कांग्रेसबाट आरजु राणा समानुपातिक उम्मेदवार

कांग्रेसबाट आरजु राणा समानुपातिक उम्मेदवार


ग्लोब नेपाल
675
Shares

काठमाडौँ । सात्तारुढ दल नेपाली कांग्रेसले पार्टी केन्द्रीय सदस्य आरजु राणा देउवालाई प्रतिनिधि सभामा समानुपातिकतर्फबाट उम्मेदवार बनाउने तयारी गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवापत्नीसमेत रहेकी राणालाई कैलाली निर्वाचन क्षेत्र नम्बर ५ सहित देशका विभिन्न ५ ठाउँबाट प्रतिनिधि सभामा उम्मेदवारका रूपमा नाम सिफारिस भए पनि अन्तिममा उनलाई समानुपातिकतर्फ राख्ने तयारी भएको हो ।

कांग्रेसका एक पदाधिकारीका अनुसार आरजुसहित दुई सहमहामन्त्रीको नाम पनि समानुपातिकमा समेटिने भएको छ । सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियारलाई पनि समानुपातिकमा उठाइने ती पदाधिकारीले जानकारी दिए । त्यसैगरी पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र गोपालमान श्रेष्ठको नाम पनि समानुपातिकमा राखिने भएको छ ।

राणा यसअघि २०७४ मा कैलाली ५ बाटै प्रत्यक्ष निर्वाचन लडेकी थिइन् । उनलाई नेकपा एमालेका उम्मेदवार नारदमुनि रानाले चुनाव हराएका थिए ।

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार र सोमबार समानुपातिकतर्फ उम्मेदवारको नाम समेटिएको बन्द सूची बुझाउने मिति तोकेको छ ।