अदालतको आदेशको अवहेलना नगरौं,मानहानीको कारवाही हुनसक्छ

5 महिना अगाडी

खगेन्द्र जीसी  
एनआरएन एनसीसी अमेरिकाले आसन्न निर्वाचनको समयमा गठन गरेको तीन सदस्यीय समितिमा मलाई राखिएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।  
अहिले हामी एनआरएन एनसीसी अमेरिकाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियामा छौं । तपाईंहरु सबैको साथ,सहयोग र समर्थनका कारण मैले पनि यस संस्थाको निर्वाचित अध्यक्ष भएर  काम गरेको थिएँ । म आज त्यही नेतृत्व निरन्तरताकै कारण एनआरएन आइसीसीको सदस्यको रुपमा आवद्ध छु भने नेपाल सरकारको परराष्ट्र मन्त्रालयले गैर आवासीय नेपाली मामिला हेर्ने सल्लाहकारको रुपमा मलाई नियुक्त गरेको छ । म सधैं गैर आवासीय नेपाली समुदायको हक,हित र अधिकार स्थापनाका लागि आफ्नो तर्फबाट क्रियाशील रही आएको छु ।  
जहाँसम्म एनआरएन अमेरिकाको विगत,आइसीसीमा संस्थागत आवद्धता र पदाधिकारीको वैधानिकताको विषय छ, यस बारे म बुँदागत रुपमा प्रष्ट पार्न चाहन्छु । 
१. एनआरएन आइसीसीले सन् २००६ जनवरी २१ देखि नै तत्कालीन नेपलिज अमेरिकाज काउन्सिल (न्याक) लाई एनआरएनको राष्ट्रिय समन्वय समितिको रुपमा विधिवत मान्यता दिई काम गरेको दस्तावेज अभिलेख आइसीसीमा सुरक्षित छ । यस बारे आइसीसीले समेत पटकपटक पत्राचार गरी जानकारी गराई सकेको छ भने एनसीसी अमेरिकाको उम्मेदवारी विवाद बारे छानबीन गर्न आइसीसीले यस पहिले नै तीन सदस्यीय समिति गठन गरेको र सोही समितिले आवश्यक प्रमाण र दस्तावेजसहित एनसीसी अमेरिकाको आइसीसीसंगको आवद्धता र आसन्न निर्वाचनका लागि उम्मेद्वारी दिएका अध्यक्षका प्रत्यासी गौरीराज जोशीको योग्यता र बैधानिकता सम्बन्धी विवाद समाधान गरिसकेको छ । आइसीसी कार्यकारी सचिवालयले यस बारे अमेरिका क्षेत्रका संयोजक मार्फत निर्वाचन आयोगलाई २४ घण्टाभित्र सोही अनुसार कार्यान्वयन गर्नु गराउनु भनि पत्राचार समेत गरेर यो विवादको टुंगो लगाई सकेको छ ।
  
२. एनआरएन एनसीसीको न्यायिक समिति र गत सातामात्र टेनेसी अदालतले समेत यो विषयलाई सम्बोधन गरी समाधान गरिसकेको छ । सम्मानित कानुनी र संस्थाको सर्वोच्च निकायले समेत यस विषयलाई टुंगो लगाई सकेको अवस्थामा अब फेरि त्यही विषयका बारे छलफल र विवाद गरी राख्नु अदालतको आदेशको अवहेलना गरेको ठहरिन्छ । अदालतको आदेशको अवहेलना गर्नु भनेको षड्यन्त्र गर्नु भन्ने अर्थ लाग्छ । ज-जसले यसरी षडयन्त्र गर्छन् र अदालती आदेशको मानहानी र अवहेलना गरेको ठहर हुन्छ उनीहरु सबै कारवाहीको भागीदार हुन्छन् । तसर्थ अदालतले गरेको निर्णयलाई कार्यान्वयन नगर्ने भन्ने विषयमा षड्यन्त्र गरेको ठहरिने सक्ने र मानहानीको कारवाही हुनसक्ने हुनाले यस्तो समितिमा बसेर काम गर्नु मेरो लागि स्वीकार्य छैन ।
अहिले कुनै पनि नाममा समिति गठन गरी समाधान भैसकेको विषयलाई विवादमा ल्याउनु भनेको आसन्न चुनावी प्रक्रियाको जटिल समयमा मेरो लागि एनआरएन आइसीसीले गरेको निर्णयको सम्मान नगर्नु,अदालतको निर्णयको सम्मान नगर्नु र नेतृत्वका आकांक्षी सबै उम्मेदवारको समेत सम्मान नगर्नु हो । जुन म एनआरएन सदस्य र कानुन व्यवसायीको रुपमा कल्पना समेत गर्न सक्दिन । 
 विगतमा एनआरएन मार्फत विभिन्न तह र जिम्मेवारीमा रहेर योगदान गरेका सबै सदस्यहरुको अभिलेख राख्नु र उहाँहरुको सेवा र समयको सम्मान गर्नु आवश्यक छ । तर त्यस्तो काम अब निर्वाचनपछि आउने नेतृत्वले मात्र गर्नुपर्छ । त्यसैले हामी सबैले तत्काल निर्वाचनका लागि जोड दिनु परेको छ । 

म अदालतको निर्णय,आइसीसीको निर्देशन र एनआरएन अमेरिकाको न्यायिक समितिको राय समेतलाई सम्मान गर्दै अविलम्ब निर्वाचन घोषणा गरियोस् भन्ने आग्रह गर्दछु र कार्य समितिले गठन गरेको समितिमा रहन नसक्ने र नरहेको प्रष्ट पार्दछु । 
आउनुस् तपाईं हामी सबै तत्काल निर्वाचनका लागि अघि बढौं र सम्पूर्ण एनआरएन सदस्यको अधिकारको सुनिश्चितता गर्न लागौं ।

 जय एनआरएन 
 खगेन्द्र जीसी,
एनआरएन आइसीसी सदस्य 
न्युयोर्क,अमेरिका 
(जीसीले आज जारी गर्नु भएको विज्ञप्ति)


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Teej In Baltimore

Baltimore Teej ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter