कांग्रेस नेता आनन्द विष्ट सम्मानित
नेतृत्व हस्तान्तरणका लागि आतुर छु

1 महिना अगाडी

बाल्टिमोर,अमेरिका,जनवरी १५ । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति,अमेरिकाका सभापति आनन्द विष्ट बाल्टिमोरमा सम्मानित हुनु भएको छ । शनिवार समितिको मेरिल्याण्ड च्याप्टरले एक औपचारिक कार्यक्रमको आयोजना गरी समितिका केन्द्रीय सभापति विष्ट पार्टीको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित हुनु भएकोमा उहाँलाई च्याप्टरको तर्फबाट स्वागत गर्दै यसरी सम्मान गरेको हो । च्याप्टरले आफ्नो सभापतिको यो मनोनयन अमेरिकाको मात्र नभएर विश्वभर छरिएर रहेका नेपाली जनसम्पर्क समितिमा आवद्ध सबै कांग्रेसजनको लागि सम्मान र गौरवको विषय हो भन्दै मनोनयनका लागि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद समेत व्यक्त गरेको छ । 
आफ्नो सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विष्टले आफु मातृभूमिमा हालै सम्पन्न प्रदेश र संघको निर्वाचनका क्रममा विभिन्न जिल्लामा पुगेर कांग्रेस उम्मेद्वारहरुको प्रचार प्रसारमा सक्रिय भै कर्मभूमि फर्किएको र निरन्तर पार्टीका लागि निष्ठापूर्वक काम गरिरहेको बताउनु भयो । आफु कुनै पद र सम्मानका लागि भन्दा पनि मुलुक,पार्टी र लोकतन्त्रका लागि आफ्नो तर्फबाट सकेको योगदान गर्न सधैं लागिरहने भन्दै विष्टले काम गर्दै जाने क्रममा हुने यस्तो सम्मानले आगामी दिनमा थप उत्साहित भै अझ सक्रिय हुन ऊर्जा मिल्ने भनाई व्यक्त गर्नु भयो । पार्टीमा योगदान गर्ने सबैको नेतृत्वले उचित मूल्यांकन गर्ने भन्दै विष्टले पार्टीको आमन्त्रित केन्द्रीय सदस्यमा पार्टी सभापति शेरबहादुर देउवाले आफुलाई गरेको मनोनयन सम्पूर्ण अमेरिकाका कांग्रेसजन र विश्वभर छरिएर रहेका जनसम्पर्क समितिका सदस्यहरुको सम्मान हो भन्ने अर्थमा आफुले लिएको बताउनु भयो । च्याप्टरका सभापति राजेन्द्र सेन्चुरीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सुरुवातमा विष्टले महामानव वीपी कोइरालाको तस्वीरमा पुष्पगुच्छा अर्पण गर्नु भएको थियो ।
समितिको सांगठनिक विषयका बारे बोल्दै सभापति विष्टले आफू वैधानिक ढंगले चाँडोभन्दा चाँडो अधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्न आतुर रहेको भन्दै त्यसका लागि पहल भैरहेको जानकारी गराउनु भएको छ ।'मलाई तपाईंहरु सबैको साथ र सहयोग चाहिएको छ,म वैधानिक प्रक्रिया मार्फत चाँडो नेतृत्व हस्तान्तरण गर्न आतुर छु'विष्टले भन्नुभयो । तीन वर्षे कार्यकाल गत नोभेम्वरमा समाप्त भैसकेपनि अधिवेशन प्रक्रिया सुरु नभएको भन्दै विभिन्न टिका टिप्पणी भैरहेकोतर्फ लक्षित गर्दै सभापति विष्टले नेपालमा भएको स्थानीय,प्रदेश र संघको निर्वाचनका लागि समितिका अधिकांश साथीहरु नेपालमा जुट्नु भएका कारण पनि समितिको बैठकमा ढीलाई भएको भन्दै अब बस्ने केन्द्रीय समितिको बैठकले अधिवेशन प्रक्रिया सुरु गर्ने जानकारी दिनुभयो ।
  विष्टलाई समितिको तर्फबाट च्याप्टर सभापति सेन्चुरी,समितिका केन्द्रीय सदस्य गोपाल विश्वकर्मा र च्याप्टरका संस्थापक संयोजक नारायण थापाले खादा लगाई सम्मान गर्नु भएको थियो । च्याप्टर महासचिव नेत्र केसीले संचालन गरेको कार्यक्रममा समितिका केन्द्रीय उप सभापति केशब बराल,केन्द्रीय सदस्यद्वय गोपाल विश्वकर्मा र गौतम दाहाल,केन्द्रीय सल्लाहकार उमा शाह,समितिकै पूर्व केन्द्रीय सदस्य नारायण थापा,समितिका भर्जिनिया च्याप्टरका कोषाध्यक्ष रुप कार्की,समितिका न्यू मेक्सिको च्याप्टरका पूर्व सभापति डाक्टर देशराज संयोक,एनआरएन अमेरिकाकी पूर्व उपाध्यक्ष रबिना थापालगायतका वक्ताहरुले नेपाली कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा अमेरिकाको जनसम्पर्क समितिका सभापति विष्टको मनोनयन अमेरिकामा रहेका र विश्वभर छरिएका सबै कांग्रेसजनका लागि गर्वको विषय हो भन्दै बधाई व्यक्त गरेका थिए । कार्यक्रममा विष्टकी धर्मपत्नी संगीता विष्ट र भर्जिनिया च्याप्टरका कोषाध्यक्ष एवं विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा रेकर्ड कायम गरेका नेपाली गौरवका भारत्तोलक खेलाडी रुप कार्कीलाई पनि सम्मान गरिएको थियो ।
नेपाली कांग्रेसको वर्तमान नेतृत्वमा जनसम्पर्क समितिहरु मध्येबाट पार्टीको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित हुने विष्ट पहिलो व्यक्ति हुनुहुन्छ । विष्टको यो  मनोनयनले विदेशमा बसेर पनि पार्टीका लागि निरन्तर योगदान गर्नेहरुलाई पार्टीले त्यस्तो योगदानको कदर र मूल्यांकन गर्छ भन्ने संदेश दिएको छ । 
विष्ट विगत २० वर्षदेखि अमेरिकामा रहेर नेपाली कांग्रेस र नेपालको लोकतान्त्रिक आन्दोलनको पक्षमा विश्व जनमत सिर्जना गर्न र नेपाली जनसम्पर्क समितिको स्थापना गरी निरन्तर क्रियाशील हुनुहुन्छ । 

थप तस्वीरका लागि यहाँ क्लिक गर्नु होला 











Share this with your friends:


थप खबर...

Teej In Baltimore

Baltimore Teej ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

NRN MD New Team

NRN Maryland New Team ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter