के मधेशी दलले संविधान स्विकार गरेकै हुन त ?

21 दिन अगाडी

प्रकाश गिरी/ संविधानसभाले जारी गरेकाे संविधान मान्दैनाैं भनेकाे मधेशी दलले अचानक त्यही संविधानले परिकल्पना गरे अनुसारकाे चुनावमा भाग लिएकाे छ।मधेशी दल अब कतिसम्म अघि बढेकाे छ भने उनीहरू मिलेर प्रदेश नम्वर २ मा सरकार नै बनाउने हदसम्म पुगिसकेका छन ।२ नम्वर प्रदेशकाे मुख्यमनत्री र सरकार नै बनाउने उनीहरूकाे तयारी छ।यसपछि अन्य प्रदेशमा भने प्रतिपक्षमा वस्ने उनीहरूकाे तयारी छ।संविधान नै मान्दैनाैं भनेकाे मधेशी दलले संविधानकाे परिकल्पना अनुसारकाे चुनावमा भाग मात्र लिएकाे छैन यसकाे परिणाम र यसकाे फाइदा समेत लिन थालिसकेकाे छ।हिजाे उसले चुनावमा भाग नै नलिने बताएकाे थियाे।

कतिसम्म भने संविधान जारी हुँदा मधेश केन्द्रित दल यसकाे विराेधमा थिए।उनीहरूले संविधानकाे प्रति माइतीघर मण्डलामा जलाए।लगत्तै उनीहरूले तराइमा अान्दाेलनकाे अाँधीवेहरी ल्याउन अाफना कार्यकर्तालाइ निर्देशन दिए।वातावरण यस्ताे वन्याे कि राजधानी काठमाण्डाैंमा एमालेले संविधान जारी भयाे भने भनेर अापसमा लडडु वाडेर खादा र पहाडका कैयाैं स्थानमा दिपावली हुँदा तराइमा भने ब्याक अाउट भयाे।वत्ती निभाइयाे।दिनभर अान्दाेलन र राती वत्ती निभाउने उर्दी जारी भयाे।कतिसम्म भने अान्दाेलनमा अनिवार्य रूपमा उपस्थित हुन निर्देश भयाे।मधेशी नेताहरूले अान्दाेलनमा परेर काेही कसैकाे निधन भए ५०लाख दिनेसम्मकाे घाेषणा भयाे।याे सवकाे पछाडिकाे कारण संविधान प्रतिकाे विराेध मात्र हाेइन,संविधानकाे पुर्नलेखन थियाे।अान्दाेलन मात्र हाेइन,नाकावन्दी सम्मकाे हरकतले पनि संविधान पुर्नलेखन त परकाे कुरा संविधानकाे संशाेधन सम्म पनि हुन सकेन।

त्यति धेरै संविधान प्रति कडा भएकाे मधेशी दलले चुनावमा भाग नलिने भन्याे तर अन्त्यमा भाग  लियाे।र,अहिले उसले प्रदेशसभामा भाग समेत लिइसकेकाे छ ।हुदा हुदा अब उ कतिसम्म लचिलाे भएकाे छ भने २ नम्वर प्रदेशमा सरकार बनाउने ध्याउन्नमा छ।प्रतिनिधिसभामा पनि भाग लिदैछ।यसकाे मतलब उ कसरी संविधानकाे खिलाफमा छ ?

दिनप्रतिदिन संविधानप्रति लचिलाे हुनु,प्राप्त उपलब्धिकाे मजा उठाउनु जस्ता कुराले मधेशी दलले अब याे संविधान मुखले अस्विकार गरेकाे बताइरहने तर ब्यवहारमा भने संविधान स्विकार गरिरहने देखिन्छ।यसाे किन भनिएकाे हाे भने २ नम्वर प्रदेशमा उनीहरूले अाफना प्रदेशका सांसद पठाएका छन र उनीहरूले सपथ समेत खाइसकेका छन र अाइतवार त पहिलाे वैठक समेत बसिसकेकाे छ ।के अब पनि मधेशी दललाइ संविधान मान्दैनाैं भन्ने ठाउ छ ?

अझ पुरानाे कुरा भन्ने हाे भने विना कुनै सहमति वा संविधान संशाेधन मधेशी दल अाेली सरकार विरूद्ध मत हाल्न संसदमा पुगेका थिए।उनीहरूले सुशील काेइराला,प्रचण्ड र शेरवहादुर देउवाकाे सरकार बनाउन भाेट हाल्न संसदमा पुगेका थिए।अर्थात,विना संविधान संशाेधन उनीहरू संसदीय गतिविधिमा संलग्न त छदैथिए अब चुनावमा र यसपछिकाे प्रक्रियामा पनि संलग्न छन भने अब के काे संविधान संशाेधन ? कसकाे लागि संशाेधन ?


 


Share this with your friends:


थप खबर...

Teej In Baltimore

Baltimore Teej ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

NRN MD New Team

NRN Maryland New Team ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter