म सधैं नेपाल र नेपालीको सच्चा साथी: बप्पी लहिरी

AddThis Social Bookmark Button

एटलान्टा,अमेरिका,मे २३ | अमेरिकाको विभिन्न सहरमा आफ्नो सांगीतिक यात्रामा आएका भारतका चर्चित र वरिष्ठ गायक बप्पी लहिरी (डिस्को किङ्ग ) ले आफु नेपाल र नेपालीको सच्चा साथी भएको बताएका छन् | आफ्नो प्रस्तुतीका क्रममा शनिवार एटलान्टाको कार्यक्रममा पर्यटन दूत राजा घलेको मायाको चिनो स्वीकार गर्दै लहिरीले यस्तो बताएका हुन् | आयोजकले प्रायोजक एवं सहयोगीहरुलाई कदर पत्र प्रदान गर्न मन्चमा बोलाउदा नेपाल र नेपालीको तर्फबाट आफुले गायक लहिरीलाई मायाको चिनो प्रदान गरेको पर्यटन दूत घलेले जानकारी दिएका छन् |

मायाको चिनो ग्रहण गर्दै हर्षित भएर गायक लहिरीले संक्षिप्त कुराकानी गर्दै आफु नेपालको लागि अवैतनिक राजदूत समेत भएको बताएको घलेले बताए | घलेले गायक लहिरीको भनाई उधृत गर्दै भने,-' नेपाल र नेपालीले सम्झेको खण्डमा कुनै पनि बेला म आउनेछु |' 

Add comment


Security code
Refresh