एकल नाटकमा अव्वल प्रस्तुति - नानीको जूनकिरी

3 महिना अगाडी

काठमाण्डौं,आफनो करिव पाँच वर्षको अध्ययन र अनुसन्धान पश्चात सामाजिक अभियन्ता नानी थापाले एउटा स्क्रिप्ट तयार पारिन् । जुन स्क्रिप्टको प्रस्तुतिका लागि उनले घण्टौ समय घोत्लिएर नाटकको सम्वादमा परिवर्तन गरिन् , आफनो कडा परिश्रम पश्चात नानीले निर्देशन समेत गरेर स्टेजमा आफूले आफैलाई उतारिन केवल जूनकिरी मा । 
जुनकिरी जसरी निष्पट अँध्यारोमा आफनो पुच्छरमा रहेको प्रकाशले जिएको हुन्छ । त्यस्तै मानिस पनि जीवन जिउनका लागि एउटा अध्याँरो कुनामा विताएको पलमा आफनो आशाको त्यान्द्रोमा बाँधिएको हुन्छ । यही विम्व भित्र नाटक पस्किन थापा सफल भएकी छन् । 


उनले एउटा ग्रामीण भेगमा शिक्षिकाको रुपमा कार्यरत एक केटी जो शहर पस्छे । उसले शहरमा पसेपछि आफूलाई उच्च वर्गको कल गर्लको रुपमा रंगीन दुनियाँमा चुर्लुम्म डुबेकी हुन्छिन,उनले यही दुनियाँमा देशका प्रवुद्ध वर्ग देखि नीति निर्माता र नेतृत्वमा रहेका व्यक्ति सम्मको पहुँचको आधारमा आफूलाई एक शक्तिशाली केटीको रुपमा पाउँछे । तर त्यसको आधारमा उनले विताएका पलहरु स्मरण गर्दे आफूलाई परेको वेलामा जव ती सवैको सहयोगको लागि सम्पर्क स्थापना गर्न खोज्छे तर त्यहाँ उसले केवल आत्मग्लानी र एक्लो महसुस गरेकी हुन्छिन । कालान्तरमा उनी एउटा डिप्रेशनको शिकार भएर जीवनमा गुज्रिएकी हुन्छिन् । सारांशमा भन्दा जूनकिरीको यही कथा वस्तु हो । 


एक दशक सम्म उच्च कल गर्लको रुपमा समाजमा जीवन विताएकी पात्रले आफनो प्रेमीलाई भने त्याग र समर्पणको भाव देखाएर नाटकमा समाजिक यथार्थतालाई पस्किने जमर्को उनले गरेकी छिन् ।  
 नानी थापाले यसरी कथा बुनेकी छिन, जहाँ मानवीय स्वार्थ पूर्तिका लागि अनेकन वाचाहरु गर्न तम्सिने नगर वधु जव उसको व्यवहारिक जीवनमा फर्किन्छ,तव उसले त्यसैलाई गर्ने घृणा र आलोचनालाई नानी एक्लैले ९० मिनेट सम्म दर्शकको माझमा उतार्ने जमर्को गरेकी छिन् । नानी आफूले आफै निर्देशन र कला समेत प्रस्तुत किन ? भन्ने प्रश्नमा स्वभाविक उत्तर दिन्छिन – "लेखकले जुन भावमा लेखेको हुन्छ ,त्यसलाई निर्देशकले प्रस्तुति गर्ने क्रममा र कलकारले कला प्रदर्शन गर्दा सम्मको समन्वयमा कुनै कमी नआओस भनेर म सवैमा होमिएको छु । "  
नानी आफै मनोपरामर्शदाता समेत हुन्,उनले यो विषय वस्तुलाई जसरी वुझेकी र सुनेकी छिन त्यसलाई हुवहु उतार्ने जमर्को गरेकी छिन् ।त्यसैले अहिले उनको नाटकले चर्चा कमाएको छ । उनी ग्लोव नेपाल सँगको कुराकानीको क्रममा भन्छिन – हलमा आउनु भएका दर्शकहरुले जति सजीव चित्र प्रस्तुत गरेको भनेर टिप्पणी गर्नुहुन्छ त्यति मलाई सफल भएको आभाष हुन्छ । 


विसं २०७३ साल भाद्र ११ गते पहिलो पटक मञ्चन गरिएको उक्त नाटकका वारेमा टिप्पणी गर्दे ख्यातिप्राप्त नाटय कर्मी अशेष मल्लले भनेका छन – यो नाटकमा एउटै कलाकारले विभिन्न घटनाक्रमको प्रस्तुतिलाई जसरी प्रस्तुत गरेकी छिन यसले उनको कला प्रस्तुतिमा उत्कृष्ठता झल्किन्छ । 
यस पटकको नाटक भुकम्पको पीडाले आक्रान्त भएका सिन्धुपाल्चोकका माझी गाउँको पुर्ननिर्माणको सहयोगार्थ च्यारिटी शोको रुपमा आगामी भदौ ३१ गते सम्म राष्ट्रिय नाचघरमा दैनिक दुई शो देखाईने भएको छ । यसै गरी असोज ३ र ५ गते पनि जूनकिरी मञ्चन हुनेछ । 

 

 

Drama   

Share this with your friends:


देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

नरहरि अाचार्यकाे अपिल-मेराे ठाउमा डा.महतलाइ जिताउनुस

काठमाण्डाैं,मंसिर १६ गते। लामाे समयदेखि अस्वस्थ रहेपछि राजनीतिबाट टाढा रहेर स्वास्थ्यलाभ गरिरहेका पुर्वसांसद...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter