‘एनआरएनको निर्वाचन गराउने जिम्मा संरक्षक परिषदलाई’

‘एनआरएनको निर्वाचन गराउने जिम्मा संरक्षक परिषदलाई’



परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएन) को निर्वाचन वर्तमान कार्यसमितिलाई नभएर संरक्षक समितिलाई गर्न दिनू भन्दै लिखित आदेश दिएको छ। परराष्ट्र मन्त्रालयले एनआरएनएलाई सोमबार पत्र पठाउँदै वर्तमान अध्यक्ष कुमार पन्त नेतृत्वको कमिटी विघटन गरी संरक्षक समितिलाई नयाँ निर्वाचन गराउन दिनू भन्दै निर्देशन दिएको हाे ।

परराष्ट्र मन्त्रालयले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदलाई मंसिर ३ गते लेखेको पत्रमा भनिएको छ, ‘हाल संघमा देखिएका विवादहरुको समाधान गरी सन् २०२१ भित्र संघको दशौं अन्तर्राष्ट्रिय महाधिबेशन सम्पन्न गर्ने कार्य विधानको धार १६ बमोजिम गठित संरक्षक परिषद मार्फत मात्र गर्नू, गराउनू ।’

परराष्ट्रका सहसचिव भरतकुमार रेग्मीद्वारा हस्तक्षरित पत्रमा संरक्षक परिषदले संस्थाको संरक्षण गर्ने व्यवस्था रहेको भन्दै मंसिर ३ मा भएको मन्त्रालयको निर्णय बमोजिम नै निर्देशन गरिएको उल्लेख छ । हाल संघमा देखिएका विवादहरुको समाधान गरी सन् २०२१ भित्र संघको दशौं अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न संरक्षक परिषदलाई अनुरोध गरिएको छ । संघको प्रमुख संरक्षकमा पूर्वअध्यक्ष शेष घले रहेका छन् ।