पर्वतारोहण संघको चुनाव जित्न यस्तो प्रपञ्च रचियो

AddThis Social Bookmark Button

काठमाडौँ, २४ साउन । नेपाल पर्वतारोहण संघ ९एनएमए० को यही २१ गते सम्पन्न निर्वाचनमा विपक्षी समूहले धाँधली गरी जितेको भन्दै जिम्बा जाङ्बु शेर्पा समूहले पुनः निर्वाचनको माग गरेको छ । संघको सदस्य भएका व्यक्तिको नाममा एमालेका कार्यकर्ताहरुले गएर मतदान गरेपछि निर्वाचनमा भाँडभैलो भएको प्रष्ट भएको छ । निर्वाचनमा धाँधलीको सप्रमाण ‘सिसिटिभी’ को ‘फुटेज’सहित उक्त समूहले  पत्रकार सम्मेलन नै गरी निर्वाचनकै आचारसंहिताको ठाडो उल्लंघन हुनगरी अवैध ढंगबाट नेतृत्व लिई संस्थाको छवि गिराउने काम भएकोे प्रष्ट पारेको छ । यस पटक पर्वतारोहण संघमा एमालको पूर्व पर्यटमन्त्रीहरु सहितकोले अवाञ्चित क्रियाकलाप गराउन सफल भएका थिए र निर्वाचनमा पराजित भएको भनिएको समूहले भिडियो फुटेज समेत सार्वजनिक गरेपछि यो विषय चर्चाको शिखरमा रहेकोछ ।  

पुनः निर्वाचन गर्न माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा निवेदन दिएको र प्रशासनबाट उचित निर्णय नआए कानूनी उपचारका लागि अदालत जाने पत्रकार सम्म्लनमा जानकारी दिइएको छ । अध्यक्षका प्रत्यासी शेर्पाले निर्वाचनमा दूषित मनसायबाट प्रेरित भई कुनै व्यक्ति÷समूह विशेषलाई जिताउने अभिप्रायबाट निर्वाचन गैरकानूनीरुपमा भएको पाइएकाले कानूनी उपचारका लागि प्रक्रिया अघि बढाइएको बताउनुभयो । उहाँले निर्वाचनको मतदान चलिरहेका बेला संघको कार्यालय खोली फर्जी परिचयपत्र बनाएर मतदान गराउने कार्यमा संघकै कर्मचारी र अनुगमनका लागि खटिएका एक सरकारी अधिकारी पनि संलग्न भएको पाइएको बताउनुभयो ।  पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको विवरणअनुसार संघका पूर्व कोषाध्यक्षसमेत रहनुभएका सचिवका प्रत्यासी टीकाराम गुरुङले उम्मेदवारको परिचयपत्रसहित मतदानका बेला दिउँसो २ बजेतिर संघको कार्यालय खोली नक्कली परिचयपत्र बनाई पैसासमेत दिएको पाइएको छ । त्यस कार्यमा संघका एक सहायक कर्मचारी पनि संलग्न रहेको देखिएको छ । निर्वाचनको भोलिपल्ट विपक्षी समूहले धाँधली गरेर परिणाम तलमाथि पारेको भन्ने आधारमा शेर्पा समूहले संघको ‘फुटेज’ माग गरी हेर्दा सचिवका उम्मेदवार टीकाराम गुरुङले संघका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारी गैरकानूनी तरिकाबाट गैरसदस्यको परिचयपत्र बनाई आफ्नो पक्षका लागि मतदान गर्न प्रयोग गरेको शेर्पा समूहको संयुक्त निर्वाचन समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । शेर्पा समूहबाट महासचिवमा निर्वाचन कुलबहादुर गुरुङले निर्वाचनमा भएको गतिविधि दुःखद् भन्दै सम्बन्धित निकायले दिएको कानूनी निर्णय स्वीकार्य हुने बताउनुभयो । संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ३८३ मतका साथ अध्यक्षमा सन्तवीर लामा निर्वाचित हुनुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी जिङ्बा जाङ्बु शेर्पाले ३१६ मत प्राप्त गर्नुभएको थियो । महासचिव र तीन जना सदस्यबाहेक सबै पदाधिकारी र सदस्यमा लामा समूहले जितेको थियो । एक हजार ३९ मतदाता रहेकामा ७६० मत खसेको थियो । निर्वाचनबाट अध्यक्षसहित पदाधिकारी र सदस्य गरी १५ सदस्य निर्वाचित भएका हुन् । तीनवर्षे कार्यकाल रहने संघको २५ सदस्यीय कार्यसमिति हुनेछ । निर्वाचनमा जिम्बा जाङ्बु शेर्पा र सन्तवीर लामाको समूहले प्यानलसहित प्रतिस्पर्धा गरेका थिए ।

Add comment


Security code
Refresh