च्यातिएको निष्ठा

AddThis Social Bookmark Button

सुमन दाहाल

 

निष्ठा भोटमा च्यातिन्छ 

निष्ठा नोटमा साटिन्छ

बेघरबार भूकम्पले आहत छानाहरुमा 

निष्ठा त्रिपाल भएर च्यातिन्छ ।

निष्ठा पदक भएर च्यातिन्छ 

जुलुश र क्रुर हत्यामा च्यातिन्छ

जुम्ला र सिराहामा कुपोषण भएर च्यातिन्छ 

यसरीनै निष्ठा सर्बत्र च्यातिन्छ ।

प्रत्येक जिन्दाबादमा निष्ठा च्यातिन्छ 

प्रत्येक मुर्दाबादमा निष्ठा च्यातिन्छ 

नेपाली कागजका टुक्राटुक्रामा 

निष्ठा लिखितम भएर च्यातिन्छ ।

पुष्ट गाला र सफेद दौरा सुरुवाल भएर च्यातिन्छ 

टाई सुट र टोपिमा च्यातिन्छ 

निष्ठा सगरमाथाको चुचुरोमा पनि च्यातिन्छ 

लुम्बिनीमा फहराउने बुद्ध झन्डामा च्यातिन्छ ।

हाल: डेलावर,अमेरिका |

Add comment


Security code
Refresh