इजिप्टकोे सुरक्षा कारबाहीमा १४ विद्रोहीको मृत्यु, १४ जना पक्राउ

2 महिना अगाडी

काएरो, इजिप्ट, १२ मङसिर /इजिप्टको उत्तरपूर्वी इश्मालिया तथा सिनाई प्रान्तमा केही दिन पहिले एक मस्जिदमा भएको आतङ्ककारी आक्रमण पछि सरकारी प्रहरी र सेनाले गरेको सुरक्षा कारबाहीमा १४ जना विद्रोहीको मृत्यु भएको छ भने १४ जनालाई सुरक्षा नियन्त्रणमा लिइएको सेनाले मङ्गलबार जारी एक वक्तव्यमा जनाइएको छ । गत शुक्रबार उत्तरी सिनाइ राज्यको एक गाउँमा ३०५ जनाको ज्यान जाने गरी विस्फोट गराएपछि सञ्चालन गरिएको सुरक्षा कारबाहीमा आतङ्ककारीले आश्रयस्थल बनाई बसेको क्षेत्रबाट ठूलो पैमानामा हतियार, विष्फोटक पदार्थ तथा बन्दोबस्तीका सामग्रीलाई नियन्त्रणमा लिइएको बताइएको छ । उक्त आक्रमणमा १२८ जना घाइते भएका थिए । 

गृह मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सिनाइ तथा इश्मालिया राज्यमा गरिएको खानतलासीमा ११ जना सशस्त्र विद्रोहीको मृत्यु भएको छ । त्यसैगरी देशका अन्य भागमा अन्य तीन जनाको मृत्यु भएको छ । उक्त अभियानमा १४ जना विद्रोहीलाई सुरक्षा नियन्त्रणमा लिइएको छ ।” विद्रोहीले राज्य विरुद्ध आक्रामक हिंसाको तयारी गरेको उक्त आश्रयस्थललाई सेनाले ध्वस्त पारिदिएको दावी गरेको छ । शुक्रबारको आक्रमणको कुनै पनि समूहले जिम्मा नलिएपनि सरकारले इश्लामिक स्टेटसँग निकट सिनाइस्थित क्षेत्रीय आतङ्कवादी समूह नै घटनाको योजनाकार रहेको बताउदै आएको छ । रासस


Share this with your friends:


थप खबर...

Teej In Baltimore

Baltimore Teej ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

NRN MD New Team

NRN Maryland New Team ...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter