कांग्रेस सांसद आचार्य राहत सामग्री बोकेर जाजरकोट प्रस्थान

कांग्रेस सांसद आचार्य राहत सामग्री बोकेर जाजरकोट प्रस्थान



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संघीय सांसद  मोहन आचार्य  राहत सामग्रीसहित जाजरकोट तर्फ प्रस्थान गरेका छन् ।

केन्द्रीय सदस्य एवं संघीय सांसद इन्जिनियर मोहन आचार्य नेतृत्वको टोलीले भूकम्प प्रभावित क्षेत्र  जाजरकोटमा राहत सामग्री वितरण गर्नुका साथै घरटहरा निर्माण गर्न स्थानीयलाई सघाउने छ ।

नेपाली कांग्रेसले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा तत्काल अस्थायी घर–टहरा बनाउन पार्टीको तर्फबाट श्रमदान गर्ने निर्णय गरेको थियो ।

कांग्रेसले पहिलो चरणमा एक हजार अस्थायी घर–टहरा बनाउने छ । यसका लागि कांग्रेसका भ्रातृ संघ तथा शुभेच्छुक संस्थाहरूलाई परिचालन गरिने कांग्रेसले जनाएको छ ।

एउटा समूहमा १० जना रहने गरी काँग्रेसले २५ समूह बनाएको छ । प्रत्येक समूहमा कम्तीमा एकजना निर्माणसम्बन्धी विज्ञ, दुईजना दक्ष मिस्त्री र सातजना स्वयंसेवक रहने व्यवस्था कांग्रेसले गरेको छ ।