उत्तर कोरियाको आणविक निशस्त्रीकरणको सम्भावना हरायोः अमेरिकी कुटनीतिज्ञ

उत्तर कोरियाको आणविक निशस्त्रीकरणको सम्भावना हरायोः अमेरिकी कुटनीतिज्ञ


ग्लोब नेपाल
189
Shares

न्युयोर्क । उत्तर कोरियाले सन् २०२२ मा आफ्नो मिसाइल कार्यक्रमको साथ अगाडि बढेको र आणविक बमको परीक्षण पुनः सुरु गर्ने दिशामा कदम चालेको खुलासा भएको छ ।

सीमा बन्द र अन्य महामारी विरोधी उपायहरु लम्ब्याउँदै तथा अन्तर्राष्ट्रिय संलग्नता अवरुद्ध र आर्थिक समस्या निम्त्याउदै देशले मे. मा आफ्नो पहिलो कोभिड १९ प्रकोप स्वीकार गरेको थियो । परीक्षण र स्वतन्त्र अनुगमनको अभावमा त्यहाँ कोभिडको वास्तविक सीमा अपुष्ट छ ।

यस वर्षले उत्तर कोरियाले आफूलाई स्थायी आणविक हतियार शक्ति ठानेको र प्योङयाङले अमेरिकालाई निशस्त्रीकरण वार्तामा संलग्न गराउने कुनै आसय राखेको छैन भन्ने स्पष्ट प्रमाण दिएको पूर्वअमेरिकी कूटनीतिज्ञ इभान्स रेभरेले बताए ।

‘उत्तर कोरियाको खतराको कुरा गर्दा हामी खतरनाक र अज्ञात क्षेत्रमा छौं’ उनले भने ‘उत्तर कोरियाको आणविक निशस्त्रीकरणको सम्भावना सबै हराइसकेको छ ।’

उत्तर कोरियाले सन् २०१७ पछि पहिलो पटक यसै वर्ष अन्तरमहादेशीय मिसाइल प्रहार गरेको थियो । उसले सन् २०२२ को सुरुदेखि शृंखलाबद्ध ढंगले हतियार परीक्षण गर्दै आएको छ । उसको आणविक परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले उमाथि विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ ।