राष्ट्रसंघको युवा सम्मेलन उपलब्धि मुलक:महामन्त्री थापा

AddThis Social Bookmark Button

न्यूयोर्क अगष्ट ११/संयुक्त राष्ट्रसंघको २० औं युवा सम्मेलनमा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिं महरको नेतृत्वमा रहेको नेपालको एक प्रतिनिधी मण्डलले विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाएको छ । शनिवार सम्म चल्ने उक्त सम्मेलन राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा जारी रहेको छ । कार्यक्रममा सहभागी नेविसंघका अध्यक्ष्ँ नैनसिं महरले भने हामीहरुले नेपालको तर्फवाट सहश्राव्दी विकास लक्ष्यमा युवाहरुको सहभागिताको विषयमा भए गरेका कार्यक्रमहरु र सत्यमा नेविसंघले खेल्न सक्ने भूमिकाका् वारुमा समूहगत छलफलमा भाग लिएका छौं । 

उक्त सम्मेलनमा सहश्राव्दी विकास लक्ष्यका वहुपक्षीय विषय र त्यसमा युवाको भूमिका खोजी भएको छलफलमा सहभागी नेविसंघका महामन्त्री सरोज थापाले जानकारी दिए । उनले भने हामीहरु अतिकम विकसित देशको तर्फवाट प्रतिनिधीत्व गरिरहेका छौं, यसमा गरिवी नै प्रमुख चासो रहेको छ । विश्वका एकसय चार देशका युवाहरुको सहभागिता रहेको सम्मेलनमा गरिवी निवारण,शिक्षामा युवाको पहुँच, संस्थागत सुशासन लगायतका विषयमा छलफल हुने र त्यसमा नेपालको तर्फवाट पनि आफनो धारणा राखिने  महामन्त्री सरोज थापाले जानकारी दिए । 

नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिं महरको नेतृत्वमा रहेको नेपाली प्रतिनिधी मण्डलमा महामन्त्री सरोज थापा र नेविसंघका वैदेशिक विभागका सल्लाहकार डिवी सुनारले उक्त सम्मेलनमा भाग लिएका छन् । यस अगािड उक्त टोलीलाई जनसम्पर्क समिति अमेरिकाका संयोजक आनन्द विष्ट,संगठन विभाग प्रमुख वेद खरेलले टोलीलाई  न्यूयोर्कमा स्वागत गरेका थिए । 

 

Add comment


Security code
Refresh