अपडेट: एनआरएन अमेरिकामा प्रवक्ता र सल्लाहकार चयन
सात सल्लाहकार मनोनयन गर्न बाँकी,संरक्षकहरु समेत चयन गरिंदै

3 महिना अगाडी

बाल्टिमोर,अमेरिका,अगष्ट १२ । एनआरएन अमेरिकाको प्रवक्तामा टेक्सासका ओम भट्टराई मनोनित भएका छन् । संस्थाको आइतवार सम्पन्न कन्फरेन्स बैठकमा अध्यक्ष सुनील शाहले भट्टराईलाई प्रवक्ता नियुक्त गरेको कार्य समितिलाई जानकारी गराएका थिए । एनआरएन अमेरिकाको विधानमा अध्यक्षले कार्य समितिसंगको परामर्शमा प्रवक्ता नियुक्त गर्न सक्ने व्यवस्था छ । विधानको अधिकार प्रयोग गरी अध्यक्ष शाहले भट्टराईलाई प्रवक्तामा नियुक्त गरेका हुन् । भट्टराई नेपाली जनसम्पर्क समिति,अमेरिकाका केन्द्रीय सदस्य हुन् । उनी एनआरएन निर्वाचनका बेला शाहलाई जिताउनका लागि सक्रियतापूर्वक लागेका थिए ।
यसैगरी आइतवारको बैठकले सल्लाहकार समितिको समेत गठन गरेको छ । जस अनुसार, एनआरएन अमेरिकाको सल्लाहकारहरुमा विभिन्न क्षेत्रका १० जनालाई मनोनयन गरिएको छ । मनोनित हुनेहरुमा ईश्वर सापकोटा, श्यामकाजी गुरुङ, डा दिनबन्धु भट्ट,जगन्नाथ गौतम,लालप्रसाद काफ्ले,हरिहर पौडेल, डा हरिहर भट्टराई,शतेन्द्र शाह, संकेश्वर सुवेदी र गोविन्द सुवेदी रहेका छन् । दश सदस्यीय सल्लाहकार समितिमा महिलाको प्रतिनिधित्व भने शून्य पारिएको छ । एनआरएन एनसीसी अमेरिकाको विधानको १२ औं संशोधनको दफा ८२ मा कार्य समिति र अध्यक्षलाई आवश्यक परेको बेला सल्लाह दिन १७ सदस्यीय सल्लाहकार समिति गठन गर्न सकिने उल्लेख छ ।  जस अनुसार १० जना आइतवार मनोनित भएका छन् भने अब बाँकी सात जनाको मनोनयन पनि छिट्टै हुनेछ ।'बाँकी ७ जनाको पनि मनोनयन छिट्टै गरिनेछ,किनकि विधानले नयाँ कार्य समितिले शपथ लिएको ६० दिन भित्र सल्लाहकार समिति गठन गरिसक्नुपर्ने व्यवस्था गरेको छ 'सोमवार साँझ एनआरएन अमेरिकाका महासचिव पशुपति पाण्डेले ग्लोब नेपालसंग भने । 
यसरी भयो सल्लाहकार चयन 
एनआरएन अमेरिकाको नयाँ नेतृत्वले पदभार ग्रहण गरे लगत्तै बसेको पहिलो बैठकले सबै क्षेत्रबाट प्रतिनिधित्व हुने गरी सल्लाहकार चयन गर्ने र त्यसका लागि क्षेत्रीय उपाध्यक्षहरुलाई आ आफ्नो क्षेत्रबाट दुई दुई जनाको नाम प्रस्ताव गर्न सहमति प्रदान गरेको थियो । सोही अनुसार,यस पहिले कार्य समितिमा रहेका समेत गरी सबै क्षेत्रीय उपाध्यक्षहरुले आइतवार दुई दुई जनाको नाम प्रस्ताव गरे भने अध्यक्ष सुनील शाहले आफ्नो तर्फबाट अन्य दुई जना गरी दश जनाको नाम बैठकमा प्रस्ताव गरियो । बैठकले सोही प्रस्तावका आधारमा नै सल्लाहकारहरु मनोनयन गर्ने निर्णय समेत गर्यो । 
अब पूर्व र निवर्तमान अध्यक्ष सल्लाहकार नरहने 
हाल संस्थाको वेभसाइटमा उपलब्ध विधानमा संस्थाका दुई पूर्व अध्यक्ष सल्लाहकार रहने उल्लेख छ । तर अब भने पूर्व अध्यक्षहरु सल्लाहकार रहने छैनन् । 'अहिले वेभसाइटमा भएको विधानमा यस वर्षको साधारण सभाले संशोधन गरेको छ,जस अनुसार संस्थामा संरक्षक सदस्यहरुको प्रावधान उल्लेख छ' महासचिव पाण्डेले भने'त्यही भएर पूर्व नेतृत्वकर्ताहरुलाई संरक्षक बनाउने र सल्लाहकारमा अरुलाई नै समेट्ने बारे छलफल भैरहेको छ,सम्भवत: त्यही अनुसार नै हुन्छ होला ।'


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter