एनआरएनको यूरोप संयोजकमा श्रेष्ठको उमेदवारी

5 महिना अगाडी

वाशिङ्गटन डिसी, सेप्टेम्वर २० /एनआरएन अन्र्तराष्ट्रिय समन्वय समितिको ‘युरोप संयोजक’मा स्वीजरल्याण्डका विनय श्रेष्ठले उमेदवारी घोषणा गरेका छन् । विगत एक दशकदेखि एनआरएन अभियानमा अनवरत आबद्ध रहेको भन्दै उनले ‘युरोप संयोजक’ को जिम्मेवारी निर्वाह गर्न इच्छुक रहेको वताएका छन् । आगामी दिनहरूमा एनआरएनको चासो र सुझाव सुन्दै अन्तरकृया गरिरहने भन्दै उनले आफनो भनाई सार्वजनिक गरेका छन् । 


उनको योजना जस्ताको तस्तै : 

मेरो उमेदवारी केका निम्ति ?
• गैरआवासीय नेपाली सँघको स्थापना, विकास र प्रगतिमा युरोप क्षेत्रको भूमिका गौरवशाली रहेको छ। यो गौरवशाली इतिहासलाई कायम राख्दै आईसीसीसँग रचनात्मक सहकार्य र समन्वय गर्ने। 
• युरोप क्षेत्रका एनसीसीहरुको संस्थागत विकासका लागि आईसीसीसँग सहकार्य गरी एक विशेष योजना तर्जुमा गर्ने र संस्थागत विकास एवं आर्थिक पारदर्शितामा जोड दिने। 
• सँघको विकेन्द्रिकरणमा जोड दिई युरोप क्षेत्रलाई अझ सशक्त क्षेत्रका रुपमा स्थापित गराउने र केन्द्रीय नीतिनिर्माण र योजनाहरुमा प्रत्यक्ष संलग्न रहने। 
• सँघको संस्थागत चुनौतिहरु सम्बोधन गर्न प्रस्तावित “भिजन २०-२०” लाई तार्किक निष्कर्षमा पु‍र्‍याउने।
• युरोपका प्रवासी नेपालीहरुको पेशागत, शैक्षिक, आर्थिक एवं सामाजिक क्षमता विकासका निम्ति एनसीसीहरुसँग छलफल गरी एक कार्यनीति तय गर्ने र कार्यान्वयन गर्ने
• नेपालमा गरिने परोपकारी योजनाहरुको तर्जुमा र कार्यान्वयनमा प्रत्यक्ष प्रभावकारी भूमिका खेल्ने। साथै, संघका मेगा प्रोजेक्टहरु (लाप्राक, भवन निर्माण आदि) मा प्रतिबद्धता अनुसारको सहयोगलाई निरन्तरता दिने।
मैले आफूलाई किन योग्य ठानेँ ?
 सामाजिक संस्थामा र पेशागत रूपमा दीर्घकालिन विचार, कार्यनीति र भिजन लिएर नेतृत्वदायी र उच्चस्तरिय व्यवस्थापनका साथ काम गरेको अनुभव
 विगत एक दशकदेखि अनवरत रूपमा सँघको जिम्मेवार पदहरूमा सेवारत
संलग्नता : 
• संस्थापक उपाध्यक्ष (सन २००८-२००९), गैरआवासीय नेपाली सँघ स्विटजरल्यान्ड
• अध्यक्ष (२००९-२०११ र २०११-२०१३) गैरआवासीय नेपाली सँघ स्विटजरल्यान्ड
• आईसीसी सदस्य (२०१५-२०१७) स्विटजरल्यान्डको प्रतिनिधित्व
• साथै सँघका विभिन्न समितिहरुमा रही काम गरेको अनुभव 
 क्यान्सर रोग विशेषज्ञ। १४ वर्षदेखि स्विटजरल्यान्डमा कार्यरत। नेपाल र युरोपमा उच्चस्तरिय पेशागत अनुभव र शिक्षा
शिक्षा: 
• एम.बि.बि.एस. (नेपाल)
• एम.डी. (स्विटजरल्याण्ड)
• बायोमेडिकल ईन्जिनियरिङमा स्नातकोत्तर (स्विटजरल्याण्ड)
• एफ.एम.एच. रेडिएसन अंकोलोजी विशेषज्ञता (स्विटजरल्याण्ड)
 संस्थागत काममा खटिन र सामाजिक सेवामा प्रतिबद्ध
गैरआवासीय नेपाली दीदिबहिनी दाजुभाइ एवं पत्रकार मित्रहरु,
विदेशमा रहेका नेपालीहरूको प्रतिनिधि संस्था एनआरएनसँघलाई अझै उचाईमा पुर्‍याउन र युरोपेली डायस्पोरामा रहेका नेपालीहरूको सेवा र प्रगतिका निम्ति समन्वयात्मक भूमिका खेल्न मेरो अनुभव, शिक्षा र सीपलाई उपयोग गर्न सक्ने विश्वास लिएको छु । यस अभियानमा तपाईंहरुको साथ, सहयोग र शुभेक्षा रहने अपेक्षा गर्दछु ।


Share this with your friends:


थप खबर...

Teej In Baltimore

Baltimore Teej ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

NRN MD New Team

NRN Maryland New Team ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter