अमेरिकामा काम गर्दा अपनाउनु पर्ने दश सावधानी

1 महिना अगाडी
वाशिङ्गटन डिसी,जनवरी २१ 
अमेरिकामा काम गर्दा र काम गर्ने स्थानमा रहँदा सजग रहनु पर्ने विषयमा अमेरिकामा रिटेल सम्वन्धि व्यवसाय गरिरहेका दई दर्जन भन्दा वढी नेपालीहरुसँग कुराकानी गरेर यो आलेख तयार पारिएको छ । यसलाई समय सापेक्ष रुपमा परिमार्जन गर्दे अरु विषय पनि समावेश गराउने छौं । खासमा नेपालवाट आएर काम गर्दे गरेका या राज्य परिवर्तन गरेर नयाँ राज्यमा काम गर्दा धेरै विषयमा सजगता अपनाउनुपर्ने हुन्छ । यसलाई सहयोग गर्ने अभिप्रायले हामीहरुले सावधानीका अनेकन उपायहरु पस्किने छौं, यसमा पाठकले लागेका र देखेका कुरालाई पनि समावेश गर्नेछौं । 
 
नम्र वोल्नुहोस : 
तपाईले काम गर्ने क्षेत्रमा कस्ता प्रकृति र प्रवृत्तिका ग्राहक छन भन्ने विषयमा जति लामो समय काम गरेपनि पूर्ण रुपमा विश्वस्त हुन सक्नु हुन्न । तसर्थ तपाईले काम गर्दा जति सुकै असहिष्णु रुपमा ग्राहक प्रस्तुत भएपनि नम्र रुपमा नै कुरा गर्नुहोस् । उनीहरुले गर्ने गाली या कुनै अपशव्द वोले भने त्यसमा आफू पनि जोडतोडका साथ प्रस्तुत नहुनुहोस् । 
 
सित्तैमा कुनै सामान नदिनुहोस 
कतिपय नेपालीहरुले चिनेको छु, जानेको छु भनेर भरे भोलि दिईहाल्छ नि भनेर सामानलाई उधारोमा दिने काम नगर्नुहोस किनकि यसरी सामान दिदा पल्किने सक्ने खतरा हुन्छ र तपाईलाई कुनै दिन नदिएको विषयमा झगडा गर्ने गर्नसक्छन् । 
 
सदैव चनाखो हुनुहोस
आफनो स्टोर या काम गर्ने स्थानको वरिपरि के कस्तो अवस्था छ, कुनै आपराधिक मनोवृत्तिको मानिस घुमिरहेको छ की या स्टोरमा ओहोर दोहोर गरिरहने गरेको पो छ कि सदैव ध्यान दिनुहोस । स्टोर भित्र वाहिर गर्दा या कुनै सामान दिदा लिदा सदैव आफूले कसरी सुरक्षित हुने भनेर सोचिरहनु , इयर फोन लगाउने व्लु टुथमा कुरा गर्ने जस्ता वानी छ र त्यस्तो सुविधा छ भने तुरुन्त छाडिहाल्नुहोस्। 
 
सेल फोन नचलाउनुहोस :
कतिपय अवस्था अवा िञ्छत क्रियाकलापमा संलग्नहरुले तपाईलाई एक कल फोन गर्न परयो मलाई फोन दिनुहोस भन्न सक्छ, त्यस्तो अवस्थामा कहिल्यै पनि आफनो सेल फोन नदिनुहोस् । उनीहरुको एक कलले तपाईलाई ठूलो कष्ट हुन सक्छ । 
 
फोन या अलार्म वटममा सदैव ध्यान दिनुहोस 
सामान्यतया : केही समस्या परेको खण्डमा पुलिसलाई खबर गर्न या अलार्मको वटक थिच्नको लागि सतर्क अवस्थामा वसिहाल्नोस् । नजिकको प्रहरी कार्यालयको नम्वर छ भने रजिष्ट्ररको नजिक लेख्नुहोस् । यदि एक्लै काम गर्दे हुनुहुन्छ भने फोन नजिकै राख्नुहोस ताकि शंकास्पद गतिविधी हुने वित्तिकै केही भए पनि जुक्ति निकाल्न सकियोस् । 
 
कहिल्यै प्रतिवाद नगर्नुहोस 
केही गरी तपाईलाई लुटेरा समूहले पञ्जामा पारयो भने त्यस्तो अवस्था उनीहरुसँग कुनै प्रतिकार गर्ने या विवाद गर्ने भन्दा आफूसँग भएको सेलफोन देखि नगद सवै दिईहाल्नुहोस। खसमा लुटेरा समूहसँग कहिल्यै पनि प्रतिवाद गर्नुहुँदैंन् । उनीहरुसँग वन्दूक या धारिलो हतियार वोकेर हिडेका हुन्छन् । उनीहरुसँग प्रतिकार गर्नु भनेको आफैमा चुनौती पूर्ण काम हो । 
वन्द गर्ने समय नभन्नुहोस :
कहिले काही लुटेरा समूह कुन समय वन्द गर्ने हो भनेर सोध्ने गरेका छन् । उनीहरुलाई निश्चित छैंन, ग्राहक कम भए चाँडै वन्द हुन्छ भन्नुहोस । 
 
ग्राहकको अगाडि पैसा नगन्नुहोस :
तपाईसँग क्यासमा पनि कारोवार हुने क्षेत्र छ भने उनीहरुले देख्ने गरि कहिल्यै पैसा वन्द गर्ने या सिफट क्लोज गर्ने नगर्नुहोस् । किनकि पैसा धेरै देखे भने उनीहरुको मनमा पाप आउन सक्छ । 
 
नगद धेरै नवोक्ने :
आफूसँग भएको रकमलाई सकभर बैंकमा राख्ने या घरमै सुरक्षित तरिकाले राख्ने गर्नुपर्छ आफनो वालेटमा पैसा धेरै वोकेर मोटो देखिने गरि कहिल्यै पनि नवोक्नुहोस् । त्यसो गर्दा कहिले काही लुटेरा समूहको आक्रमणमा पर्न सक्नुहुन्छ । 
 
एक्लै वन्द नगर्ने :  निश्चित समय चल्ने स्टोर छ भने कहिल्यै पनि वन्द गर्दा एक्लै नगर्नुहोस, यदि गर्ने परेको खण्डमा नजिकको स्टोरको साथी या कुनै सहयोगको लागि अनुरोध गर्नुहोस् । किनकि कतिपय अवस्थामा एक्लै वन्द गर्दा कठिन परिस्थििति उत्पन्न हुनु सक्छ । 

Share this with your friends:


थप खबर...

Teej In Baltimore

Baltimore Teej ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

NRN MD New Team

NRN Maryland New Team ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter