किन रोकियो वाम एकीकरण

7 दिन अगाडी
काठमाण्डौं,कार्तिक २७ गते / एमाले निकटका अनलाईनहरुले आईतवार दिनभरि मंसिर ९ गते एकीकरण नहुने समाचार सम्प्रेषण गर्न भन्दै पार्टीको प्रचार विभागवाट विभिन्न प्रकारको म्यासेजहरु पाए । उनीहरुलाई स्पष्ट पार्दे एमालेको प्रचार विभागले भनेको थियो – ९ गते एकता भन्ने समाचार भ्रम मात्र हो । उता माओवादीका अध्यक्ष पुष्पकमल दाहालले चितवनमा आफू निकटमा रहेका व्यक्तिहरुलाई वाम एकतामा षडयन्त्र भएको भन्दै कुराकानी गरे । खासमा चुनाव अगाडि एकता गरेर सकारात्मक सन्देश जाने माओवादीको योजना रहेको थियो, तर केपी ओलीलाई भने माओवादीलाई विश्वास गर्न कम्तिमा दुई चरणको निर्वाचन हेर्नु पर्ने दवाव पार्टी भित्र रहेको छ । कतिपय स्थानमा भोट क्रस हुने आशंका एमालेका नेताहरुले गर्न थालेका छन् । 
एक वाम एक ठाम भन्ने नारा लिएको भएता पनि पछिल्लो समयमा प्रचण्ड र ओलीको मात्र एकताले तल्लो तह सम्म एक गराउन निकै चुनौती पूर्ण रहेको एमालेका केन्द्रीय नेताहरुको वुझाई रहेको छ । 
वामपन्थीहरुको एकताको सन्देश दिनका लागि भनेर केही दिन अगाडि गरिएको ताप्लेजुङ्गको आमसभामा प्रचण्ड अनुपस्थित हुनु, चुनावी घोषणापत्रमा माओवादीका केन्द्रीय नेताहरुको न्यून उपस्थिति र कतिपय स्थानमा माओवादीका कार्यकर्ता वागी वन्ने जस्ता क्रियाकलापले वामपन्थीहरुको एकता फलामको च्युरा वन्दै गएको छ । 
समाचार स्रोतहरुका अनुसार एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रपति पुष्पकमल दाहाललाई दिने र आफू प्रधानमन्त्री वनेर दुई तिहाई ल्याएर संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपतिको ललिपप दाहाललाई फयाँकेका थिए । तर पछिल्ला दिनहरुमा विभिन्न तरिकाको रिपोर्ट र आफनै दलको समेत रिपोर्टको आधारमा दुई तिहाई ल्याउनै नसकिने निष्कर्षमा वामपन्थीहरु पुगेका छन् । केपी ओली निकट एमालेका एक केन्द्रीय नेताको भनाई अनुसार वामपन्थीहरु एक भन्ने सन्देश चुनावको मुखमा गर्नु पर्नेमा हतारमा गरिएको भन्दै पार्टी भित्र आलोचना भएको छ । हतारमा गरिएको निर्णयले विपक्षीहरुले मोर्चावन्दी गर्न र वामपन्थी कार्यकर्ताहरुले समेत निरपेक्ष रुपमा स्वीकार गर्न नसकेकाले सोचेको जस्तो परिणाम नआउने  एमालेको निष्कर्ष रहेको छ । ती नेता भन्छन, तल्लो तहका कार्यकर्ता पंक्तिमा वामपन्थीहरुको वीचमा एकता भन्दा पनि सत्ताको लागि गठवन्धन भएको भन्ने तर्क मजवुत वनेको देखियो । 
प्रचण्डलाई आशंका 
केपी ओलीले योगेश भट्टराई र राजन भट्टराईको क्षेत्रमा गएर आगामी मन्त्री भनेर चुनावी सभामा वोलेपछि प्रचण्डमा आशंका जन्मिएको छ । किनकि सहमति अनुसार भन्दा पनि पकेटको पद जसरी ओलीजीले वोल्नु भयो,त्यसरी वोल्न हुने थिएन प्रचण्डको भनाई उधृत गर्दे माओवादीका एक केन्द्रीय नेताले वताएका छन् । 

Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter