काठमाण्डाैं,कार्तिक २४ गते । नेपाल कम्युनिष्ट पार्टी स्थायी समिति सदस्य भीम रावलले कालापानीमा सरकारकाे उपस्थिति नै नभएकाे भन्दै यसमा सरकार देखिनुपर्ने बताएका छन।उनले जहा विवाद परेकाे छ,झन त्याे ठाउँमा सरकारकाे उपस्थिति नै छैन भन्दै तत्काल कालापानीमा सरकारी प्रतिनिधि खटाउन माग गरेका छन।उनले काठमाण्डाैंमा बाेल्दै नेपालकाे सिमा नाका लिम्पियाधुरामा भने कि ससस्त्र प्रहरी कि त सेना नै पठाउन समेत माग गरेका छन।तर यसाे नगरि सरकार माैन बसेकाे भन्दै उनले चित्त वुझाएनन।नेकपा कै सरकार भएपनि साेही दलका नेता रावलले सरकारकाे काम चित्त नवुझाएका हुन।
नेता रावलले अब देखि सिमा विवाद हुदा परराष्ट्रका मानिसले व्रिफिङ दिनुपर्ने समेत बताए।नेता रावलले सिमा विवाद पछि परराष्ट्रले जारी गरेकाे विज्ञप्ति पनि मन पराएनन। उनले भने-व्रिफिङ नियमित दिनुपर्छ तर हाम्राेमा याे चलन छैन।हुँदाहुँदा सिमा विवाद हुदा समेत कसैले नवुझने पुछ्रे सिग्नेचर गरेर झारा टार्ने काम भएकाे छ।याे हस्ताक्षर कसकाे हाे ? कसले कुन हैसियतमा हस्ताक्षर गरेकाे त्याे कुरा खुल्नुपर्दैन ? याे लापरवाही हाे ।