एनआरएन अमेरिका निर्वाचन प्रक्रियामा
मनोनयन सुरु,मे १८ र १९ मा निर्वाचन हुने

3 महिना अगाडी

न्यूयोर्क,अमेरिका,अप्रिल १६ । एनआरएन अमेरिका आजदेखि औपचारिक रुपमा निर्वाचन प्रक्रियामा होमिएको छ । एनआरएन अमेरिकाको आगामी नेतृत्व चयनका लागि आजदेखि मनोनयन प्रक्रिया सुरु भएको छ । निर्वाचन समितिले प्रकाशित गरेको कार्य तालिका अनुसार अप्रिल १६ देखि १९ सम्म उम्मेदवारी मनोनयनको समय छुट्टयाईएको छ । एनआरएन अमेरिकाको राष्ट्रिय समन्वय समिति,आइसीसी सदस्य र अमेरिकाका सबै च्याप्टरका लागि मनोनयनको एकै मिति कायम गरिएको छ । मनोनयन दाखिला गर्ने समय सुरु भएपछि अहिले उम्मेदवारहरुको बीच आपसी सहमति र समझदारी निर्माण गर्ने प्रयास पनि भै रहेको छ ।
यस्तो छ निर्वाचन तालिका र पद अनुसारको मनोनयन शुल्क 
निर्वाचन समितिले प्रकाशित गरेको पूर्व सूचना अनुसार, अप्रिल १९ तारिखसम्म मनोनयन दाखिला गर्ने समय तोकिएको छ । यसका लागि उम्मेदवार हुन चाहनेले समर्थक र प्रस्तावकसहित अनलाईन प्रक्रियामार्फत मनोनयन पेश गर्नु पर्नेछ । उम्मेदवारहरुको पहिलो सूची अप्रिल २३ तारिख प्रकाशित गरिनेछ भने दावी विरोधका लागि अप्रिल २४ र २५ तारिखको समय छुट्टयाईएको छ । दावी विरोधपछि अप्रिल २७ तारिख पुन: उम्मेदवारहरुको सूची प्रकाशित गरिनेछ । उम्मेद्वारी फिर्ता लिनको लागि मे ३ तारिखको समय तोकिएको छ भने मे ७ तारिख उम्मेदवारहरुको अन्तिम सूची प्रकाशित गरिनेछ । मे १८ र १९ तारिख निर्वाचन मिति तोकिएको छ भने मे २१ तारिख परिणाम घोषणा र जुलाई ६ तारिख निर्वाचित समितिलाई पद हस्तान्तरण र प्रमाण पत्र वितरणको कार्य तालिका सार्वजनिक गरिएको छ । 
    एनआरएन अमेरिकाको राष्ट्रिय समन्वय परिषदका लागि एक अध्यक्ष,एक वरिष्ठ उपाध्यक्ष,चार क्षेत्रीय उपाध्यक्ष,एक महासचिव,एक सचिव,एक कोषाध्यक्ष,एक सह कोषाध्यक्ष,एक युवा संयोजक,एक महिला संयोजक र १२ जना बोर्ड सदस्यका लागि निर्वाचन हुनेछ ।  यसैगरी अमेरिकाबाट एनआरएन आइसीसी सदस्यका लागि सात जनाले उम्मेद्वारी दिन पाउनेछन् भने अमेरिकाका विभिन्न २० राज्यमा एनआरएन अमेरिकाको च्याप्टर नेतृत्वको लागि निर्वाचन हुनेछ ।

   एक अध्यक्ष,एक उपाध्यक्ष,एक सचिव,एक कोषाध्यक्ष,एक महिला संयोजक,एक युवा संयोजक र पाँचजना  बोर्ड सदस्य निर्वाचित हुने च्याप्टर राज्यहरुमा क्यालिफोर्निया,कोलोराडो,कनेक्टिकट,इलिनोई,इन्डियाना,आइओवा,कान्सास,केन्टकी,मेरिल्याण्ड,म्यासाचुसेट्स,न्यू ह्याम्प्सायर,न्यूजर्सी,न्यूमेक्सिको,न्यूयोर्क,नर्थ क्यारोलाइना,ओरेगन,टेक्सास,भर्जिनिया,वासिंगटन (सियाटल) र विस्कनसिन रहेका छन् ।  
मनोनयन शुल्क:
एनसीसीको अध्यक्षका लागि दुई हजार डलर मनोनयन शुल्क कायम गरिएको छ भने वरिष्ठ उपाध्यक्ष र महासचिवका लागि एक हजार पाँच सय,चार क्षेत्रीय उपाध्यक्षका लागि एक हाजर तीन सय,सचिव र कोषाध्यक्षका लागि एक हजार,सह कोषाध्यक्षका लागि आठ सय,युवा तथा महिला संयोजक र सबै बोर्ड सदस्यका लागि सात सय डलर मनोनयन शुल्क तोकिएको छ । सात आइसीसी सदस्य प्रत्येकका लागि एक हजार डलर मनोनयन शुल्क कायम गरिएको छ ।
च्याप्टर नेतृत्व अन्तर्गत च्याप्टर अध्यक्षका लागि पाँच सय,उपाध्यक्ष र सचिवका लागि तीन सय,कोषाध्यक्षका लागि दुई सय र महिला तथा युवा संयोजक र बोर्ड सदस्यका लागि एक सय डलर मनोनयन शुल्क तोकिएको छ । उम्मेद्वारी दिएका मध्ये कसैले मनोयन फिर्ता लिन चाहेमा मनोनयन शुल्क भने फिर्ता नहुने निर्वाचन समितिले जनाएको छ ।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter