यी हुन् नयाँ नेपाल सुन्दरी

काठमाण्डाैं,जेठ २१ | अन्तिम चरणका आफ्ना १८ जना प्रतिष्पर्धीलाई उछिन्दै निकिता चन्दक यस वर्षको नेपाल सुन्दरीको ताज पहिरिन सफल भएकी छिन् | शुक्रवार राजधानीमा सम्पन्न मिस नेपाल २०१७ को अन्तिम प्रतिष्पर्धामा निकिताले उपाधि जितेकी हुन् | निर्णायक मण्डलका तर्फबाट राष्ट्र बैंकका गर्भनर चिरञ्जिबी नेपालले ‘महिलाले देशको आर्थिक विकासमा कस्तो योगदान गर्न सक्छन्’ भन्ने प्रश्नमा व्यापारिक घरानाकी चन्दकले अरुको भन्दा उत्कृष्ट जवाफ दिदै उपाधि जितेकी हुन् । सन् १९९४ देखि हिडेन ट्रेजर नामक संस्थाले वार्षिक रुपमा मिस नेपाल प्रतिष्पर्धा आयोजना गर्दै आएको छ |

Read more: यी हुन् नयाँ नेपाल सुन्दरी

यी माेडल भन्छिन-मैले सेक्स नगरेकाे कुनै अाशन नै छैन

एक जना डान्सर तथा माेडल अचेल निकै चर्चा छिन।अाफनाे नृत्यबाट त उनी चर्चामा रहन्छिन नै तर याे भन्दा बढता उनकाे एउटा अर्न्तवार्ताले चर्चा कमाएकाे छ।एक समय खुव चर्चित डान्सर सम्झना बुढाथाेकी,अचेल केही सेलाएकी छिन । उनलाइ अर्की डान्सर ज्याेति मगरले पछि पारिन तर उनले हालै मैले सेक्स नगरेकाे कुनै अाशन नै छैन भनेर निकै ढुक्कसंग खुला सम्वाद गरेपछि मनाेरञ्जनकाे बजार अचानक तातेकाे छ।हुनत सिर्जनशीलता हराउदै गएपछि कलाकारहरू यसैगरि सेक्सका कुरा गरेर अाफनाे चर्चा कमाउने र मार्केट बढाउने काममा लाग्छन ।

Read more: यी माेडल भन्छिन-मैले सेक्स नगरेकाे कुनै अाशन नै छैन

म सधैं नेपाल र नेपालीको सच्चा साथी: बप्पी लहिरी

एटलान्टा,अमेरिका,मे २३ | अमेरिकाको विभिन्न सहरमा आफ्नो सांगीतिक यात्रामा आएका भारतका चर्चित र वरिष्ठ गायक बप्पी लहिरी (डिस्को किङ्ग ) ले आफु नेपाल र नेपालीको सच्चा साथी भएको बताएका छन् | आफ्नो प्रस्तुतीका क्रममा शनिवार एटलान्टाको कार्यक्रममा पर्यटन दूत राजा घलेको मायाको चिनो स्वीकार गर्दै लहिरीले यस्तो बताएका हुन् | आयोजकले प्रायोजक एवं सहयोगीहरुलाई कदर पत्र प्रदान गर्न मन्चमा बोलाउदा नेपाल र नेपालीको तर्फबाट आफुले गायक लहिरीलाई मायाको चिनो प्रदान गरेको पर्यटन दूत घलेले जानकारी दिएका छन् |

Read more: म सधैं नेपाल र नेपालीको सच्चा साथी: बप्पी लहिरी

रेड कार्पेटमा सेलिब्रेटीहरु

एजेन्सी,मे २० | फ्रान्समा भैरहेको ७० औं कान्स फिल्म फेस्टिभलमा विभिन्न देशका सेलिब्रेटीहरु रेड कार्पेटमा आकर्षक पहिरनमा प्रस्तुत भएका छन् | मे १७ बाट सुरु भएको यो फेस्टिभल मे २८ मा सम्पन्न हुँदैछ | ११ दिने फेष्टिभलमा भाग लिन विश्वभरका सेलिब्रेटीहरु अहिले कान्श शहरमा छन् | दोश्रो विश्व युद्धका कारण क्षत विक्षत भएको सद्भावलाई पुन: जोड्न सन् १९४६ मा सुरु भएको यो महोत्सव अहिले रंगीन दुनियाँको सर्वाधिक चासो र महत्वको महोत्सव बन्न पुगेको छ | कला क्षेत्रमा यसले विश्वव्यापी ख्याती कमाएको छ | महोत्सवमा उत्कृष्ठ हुने फिल्मलाई क्यामेरा डि'ओर, पाल्म डि'ओर,सिने फाउन्डेशन प्राइज, अन सर्टन रिगार्ड जस्ता शीर्षकमा महोत्सवका विभिन्न उत्कृष्ठ फिल्मलाई पुरस्कार प्रदान गरिन्छ |

Read more: रेड कार्पेटमा सेलिब्रेटीहरु

धेरै राम्री भएकीले डेनीलाइ बर्ष दिन सिनेमा खेल्न प्रतिवन्ध

कम्वाेडियाकी अति सेक्सी र राम्री नायिका डेनी ननलाइ सरकारले एक बर्ष सम्म सिनेमा खेल्न प्रतिवन्ध लगाएकाे छ। डेनी अति राम्री र उनकाे तस्वीर सुन्दर अनि सेक्सी हुन थालेपछि सरकारले यस्ता तस्वीर नहाल्न चेतावनी दिएकाे थियाे । तर उनले सामाजिक सञ्जालमा सरकारसंग गरेकाे सम्झाैताकाे अटेर गर्दै राम्रा र सेक्सी तस्वीर हालेपछि उनलाइ सरकारलाइ बर्ष दिन सिनेमा नै खेल्न प्रतिवन्ध लगाएकाे हाे । तर ननले भने यस्ताे सेक्सी तस्वीर अाफुले नहालेकाे बताएकी छिन । उनकाे फेसवुकमा ३ लाख फलाेअर रहेका छन ।

Read more: धेरै राम्री भएकीले डेनीलाइ बर्ष दिन सिनेमा खेल्न प्रतिवन्ध

करिश्माकाे कला ! यी फाेटा हेर्दा के हाेला ?

भारतीय टिभी स्टार करिश्मा शर्मा अाजकाल निकै चर्चमा छिन । टिभी कलाकारकाे रूपमा उनले अभिनय गरेका सिरियलले नाम कमाएका त छन नै साथै उनी अभिनयका साथै अाफनाे जादुमयी सुन्दर शरिरकाे कारण झन चर्चामा छिन । उनले अभिनय गरेका पवित्र रिस्ता र यह हे माेहब्बतें जति चर्चा छन त्याे भन्दा बढी उनकाे चर्चा अहिले सामाजिक सञ्जालमा भइरहेकाे छ। हालै उनले इन्स्टाग्राममा अाफना केही निजि तस्वीर हालिन । निकै जाेशिला र हेर्ने मानिसलाइ तताउने उनका तस्वीर अहिले मानिसहरू खाेजी खाेजी हेरिरहेका छन।

Read more: करिश्माकाे कला ! यी फाेटा हेर्दा के हाेला ?

कपिलकाे कमेडी शाे मे महिनादेखि बन्द हुने

भारतीय कमेडियन कपिल शर्माकाे शाे बन्द हुने भएकाे छ।साेनी च्यानलबाट प्रशारण भइरहेकाे शाे बन्द भएपछि यसकाे ठाउमा सलमान खानकाे कार्यक्रम दस का दम अाउने तयारी भएकाे छ।यसकाे लागि सलमानसंग च्यानलले कुरा  गरिरहकाे छ। मे महिनासम्म मात्र कपिलसंग सम्झाैता गरेकाे च्यानलले सलमानकाे कार्यक्रम ल्याउन लागेकाे हाे ।कपिलकाे सहकर्मी सुनिल ग्राेवरसंग झगडा भएपछि याे कार्यक्रमकाे स्तर निकै खस्किएकाे थियाे । च्यानलले सुनिल,अलि असगर र चन्दनलाइ पुन शाेमा ल्याउन महिना दिनकाे समय दिएकाे थियाे ।

Read more: कपिलकाे कमेडी शाे मे महिनादेखि बन्द हुने

लस भेगासमा हाम्री दाईकी साली

लस भेगास,अमेरिका,मार्च १५ | विश्वकै एक प्रसिद्ध शहर लस भेगासमा पहिलो नेपाली म्युजिक भिडियोको छायांकन गरिएको छ | लस भेगास क्यासिनो र रात्रीजीवनका लागि परिचित शहर हो | अमेरिकामा रहेका युवाहरुले निर्माण गरेको हाम्री दाईकी साली बोलको गीतको म्युजिक भिडियोको छायांकन गरिएको हो | यो गीतमा स्वर,शब्द र संगीत सवै श्याम भट्टराइको रहेको छ भने म्युजिक भिडियोको निर्देशन समेत भट्टराई आफैंले गरेका छन् | म्युजिक भिडियोमा अनिष सापकोटा, मिस क्यालिफोर्निया नेपाल २०१५ अनुषा कार्की, यम चापागाईं, शरद डुम्रे, रोजिना कोइराला, रश्मिता भण्डारीलगायतले अभिनय गरेका छन् । भिडियोको छायांकन शङ्कर वाग्लेले गरेका हुन् |

