। बाढीले ८० प्रतिशत तराइको जमिन डुवानमा परेकोले माथि आकाशबाट हेर्दा जमिन कुन हो र खोला कुन हो भन्ने ठम्याउन मुश्किल छ ।

यसपछि फेरि ब्यग्य गरिएको छ–अब चाहि पानी जहाज चलाउन मिल्ने भएछ । तर यो दु:खको घडी हो ।

Read more: पानी जहाज चलाउन मिल्ने भएको तराइ(फोटो फिचर)

चिनले नेपालको बाढी पिडितलाइ १० लाख डलर अनुदान दियो

काठमाण्डौं,साउन ३१ गते । नेपाल भ्रमणमा रहेका चिनका उपप्रधानमन्त्री वाङ याङले नेपालको बाढी पिडितलाइ दस लाख डलर अनुदान सहयोग दिने घोषणा गरेका छन ।

Read more: चिनले नेपालको बाढी पिडितलाइ १० लाख डलर अनुदान दियो

कलाकार नेता जस्तो,नेता चाहि कलाकार !

काठमाण्डौं,साउन ३१ गते । कलाकार सिताराम कट्टेल फेरि एक पटक चर्चाको शिखरमा छन । भुकम्पको बेलामा सिन्धुपाल्चोक र महोत्तरीको मुसहर वस्तीमा ब्यवस्थित वस्ती बसाएर सवैलाइ चकित पारेका धुर्मुसले अहिले बाढी जादा फेरि यस्तै उदाहरणिय काम गरेका छन । उनले महोत्तरीमा पुगेर राहत त बाढे नै,साथसाथै आफै डुवान क्षेत्रमा पुगेर बालबच्चा देखि वृद्धबृद्धालाइ उद्धार गरिरहेका छन । उनले aउद्धार गरेको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उद्धार गर्न जादा समेत सेल्फी खिचेर प्रचार गर्ने जमात बढिरहेको बेला धुर्मुसले भने साच्चिकै काम गरेर सवैलाइ चकित पारेका छन । राजनीतिक दलका नेताहरुले राहत र उद्धारमा खटिन आफना कार्यकर्तालाइ उर्दी जारी गरेपनि उनीहरुको ध्यान केवल राहत संकलनमा मात्र केन्द्रित रहेको बेलामा कलाकाल धुर्मुस भने पानीमा समेत हेलिएका छन ।

Read more: कलाकार नेता जस्तो,नेता चाहि कलाकार !

बाढीले देशभर ८० जनाको मृत्यु,४८ हजार घर डुवानमा

काठमाण्डौं,साउन ३० गते । अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी मुलकभरि ८० जनाको मृत्यु भएको छ। प्रहरी तथ्यांक अनुसार ३६ जना हराइरहेका छन् भने २५ जना घाइते भएका छन्। बाढी र पहिरोका कारण २ हजार ८४७ घर क्षतिग्रस्त भएका छन्। २१ हजार ४ ४६५ जना विस्थापित भएका छन्। शुक्रबारदेखिको अविरल वर्षाका कारण तराईमा बाढी र पहाडी जिल्लामा पहिरोले धनजनको क्षति पु¥याएको हो।

Read more: बाढीले देशभर ८० जनाको मृत्यु,४८ हजार घर डुवानमा

माओवादीले पनि दिए महिना दिनको तलब

काठमाण्डौं,साउन ३० गते । नेकपा माओवादी केन्द्रका सांसदले पनि तराइका बाढी पिडितलाइ महिना दिनको तलब दिने निर्णय गरेका छन ।

Read more: माओवादीले पनि दिए महिना दिनको तलब

प्रधानमन्त्री शेरबहादुर देउवा वाढी पिडित क्षेत्र जानुहुने

काठमाडौँ, २९ साउन । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा सप्तरी, महोत्तरीलगायत जिल्ला जानुहुने कार्यक्रम रहेको सञ्चारमन्त्री मोहनवहादुर वस्नेतले जानकारी दिएका छन् । मन्त्रीपरिषदको वैठक पछि पत्रकारहरुसँग कुरा गर्दे देउवाले भ्रमण गर्न लाग्नु भएको वस्नेतले जानकारी दिएका हुन् ।  पछिल्ला दिनहरुमा अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण हालसम्म ६६ जनाको मृत्यु भईसकेको छ । देशका ६५ लाख जनता प्रभावित भएको वाढीका कारण २८ घाइते र ५३ जना बेपत्ता भएका छन् ।

Read more: प्रधानमन्त्री शेरबहादुर देउवा वाढी पिडित क्षेत्र जानुहुने

उपराष्ट्रपतिका छाेरा यसरी उद्धारमा खटिए(फाेटाे फिचर)

काठमाण्डाैं,साउन २९ गते।उपराष्ट्रपति नन्दवहादुर पुनका छाेरा हुन-दिपेश पुन।शुक्रवार र शनिवार भीषण बर्षा र यसपछि बाढी अाउदा उनी सुनसरीमा थिए।

भारी बर्षाले जब उग्र रूप लिन थाल्याे यसपछि पुर्वी तराइ जलमग्न मात्र भएन,यसले पुर्वी नेपाललाइ अाफनाे प्रभावमा पारिहाल्याे।यस्ताे बेहाल अवस्था देखेपछि सुनसरीमै रहेका दिपेश उद्धारमा खटिए।साधारण एउटा रेनकाेट अाेढेर उनी साच्चिकै उद्धारमा खटिए।

माअाेवादी युद्धकालमा पनि वावुसंगै बन्दुक वाेकेर हिडेका पुन यसपटक वाढी पिडितकाे लागि राजनीतिक लाभहानी वा भिभिअाइपीकाे सन्तान हु नभनी खुरूक्क उद्धारमा खटिए-जसकाे अहिले सर्वत्र चर्चा छ ।

Read more: उपराष्ट्रपतिका छाेरा यसरी उद्धारमा खटिए(फाेटाे फिचर)

प्रधानमन्त्रीले एमालेलाइ भने-मनमाेहन कलेज सरकारलाइ नवेचे सम्वन्धन दिदैनाैं

काठमाण्डाैं,साउन २९ गते । नेकपा एमालेले मनमाेहन मेडिकल कलेज वेच्न नमानेपछि करिव ३ साता देखि अनशन बसिरहेका डा गाेविन्द केसीकाे माग पुरा भएन।

Read more: प्रधानमन्त्रीले एमालेलाइ भने-मनमाेहन कलेज सरकारलाइ नवेचे सम्वन्धन दिदैनाैं

कांग्रेस सांसदको एक महिनाको तलव वाढी पिडीतलाई

काठमाडौँ, २९ साउन । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो पार्टीका २०७ सांसदको एक महिना बराबरको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले देशभित्र र देशबाहिर रहेका पार्टीका कार्यकर्ता र शुभेच्छुकलाई बाढीपीडितको राहतका लागि पार्टीले स्थापना गर्ने राहत कोषमा रकम जम्मा गर्न आग्रह गरेको छ । बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै केन्द्रीय सदस्य डा प्रकाशशरण महतले सांसदहरुले सिधै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने र अन्य व्यक्तिले पार्टीले स्थापना गरेको दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको बताउनुभयो । बैठकले राहत तथा उद्धारमा जुट्न सरकारलाई आग्रह गर्नुका साथै पार्टी कार्यकर्तालाई पनि बाढी तथा पहिरो पीडितको उद्धारमा खटिन निर्देशन दिएको छ ।

कांग्रेसले दियाे बाढी पिडितलाइ सवा कराेड सहयाेग

काठमाण्डाैं,साउन २९ गते ।नेपाली कांग्रेसले तराइका बाढी पिडितलाइ एक कराेड भन्दा बढी रकम सहयाेग गर्ने भएकाे छ । अाइतवार अाकस्मिक रूपमा बसेकाे कार्यसम्पदान समितिकाे वैठकले सवै सांसदलाइ अनिवार्य रूपमा बाढी पिडितलाइ सहयाेग गर्न निर्देशन दिएकाे छ।

Read more: कांग्रेसले दियाे बाढी पिडितलाइ सवा कराेड सहयाेग