आँधीको यात्रा

चन्द्र रानाहँछा

 हातमा सपनाको फूल

र पाउमा घामको साइत बोकेर

पर्खिरहेछु अाँधीको यात्रा … ।

Read more: आँधीको यात्रा

च्यातिएको निष्ठा

सुमन दाहाल

 

निष्ठा भोटमा च्यातिन्छ 

निष्ठा नोटमा साटिन्छ

बेघरबार भूकम्पले आहत छानाहरुमा 

निष्ठा त्रिपाल भएर च्यातिन्छ ।

निष्ठा पदक भएर च्यातिन्छ 

Read more: च्यातिएको निष्ठा

अभिनव नववर्ष

इ. राकेश कार्की

नयाँ साल ज्योतिपुञ्ज

फिंजाएर आउ

व्यक्ति व्यक्तिको सोचमा

सुविचार ल्याउ

Read more: अभिनव नववर्ष

अनेसासको नेतृत्व निर्विरोध

वासिंगटन डिसी,अमेरिका,फेब्रुअरी २१ | अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,वासिंगटन डिसी मेट्रो कमिटीको लागि नयाँ नेतृत्व चयन भएको छ | दुई वर्षे कार्यकालका लागि निर्विरोध रुपमा नयाँ कार्य समिति चयन भएको निर्वाचन समितिले घोषणा गरेको छ | जस अनुसार साहित्यकार,पत्रकार एवं गायक रामप्रसाद खनाल दोश्रो कार्यकालका लागि निर्विरोध अध्यक्ष चयन हुनु भएको निर्वाचन समितिका मनकुमारी थापा, डा. अनिल सुवाल र सुजित अर्जेलले प्रेषित गरेको विज्ञप्तिमा उल्लेख छ |

Read more: अनेसासको नेतृत्व निर्विरोध

बालबालिकासँग लेखक

काठमाडौं,माघ १० । जेभियर इन्टरनेसनल स्कुल बौद्धमा बालबालिकालाई लेखकसँग प्रत्यक्ष साक्षात्कार गराउने उद्देश्यसाथ आयोजित बालबालिकासँग लेखक कार्यक्रमको दोस्रो श्रृङ्खला सम्पन्न भएको छ । उक्त कार्यक्रममा बृहत् कवि गोष्ठीको आयोजना गरिएको थियो । कार्यक्रममा आयोजक जेभियर इन्टरनेसनल स्कुलसहित अन्य विद्यालयका विद्यार्थीहरुले कविता वाचन गरे । कविता वाचन गर्नेमा जेभियर इन्टरनेसनलका जस्टिना राउत, आयुष भट्राई, प्रतिष्ठा पौडेल, रुवी पन्त, शुरभी खतिवडा, नुमाँशा सुब्बा, संस्कार संग्रौला, निकिता पाण्डे, अनन्या विमली, कृष कुमार यादव, पृतक कार्की, स्यागी गुरुङ्ग, रुची शाह, स्मृति रिजाल लगायतका विद्यार्थीहरु थिए ।

Read more: बालबालिकासँग लेखक

पृथ्वीनारायण तिमी फटाहा रहेछौ

सूर्यबहादुर अधिकारी

पृथ्वीनारायण तिमी फटाहा रहेछौ 

तिमीले अर्काको राज्यमाथि धावा बोलेछौ

बाईसे चौविसे भुरे टाकुरे राज्यलाई

एउटै ढिक्का बनाएछौ ।

टुक्रे राजाहरुको श्रीपेच खोसेर

आफैंमात्र एक्लो राजा भएछौ ।

 

पृथ्वीनारायण तिमी फटाहा रहेछौ

“घुस लिने र दिने दुवै

राष्ट्रका शत्रु हुन्” भन्या रहेछौ

तर त्यो तिम्रो कुरो झुठ रहेछ नि ?

घुस लिने र दिने त राष्ट्रका

महान व्यक्ति पो रहेछन् ।

घुस र भ्रष्टाचारले त देश मौलाउँदो पो रहेछ त ?

पृथ्वीनारायण तिमी फटाहा रहेछौ

“मेरा साना दुःखले आर्ज्याको मुलुक होईन” भन्ने ?

अर्काको राज्य हडप्न 

चतुर रणकौशल प्रदर्शन गर्ने ?

कसैलाई छकाएर, कसैलाई फकाएर, नमान्नेलाई

तरवारले छप्काएर ठीक पार्ने ?

पृथ्वीनरारायण तिमी फटाहा रहेछौ

“चार वर्ण छत्तीस जातको  साझा फूलवारी” भन्ने

अनि एउटै भाषा, एउटै धर्म लाद्ने ?

जसरी हुन्छ वैरीका सामू 

आफ्नो राष्ट्र मजबुत पार्ने ?

अनि “सवैलाई चेतना भया” भनेर थर्काउने ?

त्यसैले,

हामीले त जात जातीलाई फुटाई सक्यौं

भाषा र धर्ममा खेलिसक्यौं ।

देश त फेरि बाईसे चौविसे बनाई सक्यौं

के गर्छौ तिमीले ?

तिम्रा साखा सन्तान पनि उडाई सक्यौं हामीले । 

पृथ्वीनारायण तिमी लाटा रहेछौ 

“देशलाई दुई ढुंगा वीचको तरुल” भन्थ्यौ

दक्षिण र उत्तरले उसिनेर खान लागिसके

बरु अहिलेका ठेकेदारहरुले जस्तै

खुरुक्क आफैंले तरुल खाएको भए

अहिले लुछाचुँडी गर्न त पाउँदैनथे ?

 

पृथ्वीनारायण तिमी झूट रहेछौ

“विदेशीलाई सीमाबाट छिर्न नदिनु

उनीहरु आए देश कंगाल हुन्छ” भन्ने |

त्यही भएर हामीले, 

सीमा खुल्ला गर्देका छौं ।

सुस्ता, कालापानी, लिपु र कोशी 

सवै ठाउँमा आसन दिएका छौं ।

देश त भाँडमैं जाओस्

जी हजुरी गरेकै छौं, प्रभुलाई रिझाएकै छौं ।

पृथ्वीनारायण तिमी फटाहा रहेछौ

“विदेशी कपडा लगाउन मनाही गर्नु,

बरु नमूना देखाई बुन्न सिकाउनु” भन्थ्यौ अरे ?

अनि तिम्रो पोशाक र श्रीपेच चाँही

विदेशबाट झिकाउने ? अरुलाई अर्ति सिकाउने ?

त्यही भएर हाम्ले देशका 

घरबुना तानहरु चुँडाली दियौं ।

विदेशी पहिरनमा हिप्पी भयौं,

दौरा सुरुवाल र टोपीलाई 

बन्देज गरिदियौं ।

पृथ्वीनारायण तिमी स्वार्थी रहेछौ

                                                                       

“खानी भएका ठाउँको गाउँ अन्तै सारी,

खानी चलाउनु” भन्थ्यौ अरे ?

“गरो बन्ने जग्गामा घर भए अन्तै सारी,

खेती गर्नु” भन्थ्यौ अरे ?

खेती गरेर खाने के 

तिमीले हामीलाई पाखे सम्झेको ?

त्यसैले  हामीले उपत्यका सवै

घरैघरको खेतीले भर्दीसक्यौं , 

गाउँ,पहाड सवैतिर डोजर चलाई सक्यौं ।

पृथ्वीनारायण तिमीलाई खुच्चिङ् ।

पृथ्वीनारायण तिमी फटाहा रहेछौ

“विदेशी नाचगान र रागतानमा नभुल्नु” भन्थ्यौ,

“देशका जडीबुटी बेचेर पैसा कमाउनु” भन्थ्यौ,

तर  तिमी आफूचाँही दरवारमा नर्तकी राखेर

सोमरस र रागतानमा भुल्थ्यौ ।

त्यही भएर 

दक्षिण र पश्चिमको नाचगानमा मन दिएका छौं ।

दिन दहाडै क्याविन, मसाज र डान्सबारहरुमा 

नाङ्गा नाच खुला गरिदिएका छौं

जडिबुटीका डाँडाकाँडा सवै 

बाबा रामदेवलाई सुम्पेका छौं ।

के गर्छौ तिमीले ?

धेरै औंला नठड्याउ पृथ्वीनारायण !

तिम्रो जन्मदिन पुस २७ मनाउन छोडिसक्यौं ।

सार्वजनिक विदा पनि रोकिसक्यौं ।

अव त हामी बरु भूत मन्त्री मर्दा विदा दिन्छौं,

भ्रष्टाचारी जेलबाट छुट्दा अविरजात्रा गर्छौं ।

तर विडम्बना ! पृथ्वीनारायण

तिम्रो र मेरो जन्म तिथि जुधेछ,

पुस २७ तिम्रो मात्र होईन, मेरो पनि हो ।

अब तिमी म मा सिमित भयौ 

पृथ्वीनारायण तिमी म मा सिमित भयौ ।

(पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका सन्दर्भमा –२०७३ पुस)

सबै बिर्सिए

धर्म भट्टराई "हरिदाइ"

जन्मेको देश र पहिचानलाई बिर्सिए 

नीति र नियम अनि बिधानलाई बिर्सिए 

Read more: सबै बिर्सिए

हार्दैन कहिले जनताको मत

               - विनोद रोका, न्युर्योक

चुनाव त जान्छ अनि आऊछ

एऊटाले हार्छ अर्कोले पाऊछ

हार र जीत हुन्छ खेल्दामा खेल

खेल पछि हुने गर्छ सबैमा मेल

त्यसैले हार्ने र जीत्ने सहकार्य गर्छन

जितेर माथी पुग्ने फेरी तलतिर झर्छन

किनकी हार्दैन कहिले जनताको मत

मतमै त उभिन्छ प्रजातन्त्रको छत।

उन कै यादमा

- प्रा. धर्मराज कोइराला

देख्छु मेरै शृजन विविधा न्यानु दीप्ती प्रकाश

श्रद्धा गर्लान्  प्रकटित नयाँ शील्पी ठानेर खास

श्रोतैलाई पनि कुलचने श्वार्थ धिक्कार कर्म

कस्तैगर्दा पनि नवुझने लाग्न थाल्यो अचम्म। १। 

 

 

हेर्छु फर्की  विगत सपना झै भयो के थियो र?

मर्ने चोला कति कहिरहुँ खर्चिये के भयो र?

आशा मर्दै थकित मन शन्तुशष्टी गर्ने उपाधि 

नाचुन् सारा भ्रमर रसमा फूलको वासपाई। २। 

 

ईच्छा तृश्णा सव मरिसके जागरै छैन केही

शिल्पीउर्जा रहित भ्रमको खेति गर्दैन कोही

आफ्नुभन्ने मनविच रहे के थियो के थिएन

वग्ने पानी सरी मन दिए विर्सने स्रोत छैन।३। 

स्वार्थी को हो म सरि? यसलोकैभरी पाइदैन 

ज्ञानि दानि अरुसरी कुनै भित्र मै देखिदैन ।

वोलि अड्र्क्यो मन मुटुभरी शव्द खुल्दैन केही

आखा डुल्छन् नरतकी सरी अर्थ खुल्दैन केही। ४।

वीपीको सपना.....

गोपाल रेग्मी 

एउटा दुहुनो गाई झुप्रै मात्र भए पनि

घरहोस् पसिना फल्ने धुर्को जमिनको अनि 

ओखती सहजै मिल्ने अस्पताल समेतको

सुविधा उच्च शिक्षाको नेपाल नव चेतको ॥

Read more: वीपीको सपना.....

मुक्तक

अन्जना पौडेल अनुश्रुती

१. आफ्नै परिश्रम मेहनेतको गाँस,बास,कपास पुगोस् सबैलाई ।।

सुनाखरीझैं फुल्न पाउन्,झरनाझैं गुन्जन पाउन् आकाँक्षा ।

Read more: मुक्तक

अहमका सिङ

नारायण अधिकारी 

अहंकार

तामसी सोचको 

रामनामी ओढेर

जिउँदै

किन जल्दछन् मान्छेहरू ?

कस्तो सम्मान !

कस्तो प्रेमको खोज ?

एकअर्काको नासो 

आफूभित्र कैद गरी

किन होमिन्छन् !

बत्तीमा पुतलीहरू ?

त्यो अन्धकार

एक रातमै सकिन्छ

साझा प्रयासले

एउटा दीयो जलाए

कहाँ टिक्छ अँध्यारो ?

दुईबीच उठेको

अविश्वासको पर्खाल

गर्ल्याम्म ढल्छ ।

जरालाई माटो

माटोलाई जरा

अन्योन्याश्रित सम्बन्ध

जानीजानी खुकुल्याउँदै

किन आह्वान ! 

विनाशकारी पहिरो !

आफ्नै जीवनमा ?

वन र आगो

अकारण झगडा

दुवै समाप्त ।

रागले रीस 

रीसले ताप

तापले राप

चुडिन्छ डोरी

नातासम्बन्धको

खस्दछ खाडलमा

आफैंले खनेको

अर्कालाई हाल्न ।

फालेर अहम्

जीत र हारको

क्रोध र आवेगको

खोलेमा ढोका

उदाउँछ प्रभात

लिएर घाम

जीवनका हिउँदमा ।

नत्र–

थुप्रेर पनि

एक्लै पीडामा बाँच्छ

बालुवा कण ।

बिना जगमा

ठडिन्न धरहरा

ढलेर जान्छ ।

हाल: भर्जिनिया,अमेरिका |