Read more: लस भेगासमा हाम्री दाईकी साली

मुनलाईट उत्कृष्ठ सिनेमा

लसएन्जलस फेब्रुअरी २६/ विश्व सिने जगतको सवैभन्दा प्रतिष्ठित अवार्ड ओस्कारको २०१७ को ८९औ श्रृखंलामा उत्कृष्ठ फिल्मको उपाधि मुनलाईटले पाएको छ । अन्तिम प्रतिस्पर्धामा रहेका  विभिन्न नौ वटा सिनेमा अराईभल,फेन्सीस,हयाक्स राइज, हेल अर आई वाटर,हिडन फिजर,ला ला ल्याण्ड,लायन,म्यानचेष्टर वाई दि सि लाई उछिन्दै मुनलाईटले सन् २०१७ को ८९ औ संस्करणको अवार्ड हात पार्न सफल भएको हो । यसैगरी उत्कृष्ठ अभिनेत्रीको अवार्ड ला ला ल्याण्डकी एम्मा स्टोनले अवार्ड हात पारिन यसै गरि उत्कृष्ठ अभिनेताको अवार्ड म्यानचेष्टर वाई दि सिका नायक केसी अफलेकले हात पार्न सफल भएका छन् ।  उत्कृष्ठ निर्देशकको उपाधिमा अवार्ड ३२ वर्षीय  ला ला ल्याण्ड फिल्मका डामिन चाज्लाले हात पार्न सफल भए ।

Read more: मुनलाईट उत्कृष्ठ सिनेमा

बेयोन्सी पुन: आमा बन्दै

एजेन्सी,फेब्रुवरी १ | हलिउडकी चर्चित गायिका बेयोन्सी फेरि आमा बन्दैछिन् | आज उनले आफ्नो सामाजिक संजाल इन्स्ट्राग्राम मार्फत आफु फेरि आमा बन्न लागेको तस्वीर समेत सार्वजनिक गरेकी छिन् | ३५ वर्षीया यी चर्चित गायिकाले चाडै जुम्ल्याहा बच्चालाई जन्म दिन लागेकी हुन् | उनले लेखेकी छिन्,-' हामी हाम्रो माया र खुशीलाई तपाईंहरुको माझ सार्वजनिक गर्न पाउदा निकै खुशी छौं र यस पटक हाम्रो परिवारमा एकैपटक दुई जनाको आगम हुँदैछ | तपाईंहरुको शुभेच्छाका लागि धेरै धेरै धन्यवाद |'

Read more: बेयोन्सी पुन: आमा बन्दै

अमेरिकामा नेपाली चलचित्र महोत्सव हुने

वासिङ्गटन डिसी,फेब्रुअरी १ । अमेरिकाको राजधानी वासिङ्गटन डिसी क्षेत्रमा तीन दिने नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । यस्तो महोत्सव आगामी मे महिनाको ५,६ र ७ तारिखका मितिमा हुने आयोजक नेपाल अमेरिका फिल्म सोसाइटीका अध्यक्ष एवं महोत्सवका निर्देशक पूर्णसिंह बराइलीले ग्लोब नेपाल डट कमलाई जानकारी दिनुभएको छ । बराइलीका अनुसार, यो महोत्सव नेपाली डायस्पोरा समुदायको चलचित्र संस्कृतिसम्बन्धि साझा मञ्चको रुपमा स्थापित गराउने लक्ष्यले महोत्सव आयोजना गर्न लागिएको छ ।

Read more: अमेरिकामा नेपाली चलचित्र महोत्सव हुने

यमोवुद्धको अन्त्येष्टि गरियो

काठमाडौँ, १५ माघ । छोटो समयमा चर्चा कमाउन सफल भएका गायक अनिल अधिकारीको शव काठमाण्डौ ल्याएर सदगत गरिएको छ । वेलायत वस्दै आएका अधिकारीको केही दिन अगाडि बेलायतमा मृत्यु भएको थियो यमबुद्ध उपनामले चर्चाको शिखरमा रहेका  गायक अधिकारीको शव शनिवार काठमाण्डौं  ल्याई अन्त्येष्टि गरिएको हो  । उनको शवलाई अन्तिम श्रद्धाञ्जलि दिन नेपाल प्रज्ञा–प्रतिष्ठानमा राखिएको थियो । श्रद्धाञ्जलिका लागि उक्त स्थानमा आफन्त, इष्टमित्र, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा तथा कलाकारलगायतको सहभागिता थियो । यमवुद्धको पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार शनिवार साँझ अन्त्येष्टि गरिएको हो ।