उत्साहित प्रधानमन्त्री देउवा

3 महिना अगाडी

न्यूयोर्क सेप्टेम्वर २५ / प्रधानमन्त्री शेरबहादुर देउवाले यस पटक संयुक्त राष्ट्रसंघको महासभामा दुई दशक पछि भाग लिएर आफनो महत्वपूर्ण छाप छाडन सफल भएका छन् । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय विश्वेश्वर प्रसाद कोईरालाले पहिलो पटक नेपालको तर्फवाट सम्बोधन गर्नुभएको राष्ट्रसंघको महासभामा विपीका अनुयायी तथा प्रधानमन्त्री देउवाले शनिवार सम्बोधन गरेका थिए ।  उहाँको सम्बोधनको अघिल्लो दिन नै विज्ञप्ति नै प्रकाशित गरेर राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले नेपालको शान्ति प्रक्रिया र निर्वाचनलाई महत्व दिएका थिए । त्यसैले प्रधानमन्त्री देउवासँगको भेटमा महासचिव गुटरेसले नेपालले द्धन्द्धबाट शान्ति प्रक्रियामा रुपान्तरण भएको विषयलाई विश्व शान्ति अभियानको महत्वपूर्ण र उत्कृष्ठ नमूना भएको भन्दै नेपालको प्रजातान्त्रिक अभ्यासको मुक्त कण्ठले प्रशंसा गरेका थिए । भेटमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले गुटरेसको भनाई उधृत गर्दे ग्लोव नेपालसँग भन्नुभयो – प्रधानमन्त्री देउवाको नेतृत्वमा विसौ वर्ष देखि हुन नसकेको स्थानीय निर्वाचन सम्पन्न हुनु र आगामी निर्वाचन समेतको घोषणा हुनुलाई प्रजातान्त्रिक अभ्यासको संस्थागत विकासको कोसेढुङ्गाको रुपमा लिएको महासचिव गुटरेसले वताउनु भएको थियो । साथैं, राजनीतिक स्थिरतासँग विकासको पथमा आगाडि वढेको आफूहरुले हेर्न चाहेको महासचिवले देउवालाई भन्नुभएको थियो । 
देउवाले महासचिवसँगको भेट लगायत सवै जसो भेटघाटमा नेपाल  भौगोलिक रुपमा सानो देश भएपनि विश्व परिदृश्यमा महत्वपूर्ण भूमिकामा रहेको वताउनु भएको थियो । देउवाले महासचिवसँगको भेटमा नेपालले राष्ट्रसंघको अगुवाईमा भएको शान्ति स्थापनार्थ खटिने शान्ति सेनाको लागि सदैव सहयोग गरेको भन्दै नेपाली शान्ति स्थापनाकर्ताहरुलाई उच्च तहको नेतृत्वमा राख्न अनुरोध गर्नु भएको थियो । त्यसलाई महासचिव गुटरेसले ध्यान पूर्वक हेर्ने वताउनुभएको भट्टराईको भनाई छ । 
यसै गरी नेपालमा रहेको शान्ति सेनाको क्षमता अभिवृद्धि गराउनका लागि पाँचखालमा रहेको तालिम केन्द्रको भौतिक तथा सांगठनिक संरचनालाई मजवुत वनाउन प्रधानमन्त्री देउवाले गर्नु भएको आग्रहलाई महासचिव गुटरेसले सकारात्मक रुपमा लिनु भएको भट्टराईले वताउनु भयो । यसै गरी भेटमा भारत र चीन जस्तो विकासको गतिमा तिव्रता पूर्वक लागेका देशहरुको वीचमा रहेर देउवाले समन्वयतात्मक रुपमा नेपाललाई अगाडि वढाउनु भएको भन्दै गुटरेसले नेपालको परराष्ट्र नीतिको उच्च सह्राना गर्नु भएको थियो । 
वढाए देउवाले आफनो छवि 
प्रधानमन्त्री शेरबहादुर देउवाले यस पटकको राष्ट्र संघको महासभामा भाग लिएर आईतवार नेपाल फर्कदै छन् । यसपटक उनको भ्रमणले महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएको छ । देउवाले महासचिव गुटरेस लगायत विश्वका नेताहरुसँगको छलफलमा नेपालको भूमिकाको विषयमा विश्व मानचित्रमा नेपालको ध्यान खिच्न सफल हुनु भएको छ । 
राजनीतिक स्थायित्व पछि अव आफनो सरकारको ध्यान समृद्धिमा केन्द्रित रहेको भन्दै देउवाले नेपालमा लगानी गर्न समेत आग्रह गरेका थिए । उनले लगानीकर्ताहरु सँग छुट्टै भेट त गरेनन तर नेपाल लगानीको लागि योग्य देश भएको वताएका थिए । 
न्ेपालमा आलोचना भईरहेको विषयमा समेत सहज तरिकाले जवाफ दिएर देउवाले संक्रमणकालीन सम्बैधानिक व्यवस्था अनुसार कूल साँसद संख्याको १० प्रतिशत मन्त्री मण्डलमा समावेश गराएको भन्दै वचाऊ गरेका थिए । 
नेपाल पुग्ने वित्तिकै शुरु गर्छु 
प्रधानमन्त्री देउवाले द्धन्द्ध पिडीत तथा अपाङ्ग व्यक्तिहरुलाई समेत सरकारले सुविधा दिने भन्दै वोल्न नसक्नेहरुको लागि अस्पतालमा उपचार गराउँदा अनुवादकको व्यवस्थ गर्ने वताएका छन् । कोलम्विया विश्वविद्यालयमा एक नेपाली युवाले आफू वोल्न नसक्ने भन्दै यसरी वोल्न नसक्नेको लागि उपचार गर्न नेपालमा निकै कठिनाई भएको अनुभव सुनाएपछि देउवाले तत्कालै आफू नेपाल पुगेर व्यवस्था गर्ने उत्तर दिएका थिए ,यसै वीच प्रधानमन्त्री देउवा न्यूयोर्कवाट ईत्तेहाद एयरलाईन्सवाट आवुधावीको लागि प्रस्थान गरेका छन् ।


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Teej In Baltimore

Baltimore Teej ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter