इर्मा आँधीको वितण्डा

15 दिन अगाडी

एजेन्सी,सेप्टेम्वर ८ । दशककै शक्तिशाली मानिएको सामुद्रिक आँधी इर्मा आजदेखि उत्तर अमेरिकातर्फ बढ्दैछ । क्यारेबियन सामुद्रिक तटबाट सुरु भएको यो आँधीमा परी हालसम्म १८ जना भन्दा बढीको मृत्यु भैसकेको छ भने लाखौँ जनता प्रभावित भएका छन् । उत्तर पूर्वी क्यारेबियन प्रायद्वीपमा यसको बढी असर परेको छ । बर्मुडा,एङ्गुला,अमेरिकी भर्जिन प्रायद्वीप,फ्रेन्च क्षेत्र,पोर्टो रिको लगायतका स्थानमा आँधीको कारण मानिसहरुको मृत्यु भएको सीएनएनले जनाएको छ । बर्मुडाका ९५ प्रतिशत जनजीवन आँधीका कारण तहसनहस भएको छ ।
आज शुक्रवारबाट यो आँधी अमेरिकाको दक्षिणी राज्य फ्लोरिडातर्फ बहेको छ । यो सप्ताहान्तमा आँधीले मायामी क्षेत्रमा बढी असर पुर्याउने पूर्वानुमान गरिएको छ ।
मध्य क्युवा र बहामास हुँदै आँधी फ्लोरिडातर्फ सरेको छ । यो आँधीलाई खतरनाक आँधी भनिएको छ । आँधीको बेला हावाको गति १५० माइल प्रतिघन्टा सम्म पुग्नेछ भने यसको अत्यधिक गति १८५ माइल प्रतिघन्टासम्म पुग्नसक्ने अमेरिकी हुरिकन सेन्टरले अनुमान गरेको छ ।
यो विनाशकारी आँधीको बितण्डाका कारण पोर्टो रिकोका हजारौं व्यक्तिहरु विधुत र खानेपानी सुविधाबाट समेत बन्चित छन् । रेडक्रसका अनुसार, १२ लाखभन्दा बढी व्यक्ति यो विनाशकारी आँधीका कारण नराम्ररी प्रताडित भएका छन् भने अन्य लाखौँलाई यसको क्षति पुगेको छ ।
फ्लोरिडामा हजारौं व्यक्तिहरु आ आफ्नो घर छाडी सुरक्षित स्थानतर्फ प्रस्थान गरेका छन् । पसलहरुमा सामान रित्तिएको छ भने राजमार्गहरुमा अत्यधिक सवारी चाप छ ।

 


Share this with your friends:


देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

प्रधानमन्त्री देउवाको न्यूयोर्कमा भव्य स्वागत

न्यूयोर्क सेप्टेम्वर २०/संयुक्त राष्ट्रसंघको ७२ औ महासभालाई भाग लिन नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दे...

पहिलो गाँसमै ढुंगा

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर २१ । एनआरएन अमेरिकाका दोश्रो कार्यकालका अध्यक्ष डाक्टर केशब पौडेललाई शपथ ग्रहण...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com