अमेरिकावाट को को लड्दैछन् ?

18 दिन अगाडी

न्यूयोर्क अक्टोवर ६ /एनआरएनको अन्र्तराष्ट्रिय समन्वय समितिको लागि अमेरिकावाट विभिन्न पदमा उमेदवारी घोषणा गर्ने क्रम जारी रहेको छ । यही अक्टोवरको १४ देखि १७ सम्म चल्ने आठौ विश्व सम्मेलनले नयाँ नेतृत्व समेत चुन्ने भएकाले चुनावको रौनक वढेको छ । अमेरिकाको क्षेत्रका लागि र अन्र्तराष्ट्रिय समन्वय समितिको लागि विभिन्न पदहरुमा उमेदवारी घोषणा गर्नेहरुको सूची लामो रहेको छ । एक सय ८१ जना डेलिगेटस रहेको अमेरिकाको एनआरएनमा उपाध्यक्षमा कानून व्यवसायी तथा पूर्व अध्यक्ष समेत रहेका खगेन्द्र जिसीले उपाध्यक्षमा आफनो उमेदवारी घोषणा गरेका छन् । अमेरिकामा रहेको एनआरएनलाई साँगठनिक रुपमा फराकिलो दायरा विस्तार गर्न सफल भएका जिसी अमेरिकामा रहेका नेपालीहरुमा सफल कानून वेत्ताको रुपमा स्थापित भएका छन् । उनलाई नेपाल सरकारले समेत एनआरएन दूतको रुपमा नियुक्त गरेको छ । उनी एनआरएनको नागरिकता निरन्तरता समितिमा समेत वसेर काम गर्दे आएका छन् । 


यसैगरी अहिले क्षेत्रीय संयोजकको रुपमा रहेका सोनाम लामाले पनि उपाध्यक्षमा उमेदवारी दिएका छन् । कतिपय विषयमा राष्ट्रिय समन्वय समितिमा हस्तक्षेप गरेर क्षेत्राधिकार समेत उल्लघंन गरेको आरोप खेपेका लामा एनआरएनमा भने निरन्तर लागेका छन् । 
यसै गरी रामसी खरेलले सह कोषाध्यक्षमा आफनो उमेदवारी घोषणा गरेका छन् । उनले यस अगाडि पनि अन्र्तराष्ट्रिय समन्वय समितिमा उमेदवारी दिएका थिए । यसैगरी यस अगाडि राष्ट्रिय समन्वय समितिमा वसेर काम गरिसकेकी संगीता शिवाकोटी लम्सालले अमेरिकाज क्षेत्रको महिला कोअर्डिनेटरमा उमेदवारी घोषणा गरेकी छन् । 
यसैगरी यस क्षेत्रको क्षेत्रीय संयोजकमा एसी शेर्पा र श्री पराजुलीले आफनो उमेदवारी घोषणा गरेका छन् । रविन वज्राचार्यले सचिव पदमा उमेदवार वन्न लागेको घोषणा गरेका छन् । यसै गरी तेम्वा नुरुले क्षेत्रीय उपसंयोजकको पदमा उमेदवारी घोषणा गरेका छन् । न्यूयोर्कका सफल व्यवसायी नविन शेरचनले पनि क्षेत्रीय उपसंयोजकमा आफनो दावी पेश गरेका छन् । यसैगरी शंकर खडकाले आफूले क्षेत्रीय उपसंयोजकमा आफूलाई उभ्याएका छन । वर्षा मोक्तानले युवा संयोजकमा आफनो दावी प्रस्तुति गरेकी छिन् । यसैगरी दिल श्रेष्ठले पनि क्षेत्रीय उपसंयोजकमा आफनो उमेदवारी घोषणा गरेका छन् । 

 


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

प्रधानमन्त्री देउवाको न्यूयोर्कमा भव्य स्वागत

न्यूयोर्क सेप्टेम्वर २०/संयुक्त राष्ट्रसंघको ७२ औ महासभालाई भाग लिन नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दे...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter