अध्यक्षज्यू अब गरेर देखाउने कि ?

1 महिना अगाडी

काठमाडौं, कात्तिक १ | गैर आवासीय नेपाली संघ (एनआरएनए) को नयाँ अध्यक्षमा भवन भट्ट निर्वाचित भएका छन् । गोरखा पुर्ख्यौली थलो भएका भट्ट २० वर्ष अगाडि अध्ययनको लागि जापान पुगेका हुन् । भट्टले एनआरएनएमा दुई कार्यकाल उपाध्यक्ष र एक कार्यकाल कोषाध्यक्ष भएर काम गरिसकेका छन् । भट्ट अहिले जापानकै रेष्टुरेन्ट व्यवसायमा सफल व्यवसायी मानिन्छन् । नेपालमा व्यवसायिक समूह टिबिआइ मार्फत उद्योग,संचार,कलेज लगायतका क्षेत्रमा लगानी गरेका छन् ।
एनआरएनएको अध्यक्ष पदमा निर्वाचित भए पश्चात अब उनको काँधमा विगतका कमीकमजोरी केलाउँदै आफ्नो घोषणापत्र अनुरुप अघि बढ्नुपर्ने जिम्मेवारी छ । आवश्यकता अनुरूप योजनाबद्ध कार्यक्रम र नतिजामूलक क्रियाकलाप गर्ने, कार्यक्रम, पद्धति तथा संरचनामा नवीनता ल्याउने र सहभागितामूलक व्यवस्थापन संयन्त्र निर्माण गर्ने उनका योजनाभित्र पर्दछन् । यस्तै एनआरएनएको वृहत् विस्तार योजना अन्तरगत सदस्यतालाई दोब्बर बनाउने योजना पनि उनको प्राथमिकतामा पर्दछ । साथै एनआरएनए जुनियर सर्कल निर्माण गरेर दोस्रो पुस्ताका युवा तथा वयस्कलाई एनआरएन अभियान अन्तरगतका भाषा तथा संस्कृति, साहित्य/संगीत तथा मनोरञ्जन र खेलकुदमार्फत् समाहित गराउने योजना रहेका छन् । 
यस्ता योजनाले नेपालको विकासमा कहाँ सहयोग पुग्छ त भन्ने जिज्ञासामा एनआरएनएको स्मार्ट सहभागिता जरुरी भइसकेको उनी बताउँछन् । साथै एनआरएनएलाई नेपालको अर्थतन्त्रसँग जोड्ने स्पष्ट, मापनयोग्य, उपलब्धीमूलक, यथार्थपरक तथा समयावधी तोकिएको कार्यक्रमहरु ल्याउनुपर्ने र विपतमा पनि एनआरएनएको सहभागिता आवश्यक पर्ने बताई रहँदा स्पष्ट खाका भने कोर्न सकेनन् । त्यसो त भट्टको योजना भित्र सबै एनआरएनए संलग्न हुनसक्ने सामूहिक लगानी संयन्त्र निर्माण गर्ने जसको लागि एक वृहत होल्डिङ कम्पनी गठन गरी त्यसमार्फत् लगानी गर्ने संयन्त्र बनाउने सोच बनाएका छन् । 
अघिल्लो एनआरएनए चुनाव, त्यसमा गरिएको खर्च, यस पटकको चुनाव र त्यसको खर्च एकापट्टी मनन योग्य विषयवस्तु रहेको छ भने अघिल्लो चुनावमा उल्लेख गरिएका योजनाहरु कतिको उपलब्धिमूलक रहे भन्ने पनि पेचिलो विषय रहेको छ । सम्मेलनको लागि मात्रै गरिएको खर्च जो उम्मेदवारी दर्ता सम्मको मात्रै हेर्ने हो भने (अध्यक्षमा उम्मेद्वारी दर्ता गर्नको लागि मात्र साढे ४ हजार अमेरिकी डलर, उपाध्यक्ष र महासचिवको लागि ३ हजार ७५०, सचिव र कोषाध्यक्षको लागि ३ हजार १२ हजार, सहकोषाध्यक्षको २ हजार ७३, महिला तथा क्षेत्रीय संयोजकको लागि २ हजार २५०, उपसंयोजकको लागि १५०० अमेरिकी डलर आदि) गरि झन्डै ४० करोड हाराहारी देखिन्छ । जसको खर्च मात्रैले रिडी हाईड्रो पावर जस्तो जलविद्युत कम्पनी खडा हुन सक्छ । एकापट्टी महत्वाकांक्षी योजना र अर्कोपट्टि भड्किलो खर्च तालमेल मिलेन कि अध्यक्षज्यू ?  शुरुवात यति खर्चिलो देखिरहँदा तपाईंको कार्यकाल पनि पछिल्ला अध्यक्षहरुको जस्तै कागजमा मात्रै सिमित नरहुन् सफल कार्यकालको शुभकामना ।

 


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter