एमसीसी बारे अनावश्यक बहस भयो

25 दिन अगाडी

टेक्सास,अमेरिका,जनवरी २३ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयमा नेपालका प्रमूख राजनीतिक दलका नेताहरु विभाजित देखिएका छन् । अमेरिकी सरकारको यो अनुदान तथा सहयोग कार्यक्रमका बारे अमेरिकी दूतावासले पनि स्पष्ट पारिसकेको छ । तैपनि सत्तारुढ दलका नेताहरु एमसीसी सम्बन्धी विषयमा विवाद गरिरहेका छन् ।
यसैबीच अमेरिकाका लागि पूर्व नेपाली राजदूत डाक्टर शंकर शर्माले एमसीसी बारे मुलुकमा अनावश्यक बहस भैरहेको बताएका छन् । एमसीसीलाई नेपाल भित्र्याउन सुरुदेखि नै अमेरिकी सरकारसंग समन्वय गरेर काम गरेका पूर्व राजदूत शर्माले भनेका छन्,-' एमसीसी भनेको विशुद्ध आर्थिक विकास र सुशासनका लागि मद्दत गर्ने र ठूला परियोजनालाई मद्दत गर्ने परियोजना हो ।' मुलुकमा भैरहेको पक्ष विपक्षको बहस कतिपय विषयमा तथ्य नबुझेर पनि भएको डाक्टर शर्माको भनाई छ । केही दिन पहिले अमेरिकाको टेक्सासमा रहंदा पत्रकार सूर्य थापासनग डाक्टर शर्माले कुराकानी गर्दै भनेका छन्,-'नेपालमा अहिले कस्तो छ भने सोसल मिडियामा मान्छेहरु विभाजित छन् । असाध्यै नकारात्मक कुरा आउँछन् त्यहाँ । नचाहिने कुरामा अनावश्यक चर्चा गर्ने र नबुझिकन लेख्ने–बोल्ने चाहिँ अलि बढी नै भएको छ । त्यही परिवेशमा नेताहरुले पनि त्यही कुरा फलो गर्नुभयो जुन जरुरी थिएन । यस्तो चर्चा–परिचर्चाले नेपाललाई फाइदा गर्दैन । अरु देशले पनि नेपाललाई केही कुरा सहयोग गर्दा पनि दुईपटक सोच्नुपर्ने भयो । प्रधानमन्त्रीले भनेर मात्र हुँदो रहेनछ भन्ने पर्ने भयो । उहाँहरुले सोसल मिडियामा नचाहिने कुरा गर्नुभयो । एमसीसीसँग संलग्न तत्कालीन प्रधानमन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीहरुसँग बोलाएर बुझेको भए त भइहाल्थ्यो । यति बलियो सरकार भएका बेला यस्ता नकारात्मक चर्चा परिचर्चा हुनु राम्रो होइन ।'
पत्रकार थापाले एमसीसीका विषयमा केन्द्रीत रहेर पूर्व राजदूत डाक्टर शर्मासंग गरेको कुराकानीको भिडियो:

 


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Teej In Baltimore

Baltimore Teej ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter