एनआरएन अमेरिकाद्धारा हार्भी पिडित नेपाली परिवारलाई सहयोग

6 दिन अगाडी

टेक्सास / गैर आवासिय नेपालीहरुको संगठन एनआरएन अमेरिकाको वर्तमान कार्यसमितीको एक टोलीले समुन्द्री आंधी हार्भीका कारण टेक्सासराज्य स्थित ह्युस्टन क्षेत्रमा रहेका नेपालीहरु संग भेटघाट गर्नुका साथै आर्थिक सहयोग समेत उपलव्ध गराएको छ । दुई महिना अघि हार्भीका कारण ह्युस्टन क्षेत्रका स सुगरल्याण्ड, रिचमण्ड लगायतका शहरमा आठ नेपाली परिवार विस्थापीत भएका थिए । एनआरएन टेक्सास राज्य शाखाद्धारा संकलित करिब ९ हजार डलर रकम एनआरएन अमेरिकाका केन्द्रिय अध्यक्ष डा। केशब पौडेलले पीडित ४ परिवारलाई हस्तान्तरण गरेका थिए । 
पीडित परिवारको संख्या ८ भएपनि ४ परिवारले आफु सक्षम भएको र अति आवश्यक परिवारलाई आर्थिक सहयोग गर्न आग्रह गरेपछि सहयोग लिनेको संख्या जम्मा चार परिवार भएको हो । पिडित परिवारहरुसंग उनीहरुको बर्तमान अवस्थाका बारेमा जानकारी लिंदै अध्यक्ष पौडेलले समस्यामा रहेका नेपालीहरुको सहयोगमा लाग्न एनआरएन अमेरिका सदा तत्पर रहेको बताए । टेक्सास शाखाका अध्यक्ष भानु खरेलले समुन्द्र आंधी आर्भीका कारण नेपालीहरुले भोग्नुपरेको दुखमा आफुले सानो सहयोग गर्न पाउंदा अत्यन्त खुसी लागेको बताए । 
सहयोग पाएका चार परिबार मध्येका एक निरञ्जन शर्माले बिदेशमा नेपाली समुदायबाट प्राप्त सहयोगले सात समुन्द्र पारी भएपनि नेपालमै रहेको अनुभुती भएको बताए । “आपतविपत परेका बेला एनआरएन लगायत नेपाली समुदायले सहयोग गर्दा म बिदेशमा छु जस्तो नै लाग्दैन “ शर्माले भने । पांच जनाको परिवार भएका शर्माले नौ महिना अघि मात्र किनेको घर बाढीका कारण क्षती भएको थियो । 
आफु बसेको अपार्टमेन्टमा पानी पसेर क्षतीग्रस्थत भएपछि बिस्थापीत भएका शालिन शर्माले एनआरएन अमेरिकाको यो सहयोगले कृतज्ञ भएको बताए ।” हामी समस्यामा रहेको बेला प्रत्येक सहयोगले ठुलो अर्थ राख्छ “ शालिनले भने । हाल सम्म पनि आफु ससुराको घरमा अस्थाई रुपमा बसिरहेको शालिनले बताए ।


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter