राष्ट्रसंघको युवा सम्मेलनमा नेविसंघको सहभागिता

AddThis Social Bookmark Button

न्यूयोर्क अगष्ट १०/ संयुक्त राष्ट्रसंघको २० औं युवा सम्मेलनमा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर लगायतको नेपालको एक प्रतिनिधी मण्डलले सहभागिता जनाएको छ । राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित उक्त सभामा सहश्राव्दी विकास लक्ष्यका वहुपक्षीय विषयमा छलफल भएको महरले  जानकारी दिए । उनले भने – हामीहरुले नेपालको तर्फवाट सहश्राव्दी विकास लक्ष्यमा युवाहरुको सहभागिताको विषयमा समूहगत छलफलमा भाग लिएका छौें ।

 विश्वका एकसय चार देशका युवाहरुको सहभागिता रहेको सम्मेलनमा गरिवी निवारण,शिक्षामा युवाको पहुँच, संस्थागत सुशासन लगायतका विषयमा छलफल हुने र त्यसमा नेपालको तर्फवाट पनि आफनो धारणा राखिने कार्यक्रम रहेको छ । सम्मेलन वुधवार शुरु भएर चार दिनसम्म चल्नेछ । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिं महरको नेतृत्वमा रहेको नेपाली प्रतिनिधी मण्डलमा महामन्त्री सरोज थापा र नेविसंघका वैदेशिक विभागका सल्लाहकार डिवी सुनारले उक्त सम्मेलनमा भाग लिएका छन् । 

 

Add comment


Security code
Refresh