एनआरएन अमेरिका मेरिल्याण्ड च्याप्टर अध्यक्षमा कुलप्रसाद गुरुङ निर्वाचित

एनआरएन अमेरिका मेरिल्याण्ड च्याप्टर अध्यक्षमा कुलप्रसाद गुरुङ निर्वाचित



मेरिल्याण्ड, अमेरिका । एनआरएन अमेरिका मेरिल्याण्ड च्याप्टर अध्यक्षमा कुलप्रसाद गुरुङ निर्वाचित भएका छन् । निर्वाचन समितिले गएराती सार्वजनिक गरेको मतपरिणाम अनुसार गुरुङ कूल ९३४ मतसहित आगामी दुई वर्षका लागि अध्यक्ष निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी अध्यक्षका अर्का प्रत्यासी प्रेम सुवेदीले ४९९ मत प्राप्त गरेका छन् । मेरिल्याण्डमा कूल १ हजार ६ सय ९६ मतदाता थिए । जसमध्ये ३० जनाले अध्यक्षमा कसैलाई मतदान गरेनन् ।

यसैगरी च्याप्टर उपाध्यक्षमा किरण पण्डित, सचिवमा गोविन्द सापकोटा र कोषाध्यक्षमा जनक पुन मगर निर्वाचित भएका छन् । च्याप्टर सदस्यहरुमा बावुराम भट्टराई, विजय अधिकारी, मनलाल जैसी, मोनिका लामिछाने, नारायण अधिकारी, ओमकाजी गुरुङ र रोशनी सापकोटा निर्वाचित भएका छन् ।

कोषाध्यक्ष बाहेक अन्य सबै पदमा गुरुङ पक्षधर उम्मेदवार विजयी भएका हुन् । च्याप्टर कार्य समितिको महिला उपाध्यक्षमा सिर्जना न्यौपाने, महिला सचिवमा कुसुम खड्का,महिला संयोजकमा गीता सुबेदी र युवा संयोजकमा दामोदर पौडेल निर्विरोध निर्वाचित भैसकेका छन्।

च्याप्टरका प्रत्यासी कसले कति मत ल्याए ? हेर्नुस्-