यी हुन् नयाँ नेपाल सुन्दरी

AddThis Social Bookmark Button

काठमाण्डाैं,जेठ २१ | अन्तिम चरणका आफ्ना १८ जना प्रतिष्पर्धीलाई उछिन्दै निकिता चन्दक यस वर्षको नेपाल सुन्दरीको ताज पहिरिन सफल भएकी छिन् | शुक्रवार राजधानीमा सम्पन्न मिस नेपाल २०१७ को अन्तिम प्रतिष्पर्धामा निकिताले उपाधि जितेकी हुन् | निर्णायक मण्डलका तर्फबाट राष्ट्र बैंकका गर्भनर चिरञ्जिबी नेपालले ‘महिलाले देशको आर्थिक विकासमा कस्तो योगदान गर्न सक्छन्’ भन्ने प्रश्नमा व्यापारिक घरानाकी चन्दकले अरुको भन्दा उत्कृष्ट जवाफ दिदै उपाधि जितेकी हुन् । सन् १९९४ देखि हिडेन ट्रेजर नामक संस्थाले वार्षिक रुपमा मिस नेपाल प्रतिष्पर्धा आयोजना गर्दै आएको छ |

यस क्रममा पूर्वी नेपाल मोरंग उर्लाबारीकी यी २० वर्षीया युवतीले २२ औं मिस नेपालको ताज पहिरिएकी हुन् | किताले मिस नेपालसंगै मिस कन्फीडेन्ट र मिस पपुलर च्वाइसको उपाधि समेत जितेकी छिन् | १४ नम्वर ब्याचकी निकितासहित सबै १९ जना पछिल्लो छ हप्तादेखि मिस नेपालको ताज पहिरिने अन्तिम तयारीको आन्तरिक प्रशिक्षण,तालिम र प्रतिष्पर्धामा थिए | निकिताले नेपाल सुन्दरीको २२ औं संस्करणको ताज पहिरिदै गर्दा उनी मारवाडी समुदायका तर्फबाट नेपाल सुन्दरी बन्ने पहिलो युवती समेत बनेकी छिन् | निनिकिताले अब आगामी नोभेम्वरमा चीनमा हुने विश्व सुन्दरी प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन् |

आफ्नो मोरङमै विद्यालय तहको अध्ययन पुरा गरेकी निकिताले भारतको राजस्थानबाट १२ कक्षाको अध्ययन पूरा गरेकी छिन् | बैंग्लोरस्थित जेडी इन्ष्टिच्युट अफ फेसन टेक्नोलोजीमा ग्राजुएसन गर्दै फेशन शोहरुमा सहभागी हुन थालेकी अनिल र सुष्मा चन्दककी छोरी निकिता अभिनय र गायनमा सानैदेखि लगाव राख्ने गरेको बताइन्छ । नयाँ नेपाल सुन्दरी निकिताको उचाई ५ फिट ६ इञ्च छ ।

को को भए अन्य विजेता ?

१९ प्रतिष्पर्धी मध्ये रोजिना श्रेष्ठले मिस नेपाल अर्थ २०१७ को उपाधि जितिन भने निती शाहले मिस नेपाल इन्टरनेशनलको उपाधि जितिन् | रोजिनाले मिस फ्रेन्डशीप र नीतिले मिस फेशिनोको समेत ताज जिते | यसैगरी यसै संस्करणबाट सुरु भएको मिस नेपाल एशिया प्यासिफिक इन्टरनेशनलको ताज चाहिं सहारा बस्नेतले जितेकी छिन् | यस्तै सहाराले मिस बौद्धिक (इन्टेलेक्चुयल) को ताज पनि आफ्नै पोल्टामा पारेकी छिन् | 

अन्य विजेतामा मिस ट्यालेन्ट नम्रता गुरुङ,मिस बेष्ट हेयर बर्षा पोखरेल, मिस फोटोजेनिक अंशु लम्साल, मिस एथलेट मन्जरी सिंह रहेका छन् | 

Add comment


Security code
Refresh