के अाेलीले वृद्ध भत्ता साँच्चै फिर्ता गर्छन ?

1 महिना अगाडी

प्रकाश गिरी/ चुनावमा एमालेकाे नारा थियाे-बृद्ध भत्ता ५हजार पुरयाउछाैं भन्ने।चुनावभर एमालेले यहि नारा भजाइरहयाे।वृद्धभत्ता दिने पार्टीलाइ भाेट दिनाेस भन्याे।कांग्रेसले कम्युनिष्ट हास्न वाेल्न दिदैनन भन्दा र बुढाबुढीलाइ दुख दिन्छन भन्दा उल्टै कम्युनिष्ट पार्टी एमालेले भत्ता बढाउछाैं भनेपछि बुढाबुढीकाे मत समेत पग्लियाे।तर केपी अाेलीहरूले नै उत्कृष्ट संविधान जारी भयाे भनेर लडडु बाडेर खाएकाे संविधानले नै तिन तहकाे चुनाव लगत्तै सहज रूपमा सत्ता हस्तान्तरणकाे बाटाे नखाेलेपछि हान्ने राँगाे जस्ताे भएकाे एमालेलाइ काम चलाउकाे हैसियतमा रहेका प्रधानमन्त्री शेरवहादुर देउवाकाे पछिल्लाे निर्णयले रन्थनाएकाे छ।उतिबेला मनमाेहन अधिकारी नेतृत्वकाे सरकारले यसैगरि अाफनाे गाउ अाफै बनाउ देखि वृद्धभत्ता र कर्मचारीका तलबसुविधा हवात्तै बढाएर सरकारले विदा लिदा कांग्रेसले यसैगरि देशकाे ढुकुटी एमालेले ९ महिनामा नै रित्यायाे भनेकाे थियाे।अहिले देउवाले जननिर्वाचित सरकार अाउने बेलामा अाफैले वृद्ध भत्ता बढाएका मात्र छैनन भुकम्पपीडितलाइ १ लाख रूपैया थपिदिएका पनि छन । एमालेले चुनावभरि यहि कुरा गरेकेा थियाे कि भुकम्पपिडितलाइ रकम अभाव भयाे भनेर।

नेपालीमा एउटा उखान छ-रक्सी अाफुले खायाे भने मिठाे तर अरूले खायाे भने गन्हाउछ।हाे-वृद्धभत्ता र भुकम्पपीडितलाइ राहत अहिले एमालेकाे लागि वाेटलकाे त्यही रक्सी भएकाे छ जुन अाफनै अगाडि देउवाले इख्याएर खाइदिए।

देउवाले अर्काेे पनि काम गरेका छन-त्याे हाे,कर्मचारीकाे लागि गाेल्डेन हयाण्डसेक।यदि कुनै कर्मचारी घरजान चाहन्छन भने उनीहरू एकमुष्ट रकम लिएर घर जान सक्छन ।

संघीय प्रणाली लागु भइसकेकाे छ।यसका अवयव तयार भइसकेका छन।अब यसलाइ कार्यान्वयन गर्न कर्मचारी र रकमकाे अावश्यकता छ।तर यस्ताे बेलामा देउवा सरकारले सरकार सञ्चालन गर्न अाउन लागेकाे केपी अाेलीकाे काँधमा चुनाैतीकाे पहाड खडा गरिदिएका छन।उनले अार्थिक भारकाे यति ठुलाे पहाड खडा गरिदिएका छन कि केपी अाेलीले विहिवार अचानक पत्रकार सम्मेलन गरेर यसवारेमा वाेल्नु परयाे।अाेली त्यस्ता नेता हुन जाे अाफनाे पायक पर्दा र नपर्दा एउटै कुरालाइ दुइ ढंगले भन्न सक्छन।चुनावमा मत माग्दा वृद्धभत्ताकाे बारेमा यति धेरै फुँदा गासेर भाषण गरे कि भनिसाध्य भएन।अहिले उनै अाेली देउवा सरकारले गरेकाे निर्णय फिर्ता गर्छु भनिरहेका छन तर यसाे भन्दा ६५ बर्ष उमेरका वृद्धवृद्धाले के साेचछन भन्ने सामान्य हेक्का समेत राखेका छैनन ।

सत्य के हाे भने काम चलाउ सरकारले दुरगामी असर पर्ने निर्णय गर्न पाउँदैन।अझ संसद नभएकाे बेलामा त झन पाउदैनन।यसमाथि यस्ता ठुला निर्णय गर्दा बजेट भाषण नै कुर्नुपर्ने हुन्छ। यस अर्थमा देउवा सरकारले याे निर्णय गर्नुअघि दस पटकसाेच्चु पर्नेथ्यााे ।तर उनले साेचेनन।लाेकप्रिय र ख्याति कमाउने काम उनले गरे र अाउने सरकारकाे काधमा ठुलाे चुनाैतीकाे भार थपिदिए।अाेलीकाे अाक्राेश यहि कारणले अाएकाे हाे।

तर,यदि राज्यकाेषमा भार थपिन्छ र वृद्ध र भुकम्पपीडितलाइ राहत नै दिन हुन्न भन्ने मान्यता स्थापित गर्ने हाे भने याे कामकाे सुरूवात नै किन गरियाे ? के नेपाल जस्ताे देशले बृद्धबृद्धा देखि सवैलाइ भत्ता दिएर पाल्न सक्छ ? सरकारी कर्मचारीकाे पेन्सनकाे भार त याे देशले थेग्न सक्ने अवस्था छैन भने अनेक खालकाे भत्ता कसरी थेगिएला ?

प्रश्नहरू यसरी तेर्सिएका छन।यस्ताे बेलामा नेताहरूले सयमता अपनाउनुपर्नेछ।तर जहासम्म केपी अाेली किन उतर्सिएर बाेले हाेलान भनेर साेच्ने हाे भने भत्ताकाे राजनीति उनी अाफु प्रधानमन्त्री भएपछि गर्न चाहन्थे तर उनी अघि नै देउवाले उनकाे कदममा ठेस पुरयाइदिए-जसले गर्दा मनमाेहन अधिकारीकाे ९ महिने सरकारलाइ कांग्रेसले देशकाे ढुकुटी रित्याइदिए भने जस्तै अहिले अाेली देउवालाइ ढुकुटी रित्याउन खाेजेकाे,देश टाट पल्टाउन खाेजेकाे अाराेप लगाउन थालेका छन।अाखिर सर्पकाे खुट्टा सर्पले मात्र देख्छ।


Share this with your friends:


थप खबर...

Teej In Baltimore

Baltimore Teej ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

NRN MD New Team

NRN Maryland New Team ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter