एनआरएनए जर्मनीको अध्यक्षमा मोक्तान निर्वाचित

10 दिन अगाडी

वर्लिन, सेप्टेम्वर १२ /गैर आवासीय नेपाली संघ (एनआरएनए)जर्मनीको छैठौ अधिवेशनबाट अध्यक्षमा विजय मोक्तान निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा ३०९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्धन्दी नवराज रोस्याराले २९७ मत ल्याए भने अध्यक्षकै अर्का प्रतिस्पर्धी यज्ञराज सुवेदीले २२५ मत प्राप्त गरे । त्यस्तै उपाध्यक्षमा हरि न्यौपाने र मिलन राज पन्त निर्वाचित भएका छन् । न्यौपानेले ४०६ र पन्तले ३९१ मत ल्याएर निर्वाचित भएका हुन् । उपाध्यक्षका उम्मेदवार खुम्ब रेग्मीले २८४ र प्रेमचन्द्र पोमुले ३७८ मत प्राप्त गरे ।महिला उपाध्यक्षमा राधा ९किरण० सिग्देल निर्वाचित भएकी छिन् । उनले ५४० मत प्राप्त गरिन् भने उनकी निकटतम् प्रतिद्धन्दी शान्ति श्रेष्ठले २६० मत ल्याएकी थिइन ।यसै गरी संस्थाको महासचिवमा टंक लम्सालले ४०८ मत ल्याएर विजयी हुन सफल भए भने उनका प्रतिद्धन्दी कृष्ण देवकोटाले ३८८ मत प्राप्त गरे ।

कोषाध्यक्षमा निनाम्मा राई विजयी भएकी छिन् । राईले ४३४ मत ल्याएर विजयी भएकी हुन् भने उनका प्रतिद्धन्दी पवित्रा पौडेलले १८७, चिरण श्रेष्ठ १५७ र चैत्य रत्न कंसाकारले ५३ मत प्राप्त गरेका थिए ।आइसीसी सदस्यमा नारायण अधिकारी निर्वाचित भएका छन् उनले ४०२ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी प्रेम सिंह गुरुङले ३९६ मत ल्याएका थिए ।एनआरएनए जर्मनीको इतिहासमा यो पहिलो पटक निर्वाचन भएको हो । यसअघिका पाँचवटा अधिवेशन सहमतिबाटै भएका थिए ।जर्मनीका छ वटा सहरमा रहेका नेपालीहरुले मतदान गरेका थिए । एनआरए अभियानको संस्थापना कालमा जर्मनमा रहेका नेपालीहरुको पनि योगदान रहेको छ । 


Share this with your friends:


देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

प्रधानमन्त्री देउवाको न्यूयोर्कमा भव्य स्वागत

न्यूयोर्क सेप्टेम्वर २०/संयुक्त राष्ट्रसंघको ७२ औ महासभालाई भाग लिन नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दे...

पहिलो गाँसमै ढुंगा

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर २१ । एनआरएन अमेरिकाका दोश्रो कार्यकालका अध्यक्ष डाक्टर केशब पौडेललाई शपथ ग्रहण...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com