पश्चिम राप्तीमा इतिहासकै ठुलाे बाढी अाउने,वस्ती सार्न अपिल

AddThis Social Bookmark Button

काठमाण्डाैं,साउन २७ गते । देशभर भारी बर्षा भइरहेकाे छ। बर्षाले ठाउमा बाढी अाएकाे र पहिराे जान थालेकाे खवर पनि अाउन थालेकाे छ।बाढी र पहिराेकाे बारेमा नियमित जानकारी गराउदै अाएकाे सरकारकाे अाधिकारिक टिवटर हयान्डल नेपाल ल्फड एलर्टले पश्चिम राप्तीमा इतिहासकै बढी बाढी अाउने सक्ने भर्खर चेतनावी दिएकाे छ।त्यस क्षेत्रमा अत्यधिक मात्रामा बादल रहेकाे माैसमविदले बताएका छन।बाढी धेरै अाउन सक्ने भएकाेले नदी किनारकाे बस्तीबाट मानिसलाइ अन्यत्र सार्न भनिएकाे छ।उता,बाकेकाे टिकुलीपुरमा राप्ती नदी पसेकाे खवर छ।बाढी पसेर घर भत्केकाे र मानिस विचल्लीमा परेका छन ।उता राप्ती र बबइमा अत्यधिक बाढी अाएकाे छ।बाके,बर्दिया र दाङमा उच्च सतर्कता अपनाउन भनिएकाे छ।

चितवनकाे माडी रिउखाेलामा पनि पानी खतराकाे तहमा अाइपुगेकाे छ।

Add comment


Security code
Refresh