कांग्रेसको यस्तो रणनीति

18 दिन अगाडी

काठमाण्डौं असोज २० /नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकमा आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभाप्रदेशसभा निर्वाचनमा पार्टीका उम्मेदवारको छनोट प्रक्रिया र मापदण्डका विषयमा छलफल शुरु भएको छ । पार्टीले उम्मेदवार छनोट र मापदण्ड तय गर्दा स्थानीय निर्वाचनमा उम्मेदवार भएका, सो निर्वाचनमा आफ्ना उम्मेदवारविरुद्ध उठेका, उनीहरुलाई सहयोग नगरेका र यस अगाडि समानुपातिक सांसद रहेकालाई आगामी निर्वाचनमा टिकट नदिने विषयमा केन्द्रीय समितिको पहिलो चरणको बैठकमा मोटामोटी सहमति जुटेको छ । 

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समितिको बैठकमा धारणा राख्ने अधिकांश केसले प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनमा पार्टीको उम्मेदवार छिटोभन्दा छिटो छनोट गर्न जोड दिनुभएको थियो । कांग्रेसका केन्द्रिय नेताहरुले  वाम एकताले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान कार्यान्वयनलाई नै कमजोर पार्ने चिन्ता व्यक्त गर्दै आगामी दिनमा प्रजातान्त्रिक÷लोकतान्त्रिक एकताको खाँचो औँल्याएका थिए । केन्द्रीय सदस्यहरुले  यही असोज २५ गतेभित्र उम्मेदवारको टुंगो लगाइसक्न नेतृत्व वर्गलाई सुझाव दिएको नेकाका केन्द्रीय सदस्य दिलेन्द्र बडूले सञ्चारकर्मीलाई जानकारी दिए । नेकाको आजको केन्द्रीय समितिको बैठकमा आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनमा पार्टीका उम्मेदवारको छनोट प्रक्रिया र मापदण्डका विषयमा छलफल शुरु भएको छ - बडूले सञ्चारकर्मीहरुसँग भने ।

वाम एकता र ध्रुवीकरणले अगामी निर्वाचन समयमै सम्पन्न नहुने हो कि भन्ने आशंका बैठकमा उठेको जानकारी दिँदै नेता बडूले यसलाई चिर्न निर्वाचन समयमै सम्पन्न गर्ने र बृहत् लोकतान्त्रिक गठबन्धन निर्माण गर्ने आवश्यकताको बोध बैठकमा भएको बताए  । बैठकपछि नेकाका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले वाम एकता प्रजातान्त्रिक मूल्य, मान्यता र आदर्श विपरीत रहेको प्रतिक्रिया दिँदै यो एकता उनीहरुको सत्ता प्राप्तिको साधन मात्र भएको टिप्पणी गरेका थिए । उनले भने , “वाम एकताले नेका विचलित र हतोत्साहितसमेत हुने छैन, बरु नेकाको नेतृत्वमा वामबाहेकका शक्तिबीच बृहत् लोकतान्त्रिक प्रजातान्त्रिक एकता र सहकार्य आगामी निर्वाचनमा हुनेछ ।” 

अर्का केन्द्रीय सदस्य महेश आचार्यले वाम एकताले शान्ति प्रक्रियाका बाँकी काम र संविधान कार्यान्वयनमा जटिलता थपेको उल्लेख गर्दै यसले अतिवादी सोचलाई प्रश्रय दिएको धारणा व्यक्त गरेका थिए ।  आचार्यको भनाई थियो  “नेका आगामी निर्वाचनलाई समयमै सम्पन्न गर्न र राष्ट्रिय एकतालाई बलियो बनाउँदै सबैको भावनालाई समेटी अगाडि बढ्न चाहन्छ ।” अर्का केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले वाम एकताले लोकतन्त्रलाई नै समाप्त गर्ने हुँदा लोकतन्त्रलाई बचाउने दायित्व पुनः काँग्रेसको काँधमा आएको भन्दै “संविधान कार्यान्वयन गर्न सहमति, सहकार्य र एकताको जरुरी छ, यसका लागि काँग्रेस गम्भीर रहेको वताए ।” बैठकको शुरुमा नेका सभापति एवं प्रम देउवाले पछिल्लो राजनीतिक घटनाक्रमको संक्षिप्तरुपमा जानकारी दिएका थिए ।  बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला र कोषाध्यक्ष सीतादेवी यादवको पनि उपस्थिति रहेको थियो । यसैवीच कांग्रेसको वैठकमा स्थानीय निकायको निर्वाचनमा पराजित भएक र समानुपातिकमा टिकट पाईसकेकालाई यस पटक चुनावमा टिकट नदिने प्रस्ताव गरेको छ । 


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

प्रधानमन्त्री देउवाको न्यूयोर्कमा भव्य स्वागत

न्यूयोर्क सेप्टेम्वर २०/संयुक्त राष्ट्रसंघको ७२ औ महासभालाई भाग लिन नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दे...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter