केसीको अनशन स्थगित

काठमाण्डौं, साउन ३१ चिकित्सा क्षेत्रको सुधारको लागि विगत २३ दिनदेखि अनसनरत डा. गोविन्द केसीले आफ्नो ११औँ अनशन मंगलवार साँझ स्थगित गरेका छन्। अनसन स्थलवाटै आफना शुभचिन्तक डाक्टरहरुलाई वाढी पिडितको सहयोगार्थ खटिन आग्रहगरेका केसीले  बाढी(पहिरोले देशमा विषम परिस्थिति निम्त्याएका बेला आफूले अनशन स्थगित गर्नु उचित देखेको बताउँदै अनसन स्थगित गरेकाहुन् ।  डा. केसीलाई अनशन स्थगित गरेलगत्तै उपचारका लागि आइसियू भर्ना गरिएको छ। सरकारले डा। केसीका माग सम्बोधनमा ढिलाइ गरिरहेका बेला डा। केसीले कुनै सम्झौता बिना नै अनशन स्थगित गरेका हुन्। 

पिएसजीको पहिलो खेलमा नै नेयमारले चमत्कार गरे

काठमाण्डौं,साउन ३१ गते । बार्सिलोनाबाट फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन गएका ब्राजिलका युवा प्रतिभा नेयमारले पहिलो खेलमा नै चमत्कार देखाएका छन ।

Read more: पिएसजीको पहिलो खेलमा नै नेयमारले चमत्कार गरे

मृतकको संख्या ६६ ,सरकारले राहत दिने

काठमाडौँ, २९ साउन/ गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण हालसम्म ६६ जनाको मृत्यु भएको जनाएको छ । गृह मन्त्रालयका अनुसार बाढीपहिरोबाट २८ घाइते र ५३ जना बेपत्ता रहेका छन् । रौटहटमा नौ, सुनरसीमा आठ, मोरङमा छ, सिन्धुली र झापामा चार,चार, दाङ, बाँके, सर्लाही, मकवानपुर र सुर्खेतमा तीन,तीन, बर्दिया, बारा, पाँचथर, महोत्तरी, हुम्ला, बाग्लुङ र चितवनमा दुई÷दुई तथा धनुषा, पाल्पा, इलाम र कपिलवस्तुमा एक,एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी झापामा १४, रौटहटमा आठ, मोरङमा सात, सुनसरीमा छ, मकवानपुर र पाँचथरमा तीन÷तीन, पर्सामा दुई तथा सप्तरी, सर्लाही, इलाम, धनुषा, बारा, सिन्धुली, धादिङ, नवलपरासी र बर्दिमा एक÷एक जना बेपत्ता भएका छन् । 

Read more: मृतकको संख्या ६६ ,सरकारले राहत दिने

अमेरिकी र नेपाली सेनाको सहकार्यमा कार्यक्रम हुने

काठमाण्डौं, साउन २९/ नेपाली सेना तथा अमेरिकी सेनाको संयुक्त तत्वाबधानमा भूकम्पबाट अति प्रभावित गोरखा जिल्लामा विभिन्न सेवाहरुको लागि एक कार्यक्रम सञ्चालन गर्न लागिएको छ ।  स्कुल र स्वास्थ्य केन्द्रहरुको मर्मत संभारमा सहयोग पुर्‍याउनको लागि साउन २९ गते देखि भदौ २ गते सम्म एक्स प्यासििफक एन्जेल २०१७ नाम दिएर एक कार्यक्रम सञ्चालन गर्न लागेको नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

Read more: अमेरिकी र नेपाली सेनाको सहकार्यमा कार्यक्रम हुने

बाढी पिडितलाइ एनअारएनले राहत काेष खडा गरयाे,अध्यक्षले दिए १ कराेड

काठमाण्डाैं,साउन २९ गते ।बाढी पिडितकाे लागि गैरअावासीय नेपाली संघले राहत काेष खडा गरेकाेछ।

Read more: बाढी पिडितलाइ एनअारएनले राहत काेष खडा गरयाे,अध्यक्षले दिए १ कराेड

नेपाली कांग्रेसका निर्विरोध

बैतडी, २४ साउन । जिल्ला समन्वय समिति बैतडीको प्रमुखमा नेपाली काँग्रेसका सिद्धराज भट्ट निर्विरोध निर्वाचित हुनुभएको छ । प्रमुख पदका लागि काँग्रेसकै सिद्धराज भट्ट र गजेन्द्रबहादुर चन्दको उम्मेदवारी परेको थियो । तर एउटै पार्टीबाट दुईजना उम्मेदवार बन्न नपाउने भएकाले चन्दको उममेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृत धु्रवकुमार शाहले जानकारी दिनुभयो । यसैगरी दलित तथा अल्पसंख्यक सदस्यमा काँग्रेसकै टेक लुहार पनि निर्विरोध निर्वाचित हुनुभएको छ । ती पदका लागि कसैले उम्मेदवारी नदिदाँ उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो । नौ सदस्यीय जिल्ला समन्वय समितिमा उपप्रमुख तथा तीन खुला र तीन महिला सदस्यका लागि साउन २९ गते निर्वाचन हुदँैछ । सो निर्वाचनमा काँग्रेस र माओवादी केन्द्रले तालमेल गरेको छ । एमालेले पनि केहि पदमा उम्मेदवारी दर्ता गराएको छ । 

Read more: नेपाली कांग्रेसका निर्विरोध

पर्वतारोहण संघको चुनाव जित्न यस्तो प्रपञ्च रचियो

काठमाडौँ, २४ साउन । नेपाल पर्वतारोहण संघ ९एनएमए० को यही २१ गते सम्पन्न निर्वाचनमा विपक्षी समूहले धाँधली गरी जितेको भन्दै जिम्बा जाङ्बु शेर्पा समूहले पुनः निर्वाचनको माग गरेको छ । संघको सदस्य भएका व्यक्तिको नाममा एमालेका कार्यकर्ताहरुले गएर मतदान गरेपछि निर्वाचनमा भाँडभैलो भएको प्रष्ट भएको छ । निर्वाचनमा धाँधलीको सप्रमाण ‘सिसिटिभी’ को ‘फुटेज’सहित उक्त समूहले  पत्रकार सम्मेलन नै गरी निर्वाचनकै आचारसंहिताको ठाडो उल्लंघन हुनगरी अवैध ढंगबाट नेतृत्व लिई संस्थाको छवि गिराउने काम भएकोे प्रष्ट पारेको छ । यस पटक पर्वतारोहण संघमा एमालको पूर्व पर्यटमन्त्रीहरु सहितकोले अवाञ्चित क्रियाकलाप गराउन सफल भएका थिए र निर्वाचनमा पराजित भएको भनिएको समूहले भिडियो फुटेज समेत सार्वजनिक गरेपछि यो विषय चर्चाको शिखरमा रहेकोछ ।  

Read more: पर्वतारोहण संघको चुनाव जित्न यस्तो प्रपञ्च रचियो

नेपाली काँग्रेसको प्यानल निर्विरोध

डडेल्धुरा, २२ साउन । डडेल्धुरा जिल्लाको जिल्ला समन्वय समिति नेपाली काँग्रेसको प्यानल निर्विरोध चयन भएको छ । नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गरेका गणेश भट्टको प्यानल पूरै निर्विरोध भएका जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ । उपप्रमुखमा परशुराम नगरपालिकाबाट रत्ना कामी उपसंयोजकमा मनोनीत भएका छन् । अन्य दलहरुले उम्मेदवारी नदिएपछि नेकाको पूरै प्यानल विजयी भएको हो । पहिलो जिल्ला सभामा भएको सहमतिअनुसार प्रमुखमा भट्ट र उप्रमुखमा कामी गरी महिला सदस्य तीन, दलित वा अल्पसङ्ख्यक सदस्य एक, खुला सदस्य तीनजना गरी नौ सदस्यीय समिति सर्वसम्मत भएको मुख्य निर्वाचन अधिकृत देवकुमार गिरीले जानकारी दिएका छन् । सर्वसम्मत मनोनीत भएका संयोजकलगायत सवैलाई २६ गते प्रमाणपत्र प्रदान गरिने निर्वाचन कार्यालयले जनाएको छ । २२ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रमअनुसार आज अन्य दलले मनोनयन दर्ता नगर्दा नेकाको पूरै प्यानल सर्वसम्मत भएको घोषणा गरिएको हो ।

शर्माको मुद्धा हेर्दाहेर्देमा

काठमाडौँ, २२ साउन । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई गैरकानुनीरुपमा थुनामा राखेको भनी दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा बुधबारका लागि तोकेको छ । न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलासमा आज सुनुवाइ हुँदाहँुदै नभ्याएपछि बुधबार २५ गते का लागि राखिएको हो,राससले राससले प्रकाशित गरेको समाचारमा लेखिएको छ ।

Read more: शर्माको मुद्धा हेर्दाहेर्देमा

अव ७७ जिल्ला

काठमाडौँ, २१ साउन । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले प्रदेशको सीमा निर्धारण गर्ने सन्दर्भमा नवलपरासी र रुकुमका आधा–आधा भाग फरक प्रदेशमा परेकाले अब ७७ वटा जिल्ला समन्वय समिति गठन हुने पनि जानकारी दिएका छन् ।  काठमाण्डौंमा आयोजित एक कार्यक्रममा मन्त्री थापाले यस्तो जानकारी दिएका हुन् । “अब मुलुकमा ७५ होइन, ७७ जिल्ला नै कायम हुन्छ, त्यसमा ढुक्क रहनुहोस् ।” मन्त्री थापाको भनाई थियो ।  तेस्रोचरणको स्थानीय तहको निर्वाचनमा होमिइसकेका मतदातालाई अब कसैले रोक्न नसक्ने बताउँदै थापाले – “प्रदेश नम्बर– २ मा आगामी असोज २ गते हुने स्थानीय तहको मात्र होइन, समग्र निर्वाचनको माहौल बनाउन राष्ट्रिय जनता पार्टीले उठाएका जायज मुद्दालाई भने सम्बोधन गर्न जरुरी छ । ” 

Read more: अव ७७ जिल्ला

भैंसी सुत्केरी हुँदा किसानलाइ भत्ता दिन थालियाे !

काठमाण्डाैं,साउन २० गते । भैसी सुत्केरी हुदा पनि किसानले सुत्केरी भत्ता पाउन थालेका छन।

Read more: भैंसी सुत्केरी हुँदा किसानलाइ भत्ता दिन थालियाे !

योजना आयोगको उपाध्यक्षमा वाग्ले

काठमाडौं, श्रावण १९ । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त उपाध्यक्ष पदमा डा स्वर्णीम वाग्लेलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रीपरिषद बैठकले आयोगका दुई पटक सदस्य भै सकेका अर्थशास्त्री डाक्टर वाग्लेलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । डाक्टर वाग्लेको नियुक्तिलाई सही ठाउँमा उपयुक्त व्यक्तिको नियुक्ति भन्दै सह्र्हाना गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको यो निर्णयले युवा अर्थशास्त्री डाक्टर वाग्लेको काँधमा मुलुकको आर्थिक विकासका लागि योजना तर्जुमाको गहन जिम्मेवारी आइलागेको छ । देउवा प्रधानमन्त्री निर्वाचित भएपछि डाक्टर वाग्लेले आर्थिक विषयमा प्रधानमन्त्रीको आर्थिक सल्लाहकारको अनौपचारिक भूमिकामा थिए ।

को हुन् स्वर्णीम वाग्ले ? 

गोरखाको मध्यम वर्गीय परिवारमा जन्मिएका डाक्टर वाग्ले पूर्व दूई कार्यकाल आयोगको सदस्य भएर काम गरिसकेका छन् । सार्वजनिक वित्त, अन्तर्राष्ट्रिय व्यापार, लगानी र प्रतिस्पर्धात्मक क्षमताका विज्ञ मानिने वाग्ले २०४६ सालको एसएलसी परीक्षामा बोर्ड सेकेन्ड भएका थिए ।

अष्ट्रेलियाको अष्ट्रेलियन नेशनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका वाग्लेले अमेरिकाको हार्वड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र बेलायतको लण्डन स्कूल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गरेका छन् । नेपाली कांग्रेसका पूर्व सभापति एवं तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले डाक्टर वाग्लेलाई आयोगको सदस्यको जिम्मेवारी दिएका थिए । त्यस पहिले विश्व बैंकको वासिंगटन डिसीस्थित मूख्यालयमा कार्यरत डाक्टर वाग्ले त्यहाँ अन्तराष्ट्रिय व्यापार सम्बन्धी जिम्मेवारीमा थिए । त्यसपछि संयुक्त राष्ट्र संघको विकास कार्यक्रम अन्तर्गत नीति विशे ष ज्ञ भएर युएनडिपीमा काम गरेका वाग्ले सन् २०१३ को मान विकास सम्बन्धी राष्ट्र संघको प्रतिवेदनका सह लेखक समेत हुन् । १२ वर्षभन्दा बढी अवधि विभिन्न अन्तर्राष्ट्रिय निकायमा काम गरेको अनुभव डाक्टर वाग्लेसंग छ ।

के भन्छन् नवनियुक्त उपाध्यक्ष वाग्ले ?

सरकारले योजना आयोगको उपाध्यक्षमा नियुक्त गरे लगत्तै राष्ट्रिय समाचार समितिका लागि प्रकाश सिलवालसंग कुरा गर्दै उपाध्यक्ष वाग्लेले सङ्घीयताअनुकूल आयोगको पुनःसंरचना र आर्थिक सुधार आफ्नो प्रमुख प्राथमिकता हुने बताएका छन् । राससका लागि उपाध्यक्ष डाक्टर वाग्लेले गरेको कुराकानीसहितको यो सम्पादित समाचार: 

राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा स्वर्णिम वाग्लेले सङ्घीयताअनुकूल आयोगको पुनःसंरचना र आर्थिक सुधार आफ्नो प्रमुख प्राथमिकता हुने बताएका छन् । आजको मन्त्रिपरिषद्को बैठकबाट नियुक्त डा वाग्लेले रासससँग भने, “आयोगलाई आवधिक योजना गाँसगुस गर्ने निकायको रुपमा मात्र नभई यसको पुनःसंरचनाको बहसलाई तार्किक निष्कर्षमा पुर्याउनु मेरो प्राथमिकता हुनेछ ।”संघीय संसद् र प्रदेशसभाको निर्वाचनपछि आयोगको स्वरुप परिवर्तन गर्नुपर्ने भएकाले वाग्लेले त्यसमा जोड दिएका हुन् ।

उनले दीर्घकालीन सोचका साथ प्रमाणित र वास्तविकतामा आधारित योजना बनाई सन् २०२० सम्म विकासशील मुलुकमा स्तरोन्नति गर्न, सन् २०३० भित्र पूरा हुनुपर्ने दिगो विकास लक्ष्य र मध्यम आय भएको मुलुकको दर्जा हासिल गर्न एकीकृत खाका ल्याउने पनि बताएका छन् ।

यसअघि दुईपटक आयोगको सदस्य भइसक्नुभएका अर्थशास्त्री वाग्लेले वित्तीय अनुशासन, ऊर्जा, ‘कनेक्टिभिटी’ र सहरीकरणका क्षेत्रमा ठूला पूर्वाधार विकासका लागि नीतिगत पक्षपोषण गर्ने पनि उल्लेख गरे । उनले स्थानीय तहमा योजना निर्माण र कार्यान्वयनका सन्दर्भमा तालीमका कार्यक्रम पनि सञ्चालन गर्ने जनाए ।

योजना आयोग प्रधानमन्त्री अध्यक्ष रहने राष्ट्रिय विकास परिषद्अन्तर्गतको विकास योजना तथा नीति तर्जुमामा सल्लाह दिने उपल्लो निकाय हो । यसले आर्थिक विकासको निमित्त स्रोत साधनको व्यवस्था तथा विनियोजन गर्दै आएको छ । आयोगमा हाल सात सदस्य छन् । आयोगमा आर्थिक व्यवस्थापन, सामाजिक विकास, पूर्वाधार विकास, अनुगमन तथा मूल्याँकन, कृषि तथा ग्रामीण विकास र मानव संसाधन विकास महाशाखा गरी छवटा महाशाखा छन् ।