एनआरएनको उमेदवार हुन यस्तो योग्यता

15 दिन अगाडी

काठमाण्डौं,असोज २२ /एनआरएनको आगामी असोज ३० गते हुने निर्वाचनको लागि निर्वाचन समितिले योग्यताको मापदण्ड सार्वजनिक गरेको छ । जसमा भनिएको छ – कुनै उम्मेद्वार राजनैतिक, जातिय वा धार्मिक संस्थाको कार्यकारी समितिको पदाधिकारी वा सदस्य पद धारण गरेको भए सो पद त्याग गरेको प्रमाण (राजिनामा वा स्विकृत) मनोनयन फारमका साथ पेश गर्नु पर्ने छ । यसैगरी निर्वाचन आचारसंहिता पालन नगरेको भएमा उमेदवारी रद्द गरिदिने समितिको मापदण्डमा उल्लेख गरिएको छ । 

यस्तो छ उम्मेद्वार बन्न चाहिने योग्यता 
अन्तर्राष्ट्रिय समन्वय परिषदको अध्यक्ष पदको लागि विधानको उपदफा १७.५.१ “अध्यक्ष पदका लागि उम्मेदवार बन्नका लागि निज अन्तर्राष्ट्रिय समन्वय परिषद्को पदाधिकारी वा सदस्य पदमा एक कार्यकाल पुरा गरेको हुनुपर्ने छ” बमोजिम योग्यता पुगेको हुनु पर्नेछ । 
अध्यक्ष पद बाहेक अन्य पदाधिकारीहरुका लागि विधानको उपदफा १७.५.२ “अध्यक्ष बाहेकका अन्य पदाधिकारीहरुको लागि उम्मेदवार बन्नका लागि निज अन्तर्राष्ट्रिय समन्वय परिषद्को पदाधिकारी वा सदस्य वा कुनै पनि राष्ट्रिय समन्वय परिषद्को पदाधिकारी पदमा एक कार्यकाल पुरा गरेको हुनु पर्नेछ” बमोजिम योग्य हुनु पर्नेछ । 
 अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य पदको हकमा विधानको उपदफा १७.५.३ “अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यका लागि उम्मेदवार बन्नका लागि निज अन्तर्राष्ट्रिय समन्वय परिषद्को पदाधिकारी वा सदस्य वा कुनै पनि राष्ट्रिय समन्वय परिषद्को पदाधिकारी वा सदस्य पदमा एक कार्यकाल पुरा गरेको हुनुपर्ने छ” बमोजिम योग्य हुनु पर्नेछ । 
अन्तर्राष्ट्रिय समन्वय परिषदको कुनै पनि पदमा उम्मेद्वार बन्न गैरआवासीय नेपाली संघको विधान (२०१३ को संशोधन २०१५ सहित) को उपदफा ५.१ मा उल्लेख बमोजिम गैरआवासीय नेपालीको हैसियत कायम गरेको हुनु पर्ने छ । विधानको उपदफा ५.१ मा उल्लेख भए बमोजिम मनोनयन फारमका साथ सम्बन्धित देशमा दुई वर्ष भन्दा बढी बसोबास गरेको प्रमाणित हुने कागजात पेश गर्नु पर्ने छ । यस्तो कागजात पेश नगरेमा निजको उम्मेद्वारी स्वतः खारेज हुने छ । निर्वाचित सदस्य वा पदाधिकारीहरुको विधानको उपदफा ५.१ बमोजिम गैरआवासीय नेपालीको हैसियत नरहेमा नीजको पद स्वतः खारेज हुनेछ ।
उम्मेदवार बन्नको लागि राष्ट्रिय समन्वय परिषदबाट महाधिवेशन प्रतिनिधी छानिएको हुनु पर्ने छ । चालू आईसिसिका सदस्यहरु वा पदाधीकारीहरु स्वतः महाधिवेशन प्रतिनिधी हुने भएकोले उनीहरु राष्ट्रिय समन्वय परिषदबाट चयन भएका प्रतिनिधी भित्र छानिएको हुनु पर्ने छैन् तर यस्ता पदाधिकारी वा सदस्यहरुको गैरआवासीय नेपाली संघको विधानको उपदफा ५.१ बमोजिम गैरआवासीय नेपालीको हैसियत कायम रहेको भने हुनु पर्नेछ । निर्वाचनमा उम्मेदवार बन्नको लागि सम्बन्धित कार्यकालमा पंजिकृत सदस्य भई अन्तर्राष्ट्रिय समन्वय परिषद्ले निर्धारण गरेको सदस्यता शुल्क र अन्य शुल्क अनिवार्य रुपमा बुझाएको हुनु पर्ने छ ।
उम्मेद्वारहरुले संघको आचारसंहितामा लिखित प्रतिबद्धता गरी उम्मेद्वारी मनोनयन फारमका साथमा पेश गर्नु पर्ने छ । कुनै उम्मेद्वार राजनैतिक, जातिय वा धार्मिक संस्थाको कार्यकारी समितिको पदाधिकारी वा सदस्य पद धारण गरेको भए सो पद त्याग गरेको प्रमाण (राजिनामा वा स्विकृत) मनोनयन फारमका साथ पेश गर्नु पर्ने छ । अन्तर्राष्ट्रिय समन्वय परिषद्ले निर्धारण गरेको आचार संहिता पालना नगरी प्राप्त भएका मनोनयनका उपर प्रमाण सहित उजुरी परेमा निर्वाचन समितिले मनोनयन रद्द गर्न सक्नेछ । निर्वाचन भएपछि पनि माथि उल्लेखित पदहरु ग्रहण गरेको प्रमाणित भएमा अनुशासन समितिको सिफारिशमा निजलाई पदमुक्त गर्न सकिनेछ ।

 


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

प्रधानमन्त्री देउवाको न्यूयोर्कमा भव्य स्वागत

न्यूयोर्क सेप्टेम्वर २०/संयुक्त राष्ट्रसंघको ७२ औ महासभालाई भाग लिन नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दे...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter