के हो हाम्रो राष्ट्रिय पोशाक ?

21 दिन अगाडी

काठमाण्डौं,पुष १७ गते । गणतन्त्र स्थापना भए देखि नै हराएको ढाका टोपी र दौरा सुरुवाल पुन बहशमा आउन थालेको छ । त्यतिबेलाको माओवादी र मधेशी दलले दौरा सुरुवाल र ढाका टोपीलाइ राजा महेन्द्रको एकदलियता र पहाडी राष्ट्रवादसंग जोडेर यसलाइ राष्ट्रिय पोशाक बनाउन पनि नसकिने र लगाउन पनि नसकिने अडान लिएपछि यो पोशाक जनमनमा रहेपनि यसले नेपालको प्रतिनिधित्व भने गर्न छाडेको थियो । तर,पछिल्लो समय यसको सवैभन्दा बढी प्रयोग नेकपा एमाले र यसको नेतृृत्वले गरयो । यता नेपाली कांग्रेसको नेतृत्वले यसलाइ त्याग्दै त्यागेन । अझ सरकारमा गएको बेलामा सुशील कोइराला देखि केपी ओलीसम्मले पनि यसलाइ लगाए । तर माओवादी र यसको पृष्ठभुमिबाट आएकाहरुले भने ढाका टोपी र दौरा सुरुवाल लगाएनन । हालै भएको चुनावमा भने राष्ट्रवादी भोट तान्नको लागि माओवादी अध्यक्ष पुष्पकमल दाहालले कालो भादगाउले टोपी मात्र होइन,ढाका टोपी समेत लगाए । तर,उनी प्रधानमन्त्री भएर भारत चिन भ्रमणमा जादा समेत कोट पाइन्ट लगाएर गए । अरु त अरु उपराष्ट्रपति भएका नन्दबहादुर पुनले चिनको भ्रमण गर्दा हाफ पाइन्ट,सर्ट लगाएर घुमेको दृश्य समेत सार्वजनिक भयो । यी सवै कुराले दौरा सुरुवाल र ढाकोटोपीलाइ अलग नजरले हेर्ने अवस्था बनाइदियो । तर पछिल्लो केही बर्ष यता भने आम मानिसहरुले विहेवारी,भोज भतेर आदिमा जादा भने स्वतस्फुर्त रुपमा ढाका टोपी र दौरा सुरुवाल लगाउने गरे । यसले दौरा सुरुवाल प्रतिको युवा आकर्षण बढेको देखियो । अझ नाकावन्दीको समय देखि त झन यसको प्रयोग बढयो । यसैकारण आम जनताले नै पुष १७ गतेलाइ ढाका टोपी वा दौरा सुरुवाल दिवस भनेर चलाउन थाले । हुनत यो चिसो दिनमा नै उतिबेला राजा महेन्द्रले जननिर्वाचित वीपी कोइरालाको सरकार अपदस्त गरेर निरंकुश शासन लादेका थिए,जसलाइ उतिवेला राजनीतिक दलहरुले कालो दिन भन्ने गर्दथे । तर,यतिवेला चाहि आम रुपमा यो टोपी दिवस बन्न पुगेको छ ।
यो यसकारणले पनि महत्वपुर्ण छ कि संविधानको यति ठुलो ठेली जारी हुदा पनि यसमा नेपालको राष्ट्रिय पोशाक के हो भनेर लेखिएको छैन । अब नागरिक स्तरबाट नै ढाका टोपी र दौरा सुरुवाललाइ यति माया गरेपछि यसैलाइ पो निरन्तरता दिने हो कि ? 


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Teej In Baltimore

Baltimore Teej ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter