एनआरएन मेरिल्याण्ड च्याप्टरको पदस्थापन
को को छन् नयाँ नेतृत्वमा ? कार्य समितिको नामावलीसहित

बाल्टिमोर,अमेरिका,डिसेम्वर १९ । एनआरएन अमेरिका अन्तर्गत मेरिल्याण्ड च्याप्टरको नयाँ कार्य समितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । च्याप्टरको निवर्तमान नेतृत्व र नव निर्वाचित नेतृत्वले संयुक्त रुपमा आइतवार यहाँ आयोजना गरेको कार्यक्रममा निवर्तमान नेतृत्वलाई धन्यवादसहित बिदाई गर्दै नयाँ कार्य समितिको परिचय र पदस्थापन गरिएको हो ।
पहिलो चरणमा च्याप्टरका संस्थापक अध्यक्ष एवं एनआरएन अमेरिकाका उपाध्यक्ष जेदू पोखरेलले सभापतित्व गरेका थिए । सोही चरणमा पोख्रेल नेतृत्वको कार्य समितिले गरेका कार्यहरुको बारे चर्चा गरिएको थियो । निवर्तमान कार्य समितिको तर्फबाट दीपा शर्माले स्वागत गरेकी थिइन् भने निवर्तमान उपाध्यक्ष विनोद उप्रेतीले दुई वर्षे कार्यकालका उपलब्धि बारे चर्चा गरेका थिए । निवर्तमान कार्य समितिका सचिव अर्जुन हमालले संचालन गरेको कार्यक्रममा पोखरेल नेतृत्वको कार्य समितिका कोषाध्यक्ष महेश भट्टराईले पनि विभिन्न गतिविधि माथि प्रकाश पारेका थिए ।  पहिलो चरणको कार्यक्रमको अन्त्यमा निवर्तमान अध्यक्ष जेदू पोखरेलले आफ्नो कार्य समितिका सबै पदाधिकारी,सदस्य र समुदायका सबैलाई आफ्नो कार्यकालमा गरेको सहयोगका लागि भन्दै धन्यवाद दिएका थिए । उनले आफ्नो कार्यकालमा भएका केही उल्लेख्य कार्यहरुका बारे प्रकाश पार्दै भने,-'हामीले एनआरएनको नेतृत्वमा आए लगत्तै एनआरएन अमेरिकाको विशेष साधारण सभा बाल्टिमोरमा नै गर्ने अवसर पायौं र गर्यौं,नेपालको संविधानमा सुझाव दिनका लागि सुझाव संकलनको कार्यक्रम गर्यौं,टिपीएस सुविधाका बारे कानुनी जानकारी,मेरिल्याण्डको सवारी चालक अनुमति पत्रको परीक्षामा नेपाली भाषालाई मान्यता दिलाउने र सामुदायिक भवन निर्माणका लागि अन्तरक्रिया र समन्वय गर्ने लगायतका काम ग-यौं । यसका लागि म सबैलाई धन्यवाद दिन चाहन्छु ।'
कार्यक्रमको बीचमा पोखरेलले च्याप्टरका नव निर्वाचित अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठलाई पदभार हस्तान्तरण गरेका थिए । यसैगरी निवर्तमान कोषाध्यक्ष महेश भट्टराइले शून्य बजेटबाट आफुले पदभार सम्हालेको तर अहिले पद हस्तान्तरण गर्दै गर्दा च्याप्टरको कोषमा दुई हजार एक सय डलर मौज्दात रहेको छ भन्दै  नव निर्वाचित कोषाध्यक्ष विष्णु बराललाई कोषाध्यक्षको जिम्मेवारी हस्तान्तरण गरे ।
तत्पश्चात श्रेष्ठको सभापतित्वमा शुभकामना मन्तव्यको कार्यक्रम भएको थियो । च्याप्टरका नयाँ महासचिव महेन्द्र देशारले संचालन गरेको कार्यक्रममा समाजका विभिन्न संघ,संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने एनआरएन अमेरिकाका उपाध्यक्ष जेदू पोखरेलले च्याप्टरका नयाँ मनोनित पदाधिकारी र सदस्यहरुलाई पदको शपथ खुवाएका थिए । यसरी शपथ खानेहरुमा सचिव अनुप खनाल,महिला संयोजक सिर्जना थापा विरही,बोर्ड अफ डाइरेक्टर एवम हेल्प डेस्क संयोजक इन्द्र थापा र बोर्ड अफ डाइरेक्टरद्वय प्रवीण खड्का र जगन्नाथ कोइराला छन् । यस बाहेक अन्य पदाधिकारीहरुले दुई साता पहिले नै पदभार ग्रहण गरेका थिए । कार्यक्रमको अन्त्यमा नव निर्वाचित उपाध्यक्ष अशोकजंग केसीले सबैलाई धन्यवाद व्यक्त गरेका थिए भने सभापतित्व ग्रहण गरिरहेका नव निर्वाचित अध्यक्षले समुदायको हितमा आफुहरु विभिन्न कार्यक्रम लिएर आउने भन्दै केही भावी योजना समेत प्रस्तुत गरेका थिए । 
यस्तो छ च्याप्टर नेतृत्व


एनआरएन मेरिल्याण्ड च्याप्टरको नव निर्वाचित नेतृत्वमा निम्न पदाधिकारी र सदस्य रहेका छन् । यस मध्ये अब एक जना युवा संयोजकको पद खाली रहेको छ ।
१. अध्यक्ष- दुर्गाप्रसाद श्रेष्ठ 
२. उपाध्यक्ष- अशोकजंग केसी 
३. महासचिव- महेन्द्र देशार
४. सचिव- अनुप खनाल
५. कोषाध्यक्ष- विष्णु बराल 
६. महिला संयोजक- विर्जना थापा विरही 
७. बोर्ड अफ डाइरेक्टर एवं हेल्प डेस्क संयोजक- इन्द्र थापा
८. बोर्ड अफ डाइरेक्टर-प्रवीण खड्का 
९. बोर्ड अफ डाइरेक्टर- भरत थापा
१०. बोर्ड अफ डाइरेक्टर- जगन्नाथ कोइराला  

थप तस्वीरका लागि लिंकमा क्लिक गर्नुहोला  http://www.globenepal.com/article/nrn-md-new-team


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter