कोरोना भाईरस: विश्वव्यापी स्वास्थ्य संकट

17 दिन अगाडी

एजेन्सी,जनवरी ३० । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई स्वास्थ्य सम्बन्धी विश्वव्यापी संकटको अवस्था भनी घोषणा गरेको छ । जेनेभामा जारी सो संगठनको बैठकले चीनबाट सुरु भै विश्वका अन्य देशमा पनि फैलँदै गएको यो भाइरसको सक्रमणले पारेको प्रभावका कारण यसलाई विश्वव्यापी स्वास्थ्य संकट भनी घोषणा गरेको हो ।
डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गहब्रहयससले चीनमा मात्र नभएर अन्य देशमा पनि यसको संक्रमण देखिन थालेकोले यस्तो संकटकालीन अवस्थाको घोषणा गर्नुपरेको बताएका छन् । सो संगठनका अनुसार स्वास्थ्य सेवा सम्बन्धी व्यवस्था कमजोर भएका मुलुकहरुमा यसको संक्रमण छिटो फैलन सक्छ ।
बीबीसीका अनुसार, हालसम्म यो भाइरसका कारण चीनमा मात्र १७० जनाको मृत्यु भैसकेको छ भने त्यहाँ मात्र करीब आठ हजार जना संक्रमित छन् । चीनको वुहान भन्ने ठाउँबाट सुरु भएको यो भाइरसको संक्रमण १८ मुलुकमा फैलिसकेको छ जसमा कम्तीमा पनि ९८ जना यो भाइरसबाट संक्रमित पाइएको छ । यसलाई विश्व स्वास्थ्य संगठनका प्रमूखले अभूतपूर्व प्रकोपको संकट भनेका छन् । उनले यसको संक्रमणबाट बच्न पुरै विश्व सावधान हुनुपर्ने समेत बताएका छन् । डब्लुएचओका महानिर्देशकले यसै साता मात्र चीनको भ्रमण गरेका थिए ।
यसैबीच विभिन्न बहुराष्ट्रिय कम्पनीहरुले चीनबाट आफ्ना कामदार सम्बन्धित देशमा फिर्ता पुर्याउन र चीनमा रहेका आफ्ना कम्पनीहरु अस्थायी रुपमा बन्द गर्न थालेका छन् । गुगलले चीन,हंगकंग र ताइवानमा रहेका आफ्ना सबै कार्यालयहरु अस्थायी रुपमा बन्द गरेको छ भने एप्पल,माइक्रोसफ्ट,अमाजोन,फेसबुक,स्टारबक्स लगायतका अन्य बहुर्राष्ट्रिय कम्पनीहरुले पनि चीनमा रहेका आफ्ना सबै कार्यालय बन्द गर्दै आफ्ना कर्मचारीलाई घरमै बसेर काम गर्न र चीनमा नजान आग्रह गरेका छन् ।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Teej In Baltimore

Baltimore Teej ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter