अनेसासको नेतृत्व निर्विरोध

AddThis Social Bookmark Button

वासिंगटन डिसी,अमेरिका,फेब्रुअरी २१ | अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,वासिंगटन डिसी मेट्रो कमिटीको लागि नयाँ नेतृत्व चयन भएको छ | दुई वर्षे कार्यकालका लागि निर्विरोध रुपमा नयाँ कार्य समिति चयन भएको निर्वाचन समितिले घोषणा गरेको छ | जस अनुसार साहित्यकार,पत्रकार एवं गायक रामप्रसाद खनाल दोश्रो कार्यकालका लागि निर्विरोध अध्यक्ष चयन हुनु भएको निर्वाचन समितिका मनकुमारी थापा, डा. अनिल सुवाल र सुजित अर्जेलले प्रेषित गरेको विज्ञप्तिमा उल्लेख छ |

हाल समितिमा करीब १८० जना आजीवन सदस्य रहेका छन् भने समाजको यो च्याप्टरलाई सबैभन्दा ठूलो र महत्वपूर्ण च्याप्टर मानिन्छ | निर्वाचन समितिले निर्बिरोध भएको घोषणा गरेको कार्य समितिमा रामप्रसाद खनाल-अध्यक्ष, अरूण रूपाखेती-उपाध्यक्ष, विमला निरौला- उपाध्यक्ष,रजनी श्रेष्ठ- उपाध्यक्ष र भुपनारायण घर्तिमगर महा-सचिव हुनुहुन्छ | यसैगरी सचिवमा नीरा शर्मा र कोषाध्यक्षमा पुष्कर पन्त रहनु भएको छ | समितिका सदस्यहरुमा अनिल खनाल,रबीन्द्र श्रेष्ठ,पवन बराकोटी खनाल, दुर्गा रिजाल, पुष्पा घिमिरे,नीलकण्ठ सुबेदी,कृष्ण अधिकारी,बृहस्पति लम्साल,शकुन्तला अधिकारी,गोमा न्यौपाने,लोककुमारी सुबेदी,बिकास अधिकारी,संगीता पन्त,सुजना ढकाल, सुनीता खत्री,बिना घर्तिमगर, मनिषा प्रसाई र अम्बिका गुरुङ रहनु भएको छ | समितिको कम्युनिकेशन डाइरेक्टरमा बिश्वराज थापा रहनु भएको छ |

यसै बीच पुन: निर्बाचित अध्यक्ष रामप्रसाद खनाल र महासचिब भूपनारायण घर्तिमगरले निर्वाचन समिति,कार्य समिति र यस अन्तर्गत रहेका करिब १८० सबै आजिबन सदस्यलाई कार्य समिति सर्बसम्मत बनाउन दिनुभएको साथ, सहयोग र समर्थनका लागि भन्दै बिशेष धन्यवाद व्यक्त गरेका छन् |  

दोश्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भए लगत्तै अध्यक्ष रामप्रसाद खनालले बिधान बमोजिम संरक्षक र सल्लाहकार मनोनयन समेत गर्नु भएको छ | जस अनुसार संरक्षकमा  होमनाथ सुबेदी र सल्लाहकारहरुमा डा. गुण सुबेदी,डा. रघुनाथ अर्याल,डा. अनिल सुवाल,डा. राजेश सुबेदी,डा. सुरेश बस्नेत,डा. सुनिल शर्मा,डा. राजु बिक,डा. जुडी फ्रेडिक्सन,डा. नन्दिता सुबेदी,डा. रेहा पोखरेल,डा. कबिता घिमिरे,डा. होमबहादुर थापा,अशोकनाथ तिवारी,मनकुमारी थापा,सुजीत अर्जेल,गोबिन्द मैनाली,प्रेम सङ्रौला,मोनिका माली,शरद निरौला,हरि घिमिरे,हरिराज भट्टराई,बिजया शाह,प्रकाश नेपाल,भीम रेग्मी,मन्जु कार्की,सुदीपभद्र खनाल,राजिब मैनाली र डा. गोपी उप्रेती रहनु भएको छ | नयाँ कार्य समितिले मार्च २५ देखि औपचारिक कार्यभार सम्हाल्नेछ | 

Add comment


Security code
Refresh