एमसिसि कम्प्याक्टको सम्झौता विहीवार डिसीमा

5 महिना अगाडी

वासिङ्गटन डिसी,सेप्टेम्वर १३ अमेरिकी सरकारले नेपाललाई सहयोग स्वरुप प्रद्यान गर्ने करिव ५० अर्व रुपैयाँ वरावरको सम्झौता विहीवार अमेरिकाको स्टेट डिपार्टमेन्टमा हुन लागेको छ । उक्त सम्झौता गर्न नेपाल सरकारका अर्थमन्त्री ज्ञानेन्द्र वहादुर कार्की अपरान्ह ४ वजे वाशिङ्गटन डिसी आईपुग्नुहुने कार्यक्रम रहेको नेपाली दूतावासले जनाएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशनले प्रदान गर्ने यो रकम दक्षिण एशियाली देशहरुमा प्राप्त गर्ने नेपाल एक मात्र देश हो । 
यसमा कूल ६३करोड डलरको कोष हुनेछ,अमेरिकी सरकारले प्रदान गर्ने ५० करोड डलर अर्थात करिव ५० अर्ब रुपैयाँ वरावर र नेपाल सरकारले १३ करोड डलर वरावरको रकम योगदान गरेर कार्यक्रम सञ्चालन गरिनेछ । यो रकम मार्फत लगानी गरेर नेपालको सडक सुधार र विद्युत विकासको लागि एक एकीकृत योजना वनाईने छ । एमसिसि नेपाल कम्प्याक्ट नाम दिइएको उक्त सम्झौतामा प्राप्त गर्ने रकमले नेपालको गरिवी न्यूनीकरणको लागि महत्वपूर्ण हुने वताइएको छ । साथै सडक विस्तारको लागि समेत खर्च गरिने भएकाले गरिवी निवारणको लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ । 
अमेरिकी सरकारको यो कार्यक्रम विभिन्न क्षेत्रका लागि हुने गरेको छ, जसमा कृषि,शिक्षा,ईनर्जी,स्वास्थ्य,भूमिसुधार र सम्पत्तिको अधिकार,पानी,सरसफाई र सिंचाई लगायतको क्षेत्रमा अविकसित देशमा रहेका जनताको जीवनस्तर उकास्नको लागि कार्यक्रम सञ्चालन गर्दे आएको छ । 

 

MCC   

Share this with your friends:


थप खबर...

Teej In Baltimore

Baltimore Teej ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

NRN MD New Team

NRN Maryland New Team ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter