अध्यागमन कागजात अनुवाद गर्दा ध्यान दिनुस्
यसरी रीत नपुरयाई अनुवाद गर्ने अनुवादकहरु अमेरिकामै पनि भेटिन्छन् | किनकि कतिपय अनुवादकर्ताहरुलाई यस विषयमा प्रयाप्त जानकारी हुँदैन र अनुवाद गरिएको लिखत चाहिने व्यक्ति पनि सधैं व्यावसायिक मान्छे समक्ष पुग्दैनन् जवसम्म अप्ठ्यारो पर्दैन।

2 महिना अगाडी

- बिनोद रोका, एटर्नी एट ल/ नेपालबाट त्यत्रो पैसा तिरेर नेपालीको अंग्रेजीमा अनुवाद गराएर अधिकार प्राप्त व्यक्ति वा निकायको छाप लगाएर ल्याएको कागज पनि अमेरिकाको अद्यागमन विभागले रितपूर्वकको अनुवाद नभएको कारण खुलाई परिणाम आउने बेलामा पुन: रीतपुर्वकको अनुवाद गरिएको कागज पेश गर्नु  भनि पत्र आएपछि कतिपय आप्रवासीहरुले मलाई सोध्ने गर्नुभएको छ अब के गर्ने.? रितपूर्वकको अनुवाद भनेको के हो? आदि। त्यस्तै यसरी अनुवाद गरिएका अन्य कतिपय लिखतहरुमा आफनो दावीलाई पुष्टि गर्ने ठाउँमा आफैलाई खण्डन गर्ने वा अप्ठ्यारोमा पार्ने शव्दहरु अद्यागमन अदालत समक्ष पाइएको दृष्टान्त पनि छन् |

यसरी रीत नपुरयाई अनुवाद गर्ने अनुवादकहरु अमेरिकामै पनि भेटिन्छन् | किनकि कतिपय अनुवादकर्ताहरुलाई यस विषयमा प्रयाप्त जानकारी हुँदैन र अनुवाद गरिएको लिखत चाहिने व्यक्ति पनि सधैं व्यावसायिक मान्छे समक्ष पुग्दैनन् जवसम्म अप्ठ्यारो पर्दैन। अत: प्रस्तुत लेखमा नेपालीभाषाबाट अंग्रेजीभाषामा अनुवाद गर्दा के रीत नपुगेकोले यस्तो समस्या आउने गर्दछ भन्ने विषयमा केही चर्चा गरिएको छ।

पहिले नेपालबाट कानुन किताब व्यवस्था समितिले अंग्रेजीमा अनुवाद गरेर अधिकृतको सही र समितिको छाप अनि परराष्ट्र मन्त्रालयको कन्सुलर शाखाले पनि सहीछाप हानेर दिएको हुन्थ्यो भने अहिले नोटरी पब्लिकले अनुवाद गरेर सही गरी नोटरी पब्लिकको छाप हानिदिएको हुन्छ। यी दुवै नै नेपालको प्रचलित कानुन अनुसार नेपाली लिखतलाई अंग्रेजीमा अनुवाद गर्न पाउने निकाय वा व्यक्तिहरु हुन् | तर अनुवादकर्ताहरुलाई थाहा हुँदैन,ती अनुवाद गरिएका अंग्रेजी भाषाका लिखतहरुमा अमेरिकी अद्यागमन कानूनले तोकेको शर्तहरु पुरा नभएको कारणले मान्यता पाउँदैनन् र व्यक्तिहरुले दु:ख पाउँछन्।

अमेरिकी अद्यागमन कानून अनुसार कुनै पनि विदेशी भाषाको लिखतलाई प्रमाणको लागि पेश गर्नुपर्दा त्यसको रीतपूर्वकको अंग्रेजीको अनुवाद पनि साथै पेश गर्नुपर्दछ। रीतपूर्वकको अंग्रेजी अनुवाद भनेको अनुवाद गर्ने व्यक्तिले 'म फलाना ठाउँ बस्ने वयस्क वा १८ बर्ष नाघेको फलानाले यो नेपाली भाषाको लिखत अंग्रेजी भाषामा अनुवाद गरेको हुँ । म नेपाली र अंग्रेजी दुवै भाषामा दक्ष छु र मैले अनुवाद गरेको लिखत साचो र सत्य हो, झुठा ठहरे कानुन बमोजिम सहुँला बुझाउँला' भन्ने नै हो |

अमेरिकी अद्यागमन कानुनले यसरी अनुवाद गर्ने व्यक्ति कुनै निकायाबाट परीक्षा उतीर्ण भएर अनुवाद गर्ने र छाप हान्ने अधिकार पाएकै हुनुपर्छ भन्ने व्यवस्था गरेको छैन। यसरी अनुवाद गर्ने व्यक्ति परिवारको सदस्यदेखि लिएर अरु जोसुकै पनि हुन सक्दछन् जो दुवै भाषामा पोख्त छन् |  यसरी अनुवाद गर्ने व्यक्तिले आफुले अनुवाद गरेको हुँ भनि लेखेको लिखतलाई  नोटरी पब्लिकसमक्ष उपस्थित भै प्रमाणित गर्नुपर्ने आवश्यकता पनि हुँदैन | यद्यपि आफ्नो परिवारका सदस्यहरुले गरेको अनुवादलाई भने कहिलेकाँही मान्यता दिन कन्सुलर अफिसर वा अद्यागमन अधिकारीहरुले हिच्किचाउन सक्ने सम्भावना रहन्छ। यसरी दुवै भाषामा दक्षता भएको व्यक्तिले अनुवाद गरेको लिखतको अगाडि तलको वा यस्तै कुनै अर्को व्यहोरा जनिएको सर्टिफिकेट पेश गरेमा त्यस्तो लिखतलाई अमेरिकी अद्यागमन विभागले मान्यता प्रदान गर्दछ। किनकि अनुवाद गरिएको लिखतमा नेपालीमा रहेको हुबहु व्यहोरा अनुवादकर्ताले उल्लेख गरेका छन् भनि विश्वास गर्ने आधार भेटदछन् | अनुवादकर्ताले एउटै व्यक्तिसंग सम्वन्धित लिखतका धेरै पन्नाहरु अनुवाद गरेको भएमा तपसिलमा अनुवाद गरिएका लिखतहरुको नाम उल्लेख गरेपनि हुन्छ।

नेपालबाट तत्कालीन अवस्थामा कानून किताव व्यवस्था समितिले अनुवाद गरि छाप हानि परराष्ट्र मन्त्रालयका कन्सुलर अफिसरले अनुवाद भएको लिखतलाई प्रमाणिकरण Authentication  गरेको भएता पनि अनुवाद गर्ने व्यक्ति नेपाली र अंग्रेजी दुवै भाषामा पोख्त वा दक्ष हो कि होईन भनि खुलेको देखिदैन । त्यस्तै हाल नेपालको नोटरी पब्लिक ऐन अनुसार लिखतको अनुवाद गर्ने ईजाजत प्राप्त गरेको नोटरी पब्लिकले पनि नेपालीबाट अंग्रेजी भाषामा अनुवाद गर्दा प्राय "The Translation Copy is True and Verified" मात्र लेखेको नोटरी पब्लिकको स्टाम्प राखेको देखिन्छ तर ती व्यक्ति दुबै भाषामा दक्ष हुन कि होईनन? भनेर खुलार्ईएको हुदैन। किनकि अनुवादकर्ताको दक्षता र लिखतको प्रमाणिकीकरण भन्ने विषयबस्तु एउटै होइन। यहाँ हेरिने प्रश्न लिखतको प्रमाणिकरण होइन कि अनुवादकर्ताको दक्षताको प्रमाणिकरण हो भन्ने हो ।

नेपालमा नोटरी पब्लिक भन्ने व्यक्ति दुवै भाषामा दक्ष भएकै कारणले नोटरी पब्लिकको लाईसेन्स पाएका हुँदा त्यस्तो व्यहोरा खुलाई रहनु नपर्ने भन्ने मानसिकता रहेपनि विदेशमा रहेका न्यायिक वा अर्धन्यायिक विषयमा निर्णय गर्ने अधिकारीलाई त्यसको जानकारी हुँदैन र सयौं व्यक्तिका विषयमा निर्णय गर्नुपर्ने अद्यागमन अदालतका न्यायाधिश वा अधिकारीले आफनो विभागले दिएको निर्देशिकालाई आधार बनाउँछ कुनै पनि लिखत रितपूर्वक अनुवाद भएर आएको छ कि छैन भन्नका लागि। निजहरुलाई नेपालको कानूनमा यस सम्वन्धमा के व्यवस्था रहेछ भनि हेर्ने फुर्सद हुँदैन र आवश्यकता पनि पर्दैन किनकि कानुन वमोजिमको सुविधा पाउनका लागि निवेदन गर्ने व्यक्तिले नै आफ्ना प्रमाणहरु रीत पुरयाएर पेश गर्नु पर्दछ। त्यसैले अदालतका न्यायाधिशहरुले यस्ता लिखतलाई रीत नपुगेको हुँदा प्रमाणको रुपमा मान्यता नै दिदैनन्। अनि कागज पेश गर्ने व्यक्तिको प्रमाण मिसिलमा वा फाईलमा रहेर पनि उसका लागि त्यो वेरिते लिखत मद्दतगार हुन सक्दैन। अत: सम्बन्धित पक्षहरुको हितलाई ध्यानमा राखेर नोटरी पब्लिकका लाईसेन्स पाएका व्यक्तिहरुले पक्षले गरेको दावीलाई ध्यानमा राखेर त्यसैको सारलाई समेट्ने अंग्रेजी शव्दहरु चयन गरी अनुवाद गरेको लिखतमा तलको व्यहोरा सर्टिफिकेट अनुवाद गरेको लिखतको अगाडी राखिदिएमा पैसा खर्च गरेर आफ्नो काम बनोस् भनि ल्याएका अनुवादित लिखत पेश गर्दा अमेरिकी  अद्यागमन अदालत, अद्यागमन कार्यालय वा कन्सुलर अफिसबाट रीतपुर्वकको ठहरयाई विवादको निरुपण भएमा कानून बमोजिम पाउने सुविधा पाउन अनावश्यक दु: ख भोग्नु पर्ने थिएन।

                    CERTIFICATE OF TRANSLATION

I, ABC, declare as follows:

1. I am a citizen of _____________, over 18 years of age, and am not a party to this action. I reside or I am employed by ______________located at______________.

2. I am fluent in English and Nepali.

3. The attached “Translation of ABC” is a true and correct translation of the attached original Nepali language document.

I declare, under penalty of perjury, that the foregoing is true and correct to the best of my knowledge.

Executed this ___day of May, 2013, in Kathmandu, Nepal

 ______________

Notary Public


बिनोद रोका, न्यूर्याक राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा एर्टनी एट ल को रुपमा मान्यता प्राप्त वकिल र अमेरीकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य। हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षण रहोस भन्ने ध्येय यहा राखिएको छ। तपाइहरुलाई अगाडीको जस्तै सफलता दिलाऊने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन। यहालाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्वन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तीका लागि निवेदन गर्नुपर्दा इजाजत प्राप्त सम्वन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ।

 (तपाईको अमेरीकी अद्यागमन र न्यूर्योक राज्यको कानुनसम्वन्धि कुनै समस्या भए टेलिफोन मार्फत निशुल्क कानुनी सल्लाहको लागि बिनोद रोका, एर्टनी एट ललाई उहाँको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा binodlawnyc@gmail.com/ www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुने छ।)


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

प्रधानमन्त्री देउवाको न्यूयोर्कमा भव्य स्वागत

न्यूयोर्क सेप्टेम्वर २०/संयुक्त राष्ट्रसंघको ७२ औ महासभालाई भाग लिन नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दे...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter