आँधीले मच्चाएको वितण्डा,जनजीवन तहसनहस

2 महिना अगाडी

एजेन्सी,सेप्टेम्वर ६ । इर्मा नाम गरेकाे शक्तिशाली आँधीले उत्तरी क्यारेवियन क्षेत्रमा रहेका अाइल्याण्ड ध्वस्त पारेकाे छ। क्यारेबियन क्षेत्रमा रहेकाे बर्मुडा अधिकांश रूपमा ध्वस्त भएकाे छ। बुधवार रातीसम्म यो शक्तिशाली आँधीका कारण बर्मुडा र पोर्टो रिकोमा कम्तीमा पनि सात जनाको मृत्यु भएको छ । आँधी थामिएपछि यस क्षेत्रकाे अवलाेकन भ्रमणमा गएका एन्टिगुवा र बर्बुडाका प्रधानमन्त्री ग्यास्टन व्राउनीले घरहरू पुर्ण रूपमा क्षति भएकाे भन्दै यसले ठुलाे ध्वंश गरेकाे बताए। यहा सम्पर्ककाे लागि सञ्चार पुर्ण रूपमा विच्छेद भएकाे छ भने पानीकाे अभाव पनि देखिएकाे छ।समाचार एजेन्सीहरुका अनुसार बर्मुडा ९५ प्रतिशत ध्वस्त भएकाे छ। आँधीले सरकारी भवन ध्वस्त पारेकाे छ भने कतिपयकाे छाना नै उडाएकाे छ। विजुली र पानीविहिन भएकाे बर्मुडा,एन्टिगुवा,बर्बुडा,सेन्ट मार्टिन,सेन्ट बार्टस,सेन्ट मार्टेन जस्ता एटलान्टिक महासागरमा रहेका अाइल्याण्डमा अहिलेसम्मकै सवैभन्दा शक्तिशाली आँधी अाएकाे बताइएकाे छ। आँधी कति शक्तिाशाली थियाे भने जाेडले अाधी अाउदा नरिवलकाे बाेट पुरा जमिनमा छाेएकाे थियाे भने घरकाे भित्तामा अाधी ठाेक्किदा ठुलाे अावाज अाएकाे थियाे। उता पोर्टो रिको क्षेत्र पनि यो आँधीका कारण तहसनहस हुन पुगेको छ । इर्मा सामुद्रिक आँधीलाई यस दशककाई सबैभन्दा शक्तिशाली आँधी भनिएको छ । सामुद्रिक आँधी र तुफानको गति १८५ माईल प्रतिघण्टा पुग्ने प्रक्षेपण गरिएको छ । पोर्टोरिको हुँदै यो शक्तिशाली आँधीले अमेरिकाको दक्षिणी राज्य फ्लोरिडालाई समेत प्रभावित बनाउने अनुमान छ ।
डोमिनिकन रिपब्लिकमा बिहीवार आँधीको असर हुनेछ भने सोमवार यो आँधीले फ्लोरिडालाई क्षति पु-याउने अनुमान छ । यसका लागि पूर्व सावधानी अपनाउन र सुरक्षित स्थानमा सर्नका लागि स्थानीय राज्य सरकारले आफ्ना नागरिकहरुलाई अनुरोध गरेको छ । फ्लोरिडाका गभर्नरले भनेका छन्,-'हामी तपाईंको घर क्षति भयो भने पुनर्निर्माण गर्न सक्छौं तर तपाईंको जीवन पुनर्निर्माण गर्न सक्दैनौं ।
मायामी सामुद्रिक तट,कि वेष्ट लगायतका क्षेत्रका वासिन्दाहरुलाई अनिवार्य रुपमा त्यहाँबाट सुरक्षित ठाउँमा सर्न अनुरोध गरिएको छ ।

Irma    USA   

Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter