कांग्रेसले तराईमा यसरी ल्याउँदै छ लहर

10 दिन अगाडी

रौतहट,भदौ २८ / नेपाली कांग्रेसका शीर्षस्थ नेताहरु अहिले तराईको चुनावमा केन्द्रित भएका छन् । प्रधानमन्त्री तथा पार्टी सभापति शेरवहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.सशांक कोईराला, नेता शेखर कोईराला,अर्जुननरसिं केसी,युवा नेताहरु गगन थापा,प्रदीप पौडेल लगायतका दर्जन भन्दा वढी नेता अहिले तराईको विभिन्न जिल्लामा कोण सभा, आमसभा र कार्यकर्ता भेटघाटमा रहेका छन् । कांग्रेसको महत्वपूर्ण आधार भएको प्रदेश दुईलाई कांग्रेसले आफनो वर्चस्व गुम्न नदिन हर तरहको प्रयास जारी राखेको छ । भातृ संस्थाका प्रतिनिधी देखि क्ेन्द्रीय स्तरका नेताहरुको समेत सहभागितामा भएको कार्यक्रमहरुले कार्यकर्तालाई उत्साह थपेको छ । 


यस्तो छ कार्यक्रम 
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा २ नं प्रदेशको निर्वाचन प्रचारमा निस्केर भाद्र ३० गते राजधानी फर्कने कार्यक्रम तय भएको छ । कार्यक्रम अनुसार पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री कोइरालाले दिउसो १ बजे सप्तरीको राजविराजमा हुने आमसभालाई संबोधन गर्नेभएका छन् । सप्तरीको संबोधन एवम् पार्टी कार्यकर्तासंगको भेटघाट पछि उनीहरु सिरहा प्रस्थानगर्ने कार्यक्रम छ । 

सिराहा जिल्ला कार्यसमितिले मंलबार नै सिरहाको जिरोमाइलमा विशाल चुनावी सभा आयोजना गर्दैछ । पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाले सो आमसभालाई पनि संयुक्त रुपमा संबोधन गर्ने कार्यक्रम छ । अपरान्ह ४ बजे सो आमसभालाई सम्बोधन गरेर पार्टी कार्यकर्ताहरुसँग भेटघाटपछि पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा सहित काग्रेसका शीर्ष नेताहरु जनकपुर प्रस्थान गर्नुहुनेछ । मंगलबार राती पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा सहित शीर्ष नेताहरुको मुकाम जनकपुरमा नै रहनेछ ।

शीर्ष नेताहरुले बुधबार बिहान धनुषा र महोत्तरीका पार्टी नेता तथा कार्यकर्ताहरुसंग भेटघाट गर्नेछन् । कांग्रेसका सभापति, वरिष्ठ नेता र महामन्त्री सहित केन्द्रीय नेताहरुले २८ गते बुधबार महोत्तरीको सदरमुकाम जलेश्वरमा हुने चुनावी सभालाई संबोधन गर्ने कार्यक्रम छ । महोत्तरी कांग्रेसले जलेश्वरमा बिहान ९ बजे चुनावी सभाको आयोजना गरेको छ ।उनले दिउसो १ बजे जनकपुरधाममाआयोजनाहुने चुनावी सभालाई सम्बोधनगर्नेछन् ।जनकपुरको संबोधन पछि कांग्रेसको शीर्ष नेताहरुको टोली महोत्तरीको बर्दिवास प्रस्थान गर्ने छ । बर्दिवासमा अपरान्ह ४ बजे चुनावी सभा राखिएको छ । शीर्ष नेताहरुले बर्दिबासको चुनावी सभालाई संबोधन गर्ने कार्यक्रम छ । 

भदौ २९ गते बिहिबार पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाले सर्लाही र रौतहटका चुनावीकार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । रौतहटको कार्यक्रमलाई संबोधन गरेपछि नेपाली काँग्रेसको शीर्ष नेतृत्व वीरगञ्ज प्रस्थान गर्ने कार्यक्रम छ ।भदौ ३० गते बिहान पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाले बारा र पर्साका कार्यकर्ताहरुसंग भेटघाट गर्नेछन् । उनीहरुले दिउसो १ बजे बाराको कलैयामा आयोजना हुने चुनावी सभालाई संबोधन गर्नेछन् । कलैयाको संबोधन पछि नेपाली कांग्रेसका शीर्ष नेताहरुले सोही दिन पर्साको बीरगञ्जमा आयोजना हुने चुनावी सभालाई अपरान्ह २ बजे सम्बोधन गर्नेछन् । नेपाली कांग्रेसका जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधि र चुनावी प्रयोजनका लागि जिल्ला जिल्लामा स्थापित मिडिया सेन्टरका प्रतिनिधिहरुले पठाएको समाचार अनुसार पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाको आगमन तथा संबोधनले नेपाली कांग्रेसको पक्षमा अपूर्व चुनावी लहर ल्याउनमा निकै सहयोग गर्नेछ ।

मधेश विरोधी एमाले र एकापसमा मिल्न नसक्ने र मधेशी जनताको नाममा पारिवारिक रजाँइ गरिरहेको तराइकेन्द्रित साम्प्रदायिक राजनीतिक दलहरुले प्रचार अभियानलाई गतिदिन नसकेको अवस्थामा राष्ट्रिय अखण्डता,एकता र सम्पन्न तथा विकसित मधेशको कार्यक्रम सहित हुने कांग्रेसका शीर्ष नेताहरुको  आगमनले प्रदेश नं २ मा नेपाली कांग्रेसलाई अध्यधिक मत र सीट सहित पहिलो पार्टी बनाउने छ ।

 


Share this with your friends:


देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

प्रधानमन्त्री देउवाको न्यूयोर्कमा भव्य स्वागत

न्यूयोर्क सेप्टेम्वर २०/संयुक्त राष्ट्रसंघको ७२ औ महासभालाई भाग लिन नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दे...

पहिलो गाँसमै ढुंगा

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर २१ । एनआरएन अमेरिकाका दोश्रो कार्यकालका अध्यक्ष डाक्टर केशब पौडेललाई शपथ ग्रहण...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com