देशभर बाढी र पहिराे,३० जनाकाे मृत्यु(फाेटाे फिचर)

AddThis Social Bookmark Button

काठमाण्डाैं,साउन २८ गते ।शुक्रवारदेखिकाे बर्षा र यसपछि अाएकाे बाढी अनि पहिराेले देशभर करिव ३० जनाकाे मृत्यु भएकाे छ।अाधिकारिक रूपमा यसबारेमा खवर अाउन भने वाकी नै छ।साझ वैठक बसेर प्रधानमन्त्री देउवाले तत्काल उद्धार र राहतकाे कामलाइ तिव्रता दिन निर्देशन दिएका छन। उनले रक्षामन्त्री,गृहमन्त्री सहमित तालुकदार निकायलाइ वैठकमा राखेका थिए। बर्षाले नेपालकाे तराइ निकै समस्यामा परेकाे छ।कैयाैं भाग डुवानमा परेकाे छ भने हजाराैं मानिस विस्थापित भएका छन।काठमाण्डाैंमा पनि भारी बर्षा भएकाे छ र नख्खु अासपासकाे क्षेत्र नै डुवानमा परेकाे छ।मोरङको बक्राह खोलामा आएको बाढीले १००० घर/परिवार बिस्थापित भएका छन् । तुरुन्तै उद्धार र राहत कार्य काे लागि अपिल गरिएकाे छ ।बाढीपछिकाे पहिराेले नवलपरासीकाे दाउन्नेमा पहिराे जादा राजमार्ग नै अवरूद्ध भएकाे छ।बबइ नदीमा बाढी निकै बढेकाे छ । समयमा नै उच्च सतर्कता अपनाइएकाेले नदी अासपासका मानिसलाइ अन्यत्र सारिएकाे छ।

वाकेकाे टिकुलीपुरमा बाढीले उग्र रूप लिएकाे छ।वस्तीमा बाढी पसेकाे छ र मानिसहरू विस्थापित भएका छन।जनकपुर र इटहरीमा पनि बाढीले ताण्डव नृत्य देखाएकाे छ।यता तुलसीपुर घाेराही सडकले वाढीले गर्दा भासिएकाे छ र सडक अवरूद्ध छ।

Add comment


Security code
Refresh