आप्रवासीमाथि थप कडाई गर्दै अमेरिकी अध्यागमन
करीब एक सय स्टोरमा छापा,२१ जना पक्राउ

8 दिन अगाडी

एजेन्सी,जनवरी १० । अमेरिकी अध्यागमन अधिकारीहरु यहाँ रहेका कागजपत्रविहीन अन्य देशका नागरिकप्रति कडा रबैया अपनाउन थालेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासन विद्यमान अमेरिकी आप्रवास नीति संशोधन गरी नयाँ नीति बनाउने गृहकार्यमा जुटिरहेका बेला अध्यागमन सुरक्षा अधिकारीहरु आप्रवासी कार्यरत निकायहरुमा सोधखोज गर्न थालेका छन् ।  कागजपत्र विहीन आप्रवासीहरुलाई देश निकाला गरी उनीहरुकै देश फिर्ता पठाउने नीति लिएको वर्तमान ट्रम्प प्रशासनले अध्यागन सुरक्षा अधिकारीहरु परिचालित गरी आज विभिन्न १७ राज्यका करीब १०० वटा सेभेन इलेभेन नामक फ्रेन्चाईज स्टोरमा छापा मारेको छ । यस क्रममा अध्यागमन सुरक्षा अधिकारीहरुले कागजपत्र विहीन र काम गर्ने अनुमति नभएका २१ जनालाई हिरासतमा लिएका छन् । तर हिरासतमा लिइएका यी २१ जना कामदार हुन् कि स्टोर संचालक हुन् भन्ने भन्ने चाहिं अधिकारीहरुले खुलाएका छैनन् । तर रोजगारदाताले आफ्नो स्टोरमा कागजपत्र विहीन व्यक्तिलाई काम दिएर अध्यागमन नीति विपरित काम गरेको छ,छैन भन्ने क्रममा आइस भनिने युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टका सुरक्षा अधिकारीहरुले यो छानबीन गरेका कारण यसरी पक्राउ पर्ने मध्ये अधिकांश स्टोर संचालक रहेको अनुमान गरिएको छ । 
आजको यो कारवाही वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हाले यताको आप्रवासी लक्षित सबैभन्दा ठूलो कारवाही हो । यो कारवाही सुरुवात मात्र भएको अध्यागमन अधिकारीहरुले बताएका छन् । यस अघि सन् २०१३ मा अमेरिकी अध्यागमन अधिकारीहरुले यसरी नै सेभेन इलेभेन स्टोरमा छापा मारेका थिए । त्यो बेला अध्यागमन अधिकारीहरुले कागजपत्र विहीन व्यक्तिहरुलाई रोजगारी दिएको अभियोगमा सेभेन इलेभेनका ९ जना मालिक र म्यानेजरलाई पक्राउ गरेका थिए ।
 कहाँ कहाँ छापा मार्यो आइसले ?
आइस अधिकारीहरुले आज अमेरिकी राजधानी शहर वासिंगटन डिसीसहित मेरिल्याण्ड,पेन्सिलभेनिया,न्यूजर्सी, न्यूयोर्क, नर्थ क्यारिलोना, क्यालिफोर्निया, कोलोराडो, डेलावर, फ्लोरिडा, इलिनोइ, इन्डियाना,मिसिगन, मिजौरी,नेभाडा,ओरेगन, टेक्सास र वासिंगटन (सियाटल) राज्यका सेभेन इलेभेन स्टोरमा छापा मारेका थिए ।
सेभेन इलेभेन अमेरिकाको धेरै शहरमा संचालनमा रहेको फ्रेन्चाईज खुद्रा पसल हो । यसका अधिकांश संचालक (मालिक),व्यवस्थापक (म्यानेजर) र कामदार आप्रवासीहरु नै छन् । त्यस मध्ये पनि भारतीयमूलका आप्रवासीहरुले धेरै राज्यमा यो स्टोर संचालन गर्दै आइरहेका छन् । यस्ता स्टोरहरुमा काम गर्ने नेपालीहरुको संख्या पनि उल्लेख्य रहेको छ ।

 


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Teej In Baltimore

Baltimore Teej ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter