खगेन्द्र जीसीद्वारा एनआरएन आइसीसी उपाध्यक्षमा उम्मेदवारी

1 महिना अगाडी

काठमाण्डौ, असोज २७। एनआरएन आइसीसीको जारी विश्व सम्मेलन चुनावमय भएको छ । राजधानीमा हिजो उद्घाटन भएको आठौँ विश्व सम्मेलन नयाँ नेतृत्व चयन गर्दै भोली सम्पन्न हुनेछ । यसैबीच आइसीसी उपाध्यक्षका लागि अमेरिकाका खगेन्द्र जीसीले उम्मेदवारी दर्ता गराएका छन् । एनआरएन अमेरिकाका पूर्व अध्यक्ष एवं वर्तमान आइसीसी सदस्य जीसीले मनोनयन प्रक्रिया सुरु हुनासाथ आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी मनोनयनका लागि भोली बिहान ८ बजेसम्मको समय तोकिएको छ । दावी विरोध,उम्मेदवारी फिर्ता सबै प्रक्रिया पुरा गरी भोली १ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुनेछ । भोली राती नै मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन समितिको तयारी छ ।
७९ देशका कूल एक हजार ४ सय १६ जना प्रतिनिधिले यो सम्मेलनमा भाग लिएका छन् । यिनै प्रतिनिधि मध्येबाट निर्वाचन हुनेछ ।
समर्थक र प्रस्तावक नेपाली जनसम्पर्क समिति 
जीसीको मनोनयन दर्तापछि विश्वभरका नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समितिका पदाधिकारी,सदस्य र शुभेच्छुकहरु उत्साहित बनेका छन् । जीसी नेपाली जनसम्पर्क समिति,अमेरिकाका पूर्व संयोजक हुन् । आज जीसीको उम्मेदवारी दर्ता गर्ने क्रममा नेपाली जनसम्पर्क समिति,अमेरिकाका सभापति आनन्द विष्ट प्रस्तावक बसेका छन् भने समितिका कतारका पूर्व सभापति विमल सुवेदी समर्थक बसेका छन् । जीसीलाई कतारबाट उपाध्यक्षमा प्रतिष्पर्धा गर्न लागेका नरेन्द्र भाटले समर्थन गरेका छन् । 
खगेन्द्र जीसीको मनोनयन दर्तापछि जीसीका प्रस्तावक बसेका नेपाली जनसम्पर्क समिति,अमेरिकाका सभापति आनन्द विष्टले आफ्नो फेसबुक वालमा लेखेका छन्,-'गैर आवासीय नेपाली संघको उपसभापति पदमा मनोनयन पत्र प्रस्तुत गर्नु भयकोमा श्री खगेन्द्र जीसीज्यूलाई बिजयीको हार्दिक शुभकामना । प्रस्तावक म स्वयं र समर्थक नेपाली जनसम्पर्क समिति कतारका पूर्व सभापति श्री बिमल सूबेदी । बिगत ३५ वर्षदेखि अमेरिकामा रहेर नेपालीको सेवामा अनवरत खटिरहनु भएका नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक तथा गैर आवासीय नेपाली संघ अमेरिकाका पूर्व सभापति एक बौद्धिक र सरल व्यक्तित्व जीसीजीलाई सबैले बिजयी बनाउनकोलागि सहयोगको हार्दिक अपील छ ।'
यसैबीच आफ्नो उम्मेदवारी मनोनयन दर्तापछि जीसीले फेसबुक वालमा लेखेका छन्,-' संसारभर रहनुभएका सबै एनआरएन साथीहरुको आवाज र समर्थनलाई बोकेर आज मैले एनआरएनएको आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेको छु । साथीहरु, तपाइहरुको एक भोटले एनआरएन अभियानको भविश्य निर्धारण गर्ने भएकोले गहन सोच बिचार गरेर, व्यक्तिको बिगत र उसको क्षमतालाई समेत ख्यालमा राखेर नेतृत्व चयन गर्न बिनम्र आग्रह गर्न समेत चाहन्छु । मेरो उम्मेदवारीको प्रस्तावक जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टजी र समर्थक जनसम्पर्क समिति कतारका पुर्व अध्यक्ष बिमल सुवेदीजी हुनुहुन्छ भने तपाईहरु सबैको भावना मेरो साथमा भएको महशुस गरेको छु । उपाध्यक्ष पदमा नै उम्मेदवारी घोषणा गर्नुभएका मित्र नरेन्द्र भाटले मेरो उम्मेदवारीलाईलाई सहयोग गर्नुभएकोमा उहाँप्रति धेरै आभारी छु । मेरो अनुभव र यहाँहरुको साथ, समर्थन अनि चाहनालाई मैले सदैव आत्मसात् गरेर एनआरएनको हितमा लागिरहनेछु । तपाईहरु सबैको मत, हौसला, साथ, समर्थनको अपेक्षा गरेको छु ।'
को हुन् जीसी ?
खगेन्द्र जीसी पेशाले अध्यागमन सम्बन्धी कानुन व्यवसायी हुन् । अमेरिकाका पुराना र सम्मानित नेपाली मध्ये एक जीसी नेपाली जनसम्पर्क समिति र एनआरएन अमेरिकाको वर्तमान संरचनाका निर्माता हुन् । सरल,बौद्धिक र मिलनसार जीसी हाल नेपाल सरकारका लागि गैर आवासीय मामिला सम्बन्धी सल्लाहकार छन् ।
एनआरएन आइसीसीको नागरिकता निरन्तरता कार्यदलका सह संयोजक समेत रहेका जीसी सामाजिक रुपमा पनि अत्यन्त क्रियाशील छन् । नेपाली कांग्रेसको उच्च नेतृत्वले समेत जीसीको उम्मेदवारीलाई समर्थन गर्दै'अघि बढ्नुस्' भनेको बुझिएको छ ।
के छ जीसीको एजेण्डा ?
आफ्नो मनोनयन दर्ता गरे लगत्तै हामीसंगको संक्षिप्त कुराकानीमा जीसीले आफ्नो उम्मेदवारी मातृभूमिमा विकासका लागि र कर्मभूमिमा नेपाली पहिचान र परिचयका लागि भएको बताए ।'एनआरएन अब विशाल भैसक्यो,पुरानो संरचनाले मात्र अब चल्दैन,त्यसैले यसको संगठनात्मक संरचना समेत परिवर्तन गर्नुपर्ने आवश्यकता छ । बौद्धिक र व्यवसायिक अनि देश विकासका लागि एनआरएनले काम गर्नुपर्छ,म एजेण्डाकेन्द्रीत भएर काम गरौँ भन्ने सम्पूर्ण एनआरएन समुदायलाई अपील गर्दछु,त्यसैका लागि मेरो उम्मेदवारी हो'जीसीले भने ।
जीसीले गैर आवासीय नेपाली परिचय र सांस्कृतिक पहिचानको निरन्तरताका लागि आफु प्रयत्नशील रहने जनाएका छन् । नेपालको सम्विधानमा उल्लेख भए अनुसार एनआरएनलाई निरन्तर नागरिकताका लागि आफुले विशेष पहल गर्ने र यो विषय आफ्नो चासोको विषय समेत भएको जीसीले प्रष्ट पारेका छन् । 'निरन्तरताका लागि नागरिकता ऐन, विद्यमान एनआरएन कानुन संशोधन गर्नुपर्छ,एकपटकको नागरिकताले निरन्तरता पाउनुपर्छ । एनआरएनले सिद्धान्त र उद्देश्य अनुसार काम गर्नुपर्छ,हामीलाई मातृभूमीमा विकास चाहिएको छ,अवसर चाहिएको छ,त्यसैले विदेशमा रहेका दक्ष जनशक्तिलाई मातृभूमीमा नै सेवा गर्न उत्प्रेरित गर्ने काम गर्नुपर्छ'जीसीले आफ्नो एजेण्डाका बारे प्रकाश पार्दै भने ।
कुराकानीको क्रममा जीसीले स्वदेशमा रोजगारी सिर्जना गर्ने वातावरण बनाउन आफुसंग विशेष योजना रहेको समेत खुलाए ।'सरकारी स्वामित्वमा रहेका तर उत्पादनमूलक हुन नसकेका उद्योगधन्दा र कलकारखानालाई नेपाल सरकार,एनआरएन समुदाय र नेपालको निजी क्षेत्रको साझेदारीमा संचालन गर्नुपर्छ र उत्पादकत्व बढाउनुपर्छ,त्यसो गर्न सकिएमा स्वदेशमा रोजगारीको अवसर सिर्जना हुनेछ,जसले सरकार,एनआरएन र निजी क्षेत्र सबैलाई सहयोग पुग्नेछ । सरकारी स्वामित्वमा रहेका तर राम्रोसंग संचालन नगरिएका वीरगंज चिनी कारखानाजस्ता अन्य कलकारखाना र उद्योग धन्दा सरकारी-निजी साझेदारीमा संचालन गरी उत्पादनमूलक बनाउनुपर्छ भन्ने मेरो विशेष योजना हो'जीसीले भने ।
र, यो पनि पढ्नुहोला 

अमेरिकी एनआरएनका सारथी
 


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter