एचविलाई सहयोग गर्न अपिल

14 दिन अगाडी

वाल्टिमोर, जनवरी ४ / वाल्टिमोरमा रहेको डिष्ट्रिक ८ अन्र्तगतको स्टेट डेलिगेटसमा डेमोक्रयाट पार्टीको तर्फवाट उमेदवार वनेका एचवि भण्डारी अहिले चुनावको लागि आर्थिक सहायताको लागि अहोरात्र खटिएका छन् । यसको लागि अमेरिकामा रहेका नेपाली अमेरिकी तथा स्थायी वसोवासका अनुमति पाएका जो कसैले उनलाई सहयोग गर्न सक्छन् । 
एचवि भण्डारी स्टेट डेलिगेटस टिमले विभिन्न तरिकाले चन्दा संकलन गर्नका लागि चार वटा प्रक्रिया अपनाएको छ । पहिलो वेभसाईट मार्फत गएर दिन सकिने ,दोश्रो गो फण्डको मार्फतवाट,तेश्रो सिधै उनको ठेगानामा चेक मेल गर्न सकिने र चौथो प्रत्यक्ष रुपमा भेटेर प्रदान गर्न सकिने । कोष परिचालनको जिम्मा पाउनु भएका ईन्द्र थापा क्षेत्रीले दिएका जानकारी अनुसार अव आगामी जनवरीको आठ तारिख सम्ममा संकलित रकम सहित सम्वन्धित निकायमा विवरण पेश गरिसक्नु पर्छ ।त्यसरी पेश गरिएको रकम मात्र खर्च गर्न पाईन्छ । 


पूर्ण पारदर्शी तरिकाले कानूनी परिधि भित्र रहेर कोषको परिचालन गर्न पर्ने भएकाले यो अभियानमा हातमा हात र काँधमा काँध दिएर सहयोग गर्नु हुन मेरो हार्दिक अपिल रहेको छ – क्षेत्रीले ग्लोव नेपालसँगको कुराकानीको क्रममा भने । क्षेत्रीले अगाडि भने सहयोग गर्नु भएका र सहयोगको मिति कुरेर वस्नु भएकालाई आगामी जनवरी आठ तारिख भित्र रकम उपलब्ध गराईदिनुहुन मेरो विनम्र अनुरोध रहेको छ । यो वार्षिक कोष संकलनको अन्तिम मितिको समय सीमा हो । 


क्षत्रीले अगाडि थपे नेपाली मूलको व्यक्तिलाई अमेरिकाको सिनेट या स्टेट डेलिगेटसमा पुग्नु भनेको नीतिगत रुपमा आप्रवासीो र खास गरी नेपाली आप्रवासीका् आवाज पुरयाउने महत्वपूर्ण काम हो । त्यसैले नेपाली दाजुभाई दिदी वहिनीहरुलाई आर्थिक सहायता गरेर भावी पिढीलाई मार्गनिर्देशक बनाउन अभिप्रेरित गर्ने रोडम्याप वन्न सक्छ भन्ने मेरो वुझाई रहेको छ । यसैवीच  टीममा वसेर समन्वयकारी भूमिका निभाउँदै आएका तरुण पौडेल पनि नेपाली मूलको व्यक्तिलाई नीति निर्माणको तहमा पुरयाउन सवैले होस्टेमा हैंसे गर्नुपर्ने वताउँछन । पौडेलले अगाडि भने हयारी नेपाली अमेरिकनको एक प्रतिनिधीमूलक पात्र हुन, उनलाई हामी सवैले साथ दिनुपर्ने घडी आएको छ ।यसैले सवैलाई आफूले सक्ने सहयोग प्रदान गर्नुहुन मेरो अनुरोध छ।   
 भण्डारीको दौडधुप 
प्राथमिक निर्वाचनको मिति नजिकिदै गर्दा र आफनो आर्थिक अवस्थालाई मजवुत वनाउनका लागि उमेदवार रहेका भण्डारी नेपाली समुदायसँग अन्र्तक्रिया र भेटघाटमा समय खर्च गरिरहेका भेटिन्छन् । गत साता टेक्सासका व्यक्तिहरुसँग कन्फरेन्स कल मार्फत आफनो कार्ययोजनाको वारेमा छलफल गरेका भण्डारीले विहान  र साँझ हयाप्पी आवर मिट दि ग्रेट जस्ता कार्यक्रममा सहभागी भएका छन् । यसैवीच आगामी आईतवार मेरिल्याण्डमा एक भेलाको आयोजना गरिएको छ । 
यसरी सहयोग गर्नुहोस् :
भण्डारीको लागि सहयोग गर्न सकिने केही लिंकहरु यहाँ समावेश गरिएको छ । 

https://harryforstatedelegate.nationbuilder.com/donation

https://www.gofundme.com/harry-for-state-delegate


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Teej In Baltimore

Baltimore Teej ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter