उपराष्ट्रपति उम्मेदवार रामसहायविरुद्ध ममता झाको पनि उजुरी

उपराष्ट्रपति उम्मेदवार रामसहायविरुद्ध ममता झाको पनि उजुरी


ग्लोब नेपाल
1.9k
Shares

काठमाडौं । जसपाबाट उपराष्ट्रपति पदका लागि उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध जनमत पार्टीकी उम्मेदवार ममता झाले पनि उजुरी दर्ता गरेकी छिन् । झाले राष्ट्रपति खस आर्य पुरुष रामचन्द्र पौडेल निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने भन्दै जनता समाजवादी पार्टीका उमेदवार यादवविरुद्ध उजुरी दिएकी हुन् । यसअघि, यादवविरुद्ध नेकपा (एमाले)की उमेदवार अष्टलक्ष्मी शाक्यले पनि उजुरी दिएकी छिन् ।